९४ करोडभन्दा बढी ठगेको आरोपमा ४ जना पक्राउ
०३ असार २०८१
•
२ मिनेट पाठ
९४ करोडभन्दा बढी ठगेको आरोपमा ४ जना पक्राउ
नेपाल प्रहरीले सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ वचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ।




आइतवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्रउ गरी सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पक्राउ पर्नेहरुमा वर्ष ४३ का तेजविक्रम थापा, वर्ष ४४ की सजना राजकर्णिकार, वर्ष ४७ का सञ्जय सापकोटा, वर्ष ५३ का भीमसेन महर्जन रहेको बताए।

तनहुँका थापा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् भने काठमाडौं गोकर्णेश्वरकी राजकर्णिकार संस्थाकी व्यवस्थापक हुन्। त्यस्तै काठमाडौं कीर्तिपुरका महर्जन र काठमाडौं चाबहिलका सापकोटा संस्थाका सदस्य रहेको बताएको छ। 

उनका अनुसार थापा २०५६ सालदेखि संस्थाको चिफ अकाउण्टेण्ट र संस्थापक सदस्य रहेको, २०६० देखि संस्थाको कार्यकारी अध्यक्ष रहेको, २०६६ सालदेखि समिट अस्पताल लोकन्थलीको अध्यक्ष रहेको, २०७० देखि अन्नपूर्ण किसान फिड एण्ड फर्टिलाइजेशन उद्योगको अध्यक्ष, २०७१ देखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष, २०७३ सालदेखि गोरखा टेलिभिजन (साझा संसर मिडिया नेटवर्क) को संस्थापक अध्यक्ष, २०७४ सालदेखि यति हब्र्स प्रा.लि.को अध्यक्ष, २०७१ सालदेखि इन्टेन्सिव एग्रिकल्चर कम्पनी प्रा.लि.को अध्यक्ष, २०६६ देखि कृषि इन्भेष्टमेण्ट प्रा.लि.को अध्यक्ष, २०७० देखि कृषि फ्रेस प्रा.लिको अध्यक्ष र २०७६ देखि यति टेक्निक प्रा.लि.को अध्यक्ष रहेको पाइएको छ। निजमाथि जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार ६६६ मा बैंकिङ कसुर मुद्दाहरु रहेका छन्। निजमाथि ५६६ जनाले जाहेरी दर्ता गरेका छन्। निजहरुले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ।

निज उपर ६५ वटा जाहेरी परेको प्रहरीले जनाएको छ। त्यस्तै पीडित वचत कर्ताहरु २ हजार ५ सय ३१ र जिम्मा निक्षेत्र २ अर्ब ८० करोड रहेको प्रहरीले बताएको छ। निजहरुबाट मोबाइल ६ थान, पेन ड्राइभ ३ थन, हस्ताक्षर सहितको चेक ३ थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान एउटा, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको एक थान छाप, यति टेक्निक फार्मको छाप एक थान र प्रतिवादी तेजविक्रम थपाले राज ठकुरीको नाममा बनाएको गोर्खा टि.भि.को परिचय पत्र बरामत भएको प्रहरीले भनाइको छ। 
अर्को समाचार
सशस्त्र एआइजी दौडमा आठ डिआइजी
२२ वैशाख २०८२
•
४ मिनेट पाठ
सशस्त्र एआइजी दौडमा आठ डिआइजी
सशस्त्र प्रहरी बलमा तीन वर्षपछि नेतृत्वमा पुग्न तीन ब्याचबिच संघर्ष सुरु भएको छ। नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा स्थानान्तरण भएका दुई टोली र सशस्त्र प्रहरीकै सिसं १ का डिआइजीहरूबिच यस्तो प्रतिस्पर्धाको स्थिति आएको हो। 




गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरी सेवाअन्तर्गत साधारण समूह/साधारण उपसमूहमा रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि आवश्यक कागजात पेस गर्न सूचना प्रकाशित गरेको समयसीमा सकिँदा नेपाल प्रहरीबाट सशस्त्रमा स्थानान्तरण भएको टोलीका पहिलो लटका चार जना, दोस्रो लटका दुुई जना तथा सशस्त्रको सिसं १ को टोलीले एआइजी दाबी गर्दै कागजात बुझाएका छन्। 

एआइजी चन्द्रप्रकाश गौतमको अवकाशपछि मन्त्रालयले सूचना जारी गरेका थियो। सो सूचनाको म्याद शनिबार सकिएको छ। ‘योग्यता पुगेका डिआइजीहरूले एआइजीमा दाबी गरेपछि गृह मन्त्रालयले उनीहरूको मूल्यांकनका आधारमा एक जनालाई सिफारिस गर्नेछ। आइतबार नै सिफारिस हुनुपर्ने हो। ढिला भइरहेको छ। केही दिनमा सिफारिस हुनेछ,’ गृह मन्त्रालयका एक अधिकारीले भने। 

एआइजी दाबी पेस गर्नेमा डिआइजी कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, लक्ष्मणबहादुर सिंह, प्रदीप पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेल छन्। उनीहरूमध्ये गिरी, ठाडा मगर, नेम्वाङ र सुवेदीबिच रिक्त एआइजीमा प्रतिस्पर्धा हुनेछ। एआइजीका दाबेदार गिरी, ठाडा मगर र नेम्वाङ २०५६ सालमा प्रहरीमा भर्ना भएका थिए। सुवेदी वर्तमान आइजिपी राजु अर्यालकै ब्याची हुन्। तर उनी डिआइजीको पदावधिले पहिल्यै अवकाश हुने अवस्थामा छन्। 

डिआइजी भएकै कारण सिंह, पाल, श्रेष्ठ र पोखरेलले दाबी गरे पनि उनीहरूभन्दा अगाडि वरिष्ठता र ज्येष्ठता कायम भएका चार डिआइजी छन्। प्रहरी नियमावलीको ज्येष्ठता, वरिष्ठता र फौजको सामान्य नियमानुसार नै नेपाल प्रहरीबाट स्थानान्तरण भएका चार जनामध्येबाट एकलाई एआइजी बढुवाका लागि सिफारिस गर्नेछ।

‘सिसं १ बाट पनि एआइजी दाबी गरिएको छ। उहाँहरू डिआइजी भएकाले दाबी गर्न पाउनुहुन्छ तर फौजमा सिनियर, ज्येष्ठता, वरीयता, वरिष्ठता सबै हेरिन्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने। प्रहरी नियमावलीले तोकेको वरिष्ठता र ज्येष्ठतालाई ध्यान नदिई सिंह, पाल, श्रेष्ठ र पोखरेलले पनि डिआइजीबाट एआइजीको दाबी गरेका छन्।

वैशाख १४ गते आइतबार बढुवा समितिको सचिवालयका सदस्य सचिव सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सूचना प्रकाशित गर्दै बढुवाका लागि सम्भाव्य उम्मेदवारले शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक प्रमाणपत्रका प्रतिलिपि संलग्न गरी सात दिनभित्र सचिवालयमा पेस गर्न भनेका थिए। सोहीअनुसार अघिल्ला ६ जनासँग सिसं १ का दुुई जनाले पनि प्रतिस्पर्धा गरेका हुन्। पछिल्ला गतिविधिलाई हेर्दा सशस्त्रको एआइजीमा बढुवाका लागि डिआइजीद्वय गिरी र ठाडा मगरबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

वरिष्ठता र ज्येष्ठतालाई आधार मान्ने हो भने डिआइजी गिरी एआइजी हुनेछन्। उनलाई निर्विकल्प छाड्नुहुन्न भन्दै डिआइजी ठाडा मगर एक सातादेखि काठमाडौंमा छन्। डिआइजी बढुवा हुँदा गिरी पहिलो नम्बर र ठाडा मगर दोस्रो नम्बरमा छन्। द्वन्द्वकालमा सबैभन्दा विकट जिल्ला खटिएका गिरी डिआइजीको वरीयतामा एक नम्बरमा भएकाले वरीयता नबिगार्नेमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकबिच करिबकरिब सहमति भएको छ। नेपाल प्रहरीको एआइजी बढुुवा पनि वरीयता नमिचिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको प्रशंसा भइरहेका बेला सशस्त्रमा पनि वरीयता, ज्येष्ठता र फौजको सामान्य नियम उल्लंघन नहुने बताइएको छ।

अहिले प्रतिस्पर्धामा रहेका चारै डिआइजीको पदावधि पूरा भएपछि सरकारले गत पुस २२ गते पदावधि एक वर्ष थपेको थियो, जसले गर्दा चार जनामध्ये एक जना एआइजी भएपछि अन्य तीन जना आगामी पुस २३ गतेसम्म डिआइजी पदमा बहाल रहनेछन्। तर एआइजी बढुवा हुने व्यक्ति आइजिपीसम्म पुग्ने ढोका खुल्ने भएकाले यसपालिको बढुवालाई महत्वका साथ हेरिएको छ। बढुवामा नपर्ने तीन डिआइजीले आगामी पुस २३ गते अनिवार्य अवकाशसहित संगठनबाट बिदा हुनुपर्ने भएकाले चार जना नै शक्तिकेन्द्रमा धाइरहेका छन्।

सशस्त्र प्रहरी नियमावलीको नियम ६५ उपनियम (१) मा आइजिपी, एआइजी र डिआइजीको कार्यकाल चार वर्षको हुने व्यवस्था छ। त्यसले गर्दा अहिले एआइजी बढुवा हुने व्यक्ति चार वर्षभित्रै आइजिपी भइसक्नेछन्। सशस्त्रका आइजिपी राजु अर्याल २०८३ वैशाखमा चार वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जानेछन्। बहालवाला आइजिपी अर्यालको अवकाशपछि एआइजीद्वय नारायणदत्त पौडेल वा वंशी दाहालमध्ये एक जना आइजिपी बन्नेछन्। अहिले एआइजीमा बढुवा भएका नै यसपछिको आइजिपी बन्नेछन्।

यसपछि आगामी पुससम्ममा सशस्त्रमा अरू एआइजी पद रिक्त नहुने भएकाले आगामी पुसमा तीन डिआइजी अनिवार्य अवकाशमा जानेछन्। सशस्त्रमा एआइजी र डिआइजीका लागि ५६ वर्षे उमेर हद छ। पदावधि बाँकी रहे पनि ५६ वर्ष पूरा भए भने अनिवार्य अवकाश हुनेछन्। सशस्त्र प्रहरीले धेरै पटक एक एआइजीको दरबन्दी थप गर्ने कोसिस गरे पनि सफल हुन सकेको छैन। अहिलेका एआइजीको भविष्य भावी आइजिपीसँग जोडिने भएकाले नै बढी दौडधुप हुन थालेको हो। 

सशस्त्र प्रहरीमा तीनजना एआइजीको दरबन्दी रहेकोमा अन्य दुईजनाको कार्यकाल भने तत्काल एक वर्षसम्म कायम रहन्छ। दरबन्दी नथपिए एक वर्षपछि एक एआइजी पद खाली हुुनेछ। अहिले सशस्त्रको पहिलो र दोस्रो (सिसं १ र २) ब्याचका सबै डिआइजी बनिसकेका छन्। यसअघि सशस्त्रमा दुई जना नेपाली सेनाबाट आएका अधिकारीले नेतृत्व गर्दा बाँकी सबै आइजिपी नेपाल प्रहरीबाट आएका अधिकारीहरूले गरेका छन्। अझै दुई आइजिपीको रोलक्रममा पनि नेपाल प्रहरीबाटै स्थानान्तरण भएका अधिकारीहरू छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस