लुडो खेल्दै समय बिताउँछन् सरकारी कर्मचारी
२५ असार २०८१
•
२ मिनेट पाठ
लुडो खेल्दै समय बिताउँछन् सरकारी कर्मचारी
असार बित्न एक साता बाँकी छ, किसान होस् वा कर्मचारी, कामको चटारो छ सबैलाई। तर, मुलुकको सङ्घीय राजधानी सिंहदरबारस्थित कृषि तथा पशुपक्षी मन्त्रालयको मूलद्वारमा भने केही राष्ट्रसेवक दैनिक दुई घन्टा लुडो खेल्दै धर्ना दिइरहेका छन्। उनीहरू एकैस्वरमा भन्छन्,  “विसं २०७५ मा कर्मचारी समायोजन गरिँदा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखियो, जसले हाम्रो पदोन्नति र वृत्ति विकास भएन।”सिंहदरबार परिसर आन्दोलन र धर्ना निषेधित क्षेत्र भए पनि  मन्त्रालयकै प्रवेशद्वारमा नौ दिनदेखि निरन्तर धर्ना र ‘घरपास–नागपास’ चलिरहेको छ। त्यहाँ धर्ना दिइरहेका कर्मचारी दैनिक दुई घन्टा यसरी नै समय कटाइरहेका छन्। कृषिप्रधान मुलुकमा असार मानो रोपेर मुरी उब्जाउन व्यस्त रहने तथा कर्मचारी वर्षभरको कामको हरहिसाब समीक्षामा खटिनुपर्ने समय हो।




राष्ट्रिय बाली संरक्षण अधिकृत तोयानाथ जोशी भन्छन्, “सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनमा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखेका कारण आठ वर्षदेखि हाम्रो बढुवा लगायत वृत्ति विकास रोकिएको छ, न  पद छ, न कुर्सी नै, हामी अहिले म्यादी प्रहरी जस्ता छौँ।”

समायोजनमा चाहिनेभन्दा बढी सङ्ख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको जनाउँदै धर्नारत कर्मचारीले दरबन्दी प्राप्तिका लागि धेरै पटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया दिए।

लामो समयदेखि जिम्मेवारीविहीन अस्थायी पुलमा रहन परेकामा दुखेसो पोख्दै उनीहरूले सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन नभएकामा आश्चर्य प्रकट गरे।

जोशी भन्छन्, “हाम्रो माग र चासोबारे अदालतबाट परमादेश भएको दुई वर्ष भइसक्यो, अझै कार्यान्वयन भएन। अदालतको आदेश पालना नभएपछि  मानहानिको मुद्दा पनि दायर गरिएको छ।”

कर्मचारी समायोजन गर्ने विगतको सामान्य प्रशासनको निर्णयबाट कृषि मन्त्रालय मातहत कार्यरत शाखा अधिकृतस्तरका एक सयभन्दा बढी कर्मचारी प्रभावित भएको उनीहरू बताउँछन्। यद्यपि  बिहान १० देखि मध्याह्न १२ बजेसम्म दैनिक निरन्तर धर्नामा रहेका ती कर्मचारीको माग सम्बोधन गर्नेबारे सरकार सकारात्मक रहेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए।

कर्मचारीका समस्या समाधान गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पुगिसकेको तथा चालु आर्थिक वर्षमा उनीहरूका माग सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताए। 
अर्को समाचार
कर्मचारीलाई कार्यालयमा सेयर कारोबार निषेध गर्न अख्तियारको पत्र
२४ भदौ २०८१
•
३ मिनेट पाठ
कर्मचारीलाई कार्यालयमा सेयर कारोबार निषेध गर्न अख्तियारको पत्र
सरकारले सरकारी कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रबाट सेयर कारोबार गर्न रोक लगाउने तयारी गरेको छ। 




राष्ट्रसेवक कर्मचारीहरू कार्यालयभित्रै बसेर सेयर कारोबारमा सक्रिय हुँदा दैनिक कार्यसम्पादन नै प्रभावित भएको निष्कर्ष निकाल्दै सरकारले यस्तो तयारी गरेको हो। कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रैबाट सेयर कारोबार गर्न रोक लगाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आइतबार पत्र पठाएको छ।

पत्रमा कार्यालयमा बसेर सेयर कारोबार गर्ने कर्मचारीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ। अख्तियारको पत्र प्राप्त भएपछि सरकारले कार्यालय समयमा कार्यालयबाट सेयर कारोबार गर्न रोक लगाउने विषयमा अध्ययन प्रक्रिया अघि बढाएको छ। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले अख्तियारबाट प्रधानमन्त्री कार्यालयमा कार्यालय समयमा कार्यालयभित्रैबाट सेयर कारोबार गर्ने कर्मचारीमाथि अनुगमन गरी यस्तो कार्यमा रोक लगाउनुपर्ने बेहोरासहितको चिठी प्राप्त भएको जानकारी दिए।

उनले भने, ‘अख्तियारबाट चिठी आइसकेपछि हामीले यस विषयमा के गर्ने, कसरी अघि बढ्ने भन्नेबारेमा छलफल थालेका छौं । अहिले यो विषय छलफलकै क्रममा छ।’ कर्मचारीहरू कार्यालयको कामभन्दा सेयर खरिदबिक्रीमा व्यस्त हुने गरेको पाइएको, यसबाट सरकारी काम तथा सेवा प्रवाहमा अवरोध आएको र सरकारी सम्पत्तिको समेत व्यापक दुरूपयोग भएको उजुरी अख्तियारमा परेको छ। उजुरीका आधारमा अख्तियारले मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयलाई कार्यालयभित्रबाट हुने सेयर कारोबारमा रोक लगाउनुपर्ने बेहोरासहितिको चिठी पठाएको हो।

स्रोतका अनुसार अख्तियारको चिठी प्राप्त भएपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले आइटी शाखाका प्राविधिकसँग सोमबार छलफल गर्ने भएका छन्। एक प्राविधिक कर्मचारीका अनुसार सरकारी कार्यालयबाट सेयर कारोबार गर्न नसक्नेगरी अथवा सेयर एप खुल्न नसक्नेगरी सिस्टम बनाउन सकिन्छ । कार्यालय समयमा कर्मचारीले कार्यालयबाट सेयर कारोबार गरेनगरेको सिस्टमबाट पनि अनुगमन गर्न सकिन्छ।

‘सरकारी कर्मचारीले सेयरको कारोबार गर्नु हुँदैन भन्ने छैन तर कार्यालय समयमा कार्यालयबाट यस्तो कारोबार गर्न मिल्दैन’, मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय एक उच्च कर्मचारीले भने, ‘सेवा प्रवाहमा अवरोध हुनेगरी कर्मचारीले सेयर कारोबार गर्न मिल्दैन ।’

कार्यालय समयमा कार्यालयबाटै सेयर कारोबार गर्ने कर्मचारीमाथि कुन कानुनअन्तर्गत कारबाही गर्ने भन्ने विषयमा पनि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीले छलफल थालेका छन्। निजामती सेवा ऐनमा कर्मचारीको आचरणसम्बन्धी व्यवस्थामा कर्मचारी व्यापार, व्यवसयमा संलग्न हुनुपरेका सरकारसँग स्वीकृति लिनुपर्ने व्यवस्था छ । सेयर कारोबारलाई पनि व्यापार, व्यवसायका रूपमा व्याख्या गरेर कार्यालय समयमै कारोबार गर्ने कर्मचारीलाई कारबाही गर्ने अथवा कारोबार गर्नै नदिने सरकारको तयारी छ।

मुलुकको प्रमुख प्रशासकीय केन्द्र रहेको सिंहदरबारभित्रका कार्यालयहरूमा काम गर्ने कर्मचारीहरू सरकारी काममा भन्दा निजी आम्दानीका लागि सेयर कारोबारमा व्यस्त हुने गरेका छन्। कार्यालयमा जाने सेवाग्राहीले पनि यस्तो महसुस गरेका छन्। सिंहदरबारबाहिरका कार्यालयहरूमा पनि यो समस्या निकै जटिल बनेको अख्तियारमा दर्ता गरिएको उजुरीमा उल्लेख गरिएको छ। उजुरीमा सरकारी कार्यालयबाट हुने यस्तो  कारोबारमा रोक लगाउन भनिएको छ।

खासगरी तल्लो तहका कर्मचारीहरू कार्यालय समयमा कार्यालयबाटै सेयर कारोबार गर्छन्। उनीहरूले व्यापक रूपमा सरकारी साधनस्रोतको दुरूपयोग गरिरहेको उजुरी अख्तियारमा परेको छ। सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय, आयोग, विभिन्न निकाय तथा अन्य कार्यालय छन्। त्यहाँ पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। राष्ट्रिय सतर्कता केन्द्रका एक कर्मचारी भन्छन, मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीसमेत सेयर कारोबारमा बढी व्यस्त भएको देखियो। यस्तो समस्या अहिले एकदमै बढेको छ।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस