सानागाउँका नामले चिनिने सिद्धिपुरकी ७५ वर्षीया चिरिमाया महर्जनले ‘पराले’ सामग्री बनाउन थालेको पनि दुई दशक भन्दा बढी भइसक्यो। सुकुल निर्माणमा चर्चित सानागाउँकी यी वृद्धाले समयअनुसार आफ्नो पेसालाई परिमार्जन गर्दै आएकी छिन्।
सुकुलबाट मात्र आम्दानी कम भएकाले नयाँ चिजमा हात हालेको उनले परालकै सोफा, ढक्की, ब्याग, मन्दिर लगायतका आकर्षक कलात्मक सामग्री बनाउन थालेकी छिन्। ‘पेसालाई छाड्ने होइन, समयअनुसार ढाल्ने हो,’ उनले भनिन्, ‘यसो भयो भने पेसा र बनाउने मानिस दुवै जीवन्त हुन्छन्।’
पराले सामग्रीलाई अलिकति आधुनिक रूप दिँदा आम्दानी ह्वात्तै बढेको छ। आम्दानीसँगै उनी पनि खुसी छिन्। विगतमा जीविकोपार्जनको मुख्य साधन रहेको यो पेसा अहिले उनका लागि सोखको काम बन्न थालेको छ। अन्यले पेसा छाडे पनि यी वृद्धा आफूले पराल छाड्न नसकेको सुनाउँछिन्। ‘दुःखका दिनमा साथ दिएको यो काम अहिले आएर छाड्न सकिनँ,’ उनले भनिन्, ‘सुखका दिनमा काम गर्दा झन् धेरै खुसी मिल्दो रहेछ।’
जाडो यामको शुरुआतसँगै बजारमा न्यानो कपडाको किनमेलमा उल्लेख्य वृद्धि भएको छ। काठमाडौं उपत्यका सहित देशभरका विभिन्न स्थानमा जाडो यामको मौसममा लगाइने न्यानो कपडाको व्यापार तीव्र भइरहेको छ। जाडोले सबैलाई प्रभावित गर्छ, त्यसैले घरमा बस्दा पनि, वा बाहिर निस्किँदा पनि न्यानो कपडा लगाउनु महत्वपूर्ण हुन्छ।
विशेष गरी बालबालिका र वृद्धवृद्धालाई चिसोले बढी असर पुर्याउँछ। उनीहरूको रोगप्रतिरोधी क्षमता कमजोर भएकाले, चिसो महशुस हुँदा उनीहरूले त्यसलाई व्यक्त गर्न सक्दैनन्। त्यसैले, अभिभावकहरूले बालबालिकालाई उपयुक्त न्यानो कपडा लगाउनेमा विशेष ध्यान दिनुपर्छ।जाडोको बेला न्यानो कपडाको महत्त्व र बजारको वृद्धि देखाउँछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...