रुपामा ‘मौरी घार समृद्धिको आधार’ कार्यक्रम
११ असार २०८१
•
२ मिनेट पाठ
रुपामा ‘मौरी घार समृद्धिको आधार’ कार्यक्रम
कास्कीको रुपा गाँउपालिकाले ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा दिएको छ। किसानको हातः गाउँपालिकाको साथ’ भन्ने नाराका साथ एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइएको उपाध्यक्ष लालसुब्बा गुरुङले बताए।




‘एक घर एक मौरी घार’ कार्यक्रमका लागि रु ५२ लाख विनियोजन गरिएको छ। रुपा गाउँपालिकाले चालु आर्थिक वर्षदेखि एक घर एक घार कार्यक्रम सञ्चालन गरिरहेको छ।

किसानलाई न्यूनतम मूल्यमा घार वितरण गरी रुपाका सबै घरलाई एक घर एक घार अभियानमा जोडेर आगामी वर्षमा कम्तीमा २५ हजार लिटर मह उत्पादन गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए।

उनले भने, ‘मह उत्पादन वृद्धि गरी रुपालाई मौरी पालनको हब बनाउने र यहाँ उत्पादित महलाई ब्रान्डिङ गरी बजारीकरणको उचित व्यवस्थापन गर्नेछौँ।’ बजेट कार्यक्रममा कटहर खेतीलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउन कार्यक्रम सञ्चालन गर्ने, किसानको खेतीको सुरक्षाका लागि बाँदर नियन्त्रणको उपाय खोजी गर्ने, युवालाई उद्यमी बनाई स्वरोजगार बनाउनेलगायतका रहेका छन्।

यसैबीच रुपाले आगामी आव २०८१/०८२ का लागि ४६ करोड ७६ लाख ८२ हजारको बजेट कार्यक्रम ल्याएको छ। गाउँपालिका उपाध्यक्ष गुरुङले आइतबार १५ औँ गाउँ सभामा आवको बजेट कार्यक्रम प्रस्तुत गरे। गाउँपालिकाले कृषि, पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ।

गाउँपालिकाले ल्याएको बजेटमा चालुतर्फ ३१ करोड ९४ लाख ५७ हजार र पुँजीगततर्फ रु १४ करोड ८२ लाख २५ हजार विनियोजन गरिएको छ। बजेटमा ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा राखिएको छ। ‘किसानको हातः गाउँपालिकाको साथ’ भन्ने नाराका साथ एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइएको उपाध्यक्ष गुरुङले बताए।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि रु एक करोड बजेट छुट्टाइएको छ। रुपाकोट अस्पताल भवन निर्माणका लागि ५० लाख, गाउँपालिकाको वडा नं १ र २ को मुख्य सडक शिवचण्डी मोटरबाटो स्तरोन्नतिका लागि दुई करोड ९० लाख विनियोजन गरिएको छ।

गाउँपालिकाले आवका लागि आर्थिक विकासतर्फ तीन करोड ८९ लाख ६२ हजार, सामाजिक विकासतर्फ २३ करोड ३० लाख, पूर्वाधार विकासतर्फ १० करोड ५० लाख, कृषि तथा पशु सेवाका लागि दुई दुई करोड ३२ लाख ६२ हजार विनियोजन भएको छ।-रासस
अर्को समाचार
मह बेचेर वार्षिक ५ लाख बढी आम्दानी
१८ कार्तिक २०८१
•
२ मिनेट पाठ
मह बेचेर वार्षिक ५ लाख बढी आम्दानी
जुम्लाको कनकासुन्दरी गाउँपालिका -१ न्याउरीघाटका ३६ वर्षीय देवीलाल कठायतले १० वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन्। 




मौरीपालनबाट उनले वार्षिक ५ देखि ७ लाख रूपैयाँसम्म आम्दनी गरिरहेका छन्। काम गर्ने जोस जाँगर पनि उनमा उत्तिकै छ। कठायतको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन्। मौरीको घुनुघुनु आवाजसँगै सुरू हुने देवीलालको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ।

कठायतका अनुसार बार्दली र बारीमा गरी हाल ३० वटा घरमा मौरी छन्।सबै परम्परागत मुढे घार हुन्। वैदेशिक रोजगारीमा जान असफल भएपछि उनले विसं २०६९ देखि व्यावसायिक रूपमा मौरीपालन गर्न थालेका हुन्। व्यावसायिक रुपमा मौरीपालन गर्नुभएका कठायतले आफूले जानेको ज्ञान सीपलाई किसानमाझ पुर्‍याउँदा छन्।

वार्षिक सबै खर्च कटाएर २ देखि ५ लाख रूपैयाँसम्म आम्दानी हुँदै आएको बताए।‘विदेश जानका लागि धेरै प्रयास गरेँ, सफल हुन सकेन, त्यसपछि मौरीपालनतर्फ लागें,’ कठायतले भने, ‘मैले’ मह प्रतिकेजी दुई हजार पाँचौ सयमा बिक्री गरेको छुँ।महको माग निकै बढेको हुँदा पुर्‍याउन नसकेको उनको भनाइ छ। कहिलेकाहीँ रोग लाग्ने, आहारको कमी हुनेलगायत समस्या हुने उनको भोगाइ छ। 

मौरीपालनका लागि धेरै शारीरिक श्रम नचाहिने भएकाले सजिलो पेसा मन्ने उनले हिमाली क्षेत्र मौरीपालनका उपयुक्त हुने धारणा राखे।अहिलेसम्म कुनै मौरीपालनसम्बन्धी तालिम लिएँको छैन,तर,पुर्खौली पेसा भएकोले व्यावसायिक रूपमा पाल्न थालेको हुँ, अहिलेसम्म पाल्दै आएको छु।

युवालाई विदेश पठाउनुभन्दा स्थानीय सरकारले पनि युवालाई स्वरोजगारमूलक काममा लगाउनुपर्नेमा उनले जोड दिए।जाँगर चलाउने हो, भने पैसा कमाउनलाई विदेश जानु तथा कुनै ठूलो कार्यालयमा जागिर खानुपर्दैन, पहिचान गर्न सके काम र दाम यहीँ छ। आफ्नो सानोतिनो व्यावसायले कसैसँग हात फैलाउन नपर्ने,उनी रोजगारीका लागि विदेश जाने युवायुवतीहरुलाई नेपालमा पनि थुप्रै सम्भावना भएको बताउँछन् । स्वाभिमानको यस्तो पेसाले सबैलाई फाइदा पुर्‍याउने उनको भनाइ छ।

सानोतिनो काम देशमा गर्न लाज मान्दै ऋण खोजेर विदेश पुग्नेहरू दर्दनाक पीडा लिएर घर फर्केको देखेर बरु आफ्नो परिवारको साथ बसेर केही गरौँ भन्ने सोचले घरमै मौरी पालेको बताए। ‘मेहनेत र लगानी गरे विदेश नै कुद्नु पर्दैन,’ उनले भने, ‘कमाइ काज गर्न र पेट पाल्न विदेशिनु नै पर्दैन।स्वदेशमै  ‘वास्तवमा कामको कमी कहीँ पनि छैन, त्यसलाई पहिचान र सम्मान गर्न सके जाँगर चलाउनेलाई जहाँ पनि काम र दाम दुवै छ,’ उनले भने् ।यता कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेड जुम्लाका तथ्यांक अनुसार जिल्लामा अहिले ८ हजार ४ सय मौरी घार छन्।सबैभन्दा बढी पातारासी र सबैभन्दा कम तातोपानी र सिँजामा मौरीपालन हुने गरेको छ। 

सहकारीको तथ्यांकअनुसार पातारासीमा सबैभन्दा बढी १६ सय घार, तिलामा १५ सय, गुठीचौरमा १४ सय, कनकासुन्दरीमा १२ सय, हिमामा ७ सय, चन्दननाथमा १ हजार र तातोपानी र सिँजामा ५ /५ सय घार मौरी पालेका छन् ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस