अत्यधिक गर्मीले काकाकुल बन्दै धनगढी
०६ असार २०८१
•
४ मिनेट पाठ
अत्यधिक गर्मीले काकाकुल बन्दै धनगढी
धनगढी उपमहानगरपालिका वडा नं १२ सिद्धार्थनगर स्थित सिद्धनाथ मा.वि.मा करिव छ सय बिद्यार्थी र शिक्षकलाई खानेपानीका लागी दुई वटा नल्का थिए । यस अघि सधै पानी आउने यि दुई नल्का सुकेका छन । नल्का सुकेपछि बिद्यालयमा खानेपानीको हाहाकार भएपछि मंगलवार धनगढी उपमहानगरपालिकाले ट्याकंरमा पानी लगेर बिद्यार्थीलाई खुवायो । नल्कामा पानी सुकेपछि प्राविधिक वोलाएर देखाउदाँ जमिनमा पानीको सतह घटेकोले पानी सुकेको बताएको बिद्यालयका प्राधाननाध्यापक प्रेम शाहीले बताए ।  




यसैगरि धनगढी उपमहानगरपालिका वडा नं १२ ए गाउँ नवशान्ती टोलमा करिव ३५ घरधुरीको खानेपानीको श्रोत रहेको नल्काहरु सुकेका छन । नल्का सुकेपछि खानेपानीको हाहाकार भएको स्थानियले बताएका छन । ‘यस अघि कहिले यस्तो भएको थिएन्, अहिले हाम्रो टोलका ३५ घरका नल्काहरु सुकेर खानेपानीको हाहाकार भएको छ’नवशान्ती टोलका ४३ बर्षिय हरि रिजालले भने,‘छिमेकी टोल बाट पानी ल्याएर प्राण जोगाउनु परको छ ।’

यि प्रतिनिधी उदाहरण मात्र हुन । अहिले सम्मकै अत्यधिक बढी गर्मीका कारण  सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीमा जमिनको सतहमा पानी घटेर नल्का सुक्न थालेपछि खानेपानीको हाहाकार हुन थालेको छ ।

खानेपानी संस्थानको खानेपानी सिमित घरधुरीमा मात्र उपलब्ध भएका कारण अधिकाशं घरधुरी जमिनको सतहबाट निकालिने नल्काको खानेपानीमा निर्भर रहेका छन । जमिनको सतहको पानी घटेर नल्कामा पानी सुक्न थालेको बुझिएको छ ।

भुमिगत पानीको सहत दुई मिटर घट्यो

अत्यधिक गर्मीका कारण धनगढीमा खानेपानीको सहत १ देखि २ मिटर सम्म घटेको बिज्ञहरुले बताएका छन । खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्र शाहले धनगढीमा पानीको सतह १ देखि २ मिटर सम्म घटेको बताएका छन । खानेपानी संस्थानले ९ हजार १ सय उपभोक्तालाई १४ लाख लिटर खानेपानी उपलब्ध गराउने गरेकोमा अहिले नल्का सुकेकोले १७ लाख लिटर सम्म माग भैरहेको उनले बताए । नल्का सुकेकाले सर्वसधारणहरु खानेपानीको धारा भएको ठाउँमा गएर खानेपानी लिने गरेकाले माग बढेको हो । बढ्दो गर्मी सँगै जमिनको भुमिगत पानीको सतह घट्न थालेपछि भुमिगत पानीको भण्डारणलाई रिचार्ज गरेर घट्न नदिने उपाय नअपनाइए अगामी बर्षहरुमा धनगढी लगायत तराईमा वस्ने वासिन्दाहरुलाई खानेपानीको समस्या बिकराल बन्दै जाने बिज्ञहरुको चिन्ता छ । यहि गतीमा पानीको सतह घट्ने हो र जमिनको पानीको भण्डारणलाई रिचार्ज गर्न ध्यान नदिने हो भने अगामी केहि बर्ष पछि धनगढीका वासिन्दालाई ट्याकंरमा बोकेर पानी खुवाउनु पर्ने अवस्था आउने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल बताउछन । रुख रोप्नुृपर्ने, बर्षातका पानीलाई संकलन गरिराख्न तालतलैया जोगाउने तथा निर्माण गर्ने, बन बिनास जोगाउनु पर्ने लगायतका कुरामा सवैले ध्यान दिनुपर्ने उनको भनाई छ ।

चुरेबिनास र जंगल फडानीले संकट

लामो समय सम्म पानी नपर्नु, अत्यधिक गर्मी हुनु र पानीको जमिनको सतह घट्दै जानुमा तराईको सिरानमा रहेको चुरेको बिनास, व्यापक रुपमा बन फडानी, अनियन्त्रित तरिकाले जताततै नदीमा गिठ्ठी, वालुवा र ढुंगाको उत्खनन् जस्ता कारण जिम्मेवार रहेको बिज्ञहरु बताउछन । ‘यो अवस्था हुनुमा मानवका क्रियाकलाप नै मुख्य जिम्मेवार रहेका छन’शिक्षा बिद् कृपाराम उपाध्याय भन्छन । केहि बर्ष अघि सम्म पहाडहरुमा बाह्रौ महिना कलकल पानी झरिरहेको देखिन्थ्यो । अहिले पानीका मुहान सुकेर कतै नदेखिने गरेको उनी बताउछन ।  

अहिले सम्मकै बढी गर्मी

धनगढीमा यस बर्ष अहिले सम्मकै बढी गर्मी महसुस भएको छ । गर्मीले पछिल्लो एक साता यता धनगढी लगायत कैलाली कंचनपुरको जनजिवन प्रभावित बनेको छ । मान्छेहरु अतिआबश्यक काम बाहेक दिउसो गर्मीको कारण घर बाहिर निस्कदैनन् । तातो हावा चल्ने गरेको छ । गर्मीले कयौ बिरामी समेत हुने गरेका छन । जल तथा मौसम बिज्ञान बिभाग महाकाली बेसिन फिल्ड कार्यालय  अत्तरियाका प्रमुख ईन्जिनिरय संजय शाह यस बर्ष धनगढीमा सवैभन्दा बढी गर्मी भएको बताउछन । अत्यधिक तापक्रम मात्र नभई न्युनतम तापक्रमले समेत गर्मी बढी महसुस गराउन भुमिका खेल्ने उनी बताउछन। धनगढीमा पछिल्लो ११ दिन यता निरन्तर ४० डिग्री सेल्सियस भन्दा माथी तापक्रम रहदै आएको छ । मे ३० मा अत्यधिक तापक्रम ४४. १ डिग्री रेकर्ड भएको थियो । मंगलवार ४३.१ डिग्री सेल्सियस रहेको थियो । गत सोमवार अधिकतम तापक्रम ४२.४ डिग्री सेल्सियस रहेको थियो भने न्युनतम तापक्रम अहिले सम्मकै सवैभन्दा बढी ३१.५ डिग्री सेल्सियस रहेको शाहले बताए। धनगढीमा सन १९९५ जुनमा सवैभन्दा बढी ४६.४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो । तर त्यस दिन न्युनतम तापक्रम २३ डिग्री मात्र रहेको शाह बताउछन ।‘गर्मी महसुस हुनुमा अत्यधिक तापक्रम मात्र नभई न्युनतम तापक्रम कति छ भन्ने कुराले पनि प्रभाव पार्छ’उनी भन्छन,‘धनगढीमा अहिले अत्यधिक तापक्रम ४२, ४३, ४४ डिग्री सेल्सियस र न्युनतम तापक्रम पनि ३० डिग्री सेल्सियस भन्दा बढी भएकोले अत्यधिक गर्मी भैरहेको हो ।’

यस बर्ष बनमा अत्यधिक आगलागी भएकोले पनि गर्मी अत्यधिक बढेको उनको भनाई छ । प्री मनसुनमा पानी नपर्नु, जमिनमुनीको पानी उड्दै जानु तर पानी माथीबाट थप नहुनुले जमिन मुनी पानीको सतह घटेर गएको उनी बताउछन । चुरेबिनास, बन बिनास, आगलागी, अन्धाधुन्द, प्राकृतिक दोहोन जस्ता गतिबिधी नरोकिए अगामी बर्ष अझै संकटमय हुने निश्चित छ ।

नोट तस्विर पनि छ  
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस