जेन दिपिका ग्यारेटले मिस युनिभर्स नेपालमा भाग लिंदैछिन् भन्ने थाहा पाएपछि उनका परिवारले यसलाई हाँसोको रुपमा उडाए । 'कसैलाई पनि विश्वास थिएन मैले जित्छु भनेर,' उनी भन्छिन् ।
आफू किशोरी छँदा ग्यारेटले मोटोपनाकै कारण बर्षौंसम्म दुर्व्यवहार सहेकी थिइन् । उनले कुनै साथी बनाइनन् र मानिसहरुबाट पनि सकेसम्म टाढै बसिन् । पछि उनले बारम्बार आत्महत्याको प्रयास पनि गरिन् । सन् २०२२ मा औषधिको अधिक सेवन गरेपछि, उनले काठमाडौंको नर्भिक अस्पतालमा ५ दिनसम्म उपचार गराएकी थिइन् ।
तर सन् २०२३ मा मिस युनिभर्समा भाग लिने र विशेष स्थानमा पुग्ने पहिलो प्लस साइज महिला बनेपछि भने उनले इतिहास रचिन् । सो प्लेटफर्मको प्रयोग गरी हाल उनी आफ्नो जीवन बदल्ने डिप्रेसन र पोलिसिस्टिक ओभेरियन सिन्ड्रोमजस्ता रोगहरुका बारेमा चेतना फैलाउने गर्छिन् । उनी बडी पोजिटिभिटी (शारीरिक सकारात्मकता) र समावेशिताको प्रतिक बनेकी छिन् । उनी विशेष गरी दुब्ला महिलालाई सुन्दरताको मानक मान्न असहमत महिलाहरुकी आइकन हुन् ।
पिसिओएस के हो ?
जितको केही महिनापछि पाँच फिट सात इन्च अग्ली ग्यारेट मुस्कुराउँदै होटेलको कार्यक्रम हलमा प्रवेश गर्छिन् । उनले गुलाबी गाउन र 'मिस युनिभर्स नेपाल' लेखिएको छड्के सेतो रिबन (स्यास) लगाएकी छिन् । भिडमा उत्सुकताका जाग्छ । धेरैजसोले उनलाई सामाजिक सञ्जाल र टेलिभिजनको माध्यमबाट चिनेका छन् । पिसिओएस सोसाइटी अफ नेपालले आयोजना गरेको कार्यक्रमकी सम्मानित अतिथि ग्यारेट पोलिसिस्टिक ओभेरियन सिन्ड्रोमसँगका आफ्ना संघर्षहरु सुनाउन त्यहाँ उपस्थित भएकी हुन् ।
उनी दर्शकसँग बडी सेमिङ (शरीरबारे नकारात्मक टिप्पणी), मानसिक स्वास्थ्य समस्या, आफूले आफूलाई गर्ने माया र पिसिओएसबारे आफ्ना अनुभव बाँड्छिन् । पिसिओएसले प्रजनन उमेर समूहका अनुमानित ८ प्रतिशतदेखि १३ प्रतिशत महिलालाई असर पार्ने र यसका ७० प्रतिशत केसहरु पत्ता नै नलाग्ने विश्व स्वास्थ्य संगठनले बताएको छ ।
पिसिओएस सोसाइटी अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा जेन दिपिका ग्यारेट । तस्बिर : यामकुमारी कंडेल, जिपिजे नेपाल । किशोरावस्थामा ग्यारेटको महिनावारी अनियमित थियो । धेरै मुड स्विंग र मानसिक स्वास्थ्य समस्या पनि झेलेकी थिइन् तर उनी यसका कारणबारे भने अनविज्ञ थिइन् । डाक्टरलाई भेट्न जाँदा सबै कुरा नर्मल रहेको बताउँथे ।
“तर म नर्मल थिइनँ,' ग्यारेट दर्शकलाई बताउँछिन् । 'मानसिक स्वास्थ्य समस्या र पिसिओएसको समस्या जोडिएको थियो ।'
मानिसहरुलाई विभिन्न तरिकाले असर गर्ने पिसिओएस एक हर्मोनल डिस्अर्डर हो । अनियमित महिनावारी, बाँझोपन, डन्डीफोर, वजन बढ्ने, धेरै रौं उम्रिने वा झर्ने आदि यसका लक्षणहरु हुन् । पिसिओएस हुँदा टाइप २ मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल बढ्ने, मुटु रोग र इन्डोमेट्रियल क्यान्सरको पनि धेरै जोखिम हुन्छ ।
पिसिओएसको कारण भने अझै पत्ता लागेको छैन तर परिवारमा टाइप २ मधुमेह भएका महिलाहरुमा यसको बढी जोखिम हुन्छ । साथै, डब्लुएचओका अनुसार, पिसिओएसलाई निको पार्न नसकिए पनि लक्षणहरुलाई भने व्यायाम, स्वस्थ्यकर खाना, गर्भ निरोधक वा अन्य औषधिद्वारा व्यवस्थापन गर्न सकिन्छ ।
ग्यारेटलाई सन् २०२० मा २० वर्षको उमेरमा पिसिओएस भएको निदान गरिएको थियो ।
“यसले ममा आशा जगायो किनभने अब मलाई समस्या के हो थाहा छ र मैले यसमा काम पनि गर्न सक्छु,” उनी भन्छिन् ।
सो कार्यक्रममा पिसिओएस भएकी १६ वर्षीया सहभागी स्वेता शाही आफ्नो अवस्थालाई ग्यारेटले सामान्य बनाइदिएको बताउँछिन् । “उनलाई भेटेर आफूलाई प्रेरित गर्न आएकी हुँ,” उनी भन्छिन् ।
पिसिओएस र डिप्रेसन
सन् २०१३ मा ग्यारेटलाई डिप्रेसनको निदान गरिएको थियो । उनले वर्षौंसम्म आत्महत्याको सोचविरुद्ध संघर्ष गरेकी थिइन् । पिसिओएस भएका महिलाहरु चार गुणा बढी डिप्रेसनको जोखिममा हुने सन् २०११ मा अब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजी जर्नलमा प्रकाशित एक अध्ययनले बताएको छ ।
सन् २०२२ मा अधिक औषधि सेवन गरे पश्चात् ग्यारेटले निरन्तररुपमा साइकोथेरापीका सेसनहरु लिन थालिन् । चुरोट-रक्सी खान पनि छोडिन् । त्यसपछि उनले स्वतन्त्र भएको अनुभव गरिन् । बाँच्ने इच्छा जागेसँगै उनी बिहान जिम जाने र साँझमा ध्यान गर्ने गर्न थालिन् । मिस युनिभर्स बन्ने आफ्नो बाल्यकालदेखिको सपनालाई पनि उनले पछ्याउने निर्णय गरिन् ।
त्यसैले, सन् २०२३ को जुलाईमा उनले आवेदन दिइन् । त्यसको दुई महिनापछि, ५०० सहभागीहरुसँग प्रतिस्पर्धा गर्दै उनले सो ताज जितिन् । त्यसलगत्तै, एल साल्भाडोरमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि भाग लिंदै उनी ७ हजार दर्शक सामु टप २० घोषित भइन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि उनको स्टोरी कभर गरेका थिए । त्यसपछि उनलाई किशोरावस्थाका तीता अनुभव सबै बिलाएझैं लाग्यो ।
'लज्जाजति सबै हरायो,' उनी भन्छिन् । 'मेरो लागि यही नै सफलता हो ।'
काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालकी अब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजी कन्सल्टेन्ट डा. बन्दना श्रेष्ठसँग जेन दिपिका ग्यारेट (दाँया) को फलो-अप अपोइन्टमेन्ट हुँदै । तस्बिर : यामकुमारी कंडेल, जिपिजे नेपाल । सानैमा पिसिओएस हुनु
पिसिओएस सोसाइटी अफ नेपालकी अध्यक्ष अचला वैद्य भन्छिन्, “जेनले पिसिओएसको समस्या सेयर गर्न थालेपछि धेरै किशोरीहरु उपचार गर्न आउन थालेका छन् ।”
नेपालमा स्त्रीरोग विशेषज्ञलाई जचाउन जाने १० मध्ये १ महिलामा पिसिओएस भेटिन्छ । तर किशोरावस्थामा पिसिओएसको निदान गर्न गाह्रो हुने गरेको छ । पिसिओएस र यौवनावस्था दुबैमा अनियमित महिनावारी र डन्डीफोरजस्ता लक्षणहरु देखिन्छन् । वैद्यको भनाइमा, १६(१७ उमेर समूहका किशोरीहरु डाएग्नोसिसको कारण समस्याको ज्यादा जोखिममा रहन्छन् । उनीहरु शरीरमा आउने रौं र सामाजिक कलङ्कसंग सम्बन्धित अन्य लक्षणका कारण समाजमा घुलमिल हुन रुचाउँदैनन् ।
तर पिसिओएसको डाएग्नोसिस छिट्टै गर्नु भने नितान्त आवश्यक छ ।
पिसिओएस एनोभुलेसन (अनियमित महिनावारी हुनु वा महिनावारी नहुनु) को सबैभन्दा सामान्य कारण र बाँझोपनको प्रमुख कारण भएको डब्लुएचओले बताएको छ । सन् २०१५ मा २८ देखि ३३ वर्षका ९ हजार महिलामा गरिएको एक अध्ययनले पिसिओएस भएका महिलामा बाँझोपन हुनसक्ने सम्भावना १५ गुणाले बढी हुने देखाएको छ ।
युनाइटेड स्टेट्स नेसनल इन्स्टिट्युट्स अफ हेल्थको सन् २०१९ को एक रिपोर्ट अनुसार, पिसिओएस भएका ५० प्रतिशतदेखि ८० प्रतिशत महिलाले इन्सुलिन प्रतिरोधको सामना गर्छन्, जसले रगतमा ग्लुकोजको मात्रा बढाउने गर्दछ । त्यस्तै, ६१ प्रतिशतमा वजन बढ्ने वा मोटोपना हुने हुन्छ भने आधालाई ४० वर्ष पुग्नुअगाडि नै मधुमेह रोग वा पूर्व(मधुमेह हुने गर्दछ । पिसिओएसले मुटु रोगको जोखिम पनि बढाउँछ ।
मिस युनिभर्स नेपालको प्रभाव
ग्यारेटले विभिन्न विद्यालय, स्वास्थ्य संस्था र कार्यक्रमहरुमा गएर र बिरामीहरुसँग अन्तरक्रिया गरेर मानसिक स्वास्थ्य तथा पिसिओएसको बारेमा सचेतना फैलाइरहेकी छिन् । उनी टिकटक, फेसबुक र युट्युबमार्फत् आफूले आफूलाई माया गर्न प्रोत्साहित गर्छिन् । तर यो व्यापक समस्यामा बारेमा बोल्ने उनी एक्लो आवाज हुन् ।
नेपालकी सामाजिक सञ्जाल इन्फ्लुएन्सर र मिस युनिभर्स नेपाल २०२३ की निर्णायक सुरक्षा पन्त भन्छिन्, “उनले आफ्नो आवाजलाई नेपाली परिवेश र नेपालीपनसँग प्रतिध्वनि गर्न सक्छिन् कि सक्दिनन् भन्ने कुरा हेर्न बाँकी छ ।”
पिसिओएस सोसाइटी अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा जेन दिपिका ग्यारेट । तस्बिर : यामकुमारी कंडेल, जिपिजे नेपाल । तथापि, ग्यारेटले पिसिओएस र डिप्रेसनबाट पीडित भएका, प्लस साइजका महिला र स्वयं आफूलाई पनि उत्प्रेरणा दिएकी छिन् । उनी बारम्बार दोहोर्याउँछिन्, 'मैले आफूले आफैलाई, आफ्नो शरीर र आफ्नो मनलाई माया गर्न सिकें ।'
काठमाडौंकी भगवती थापा ४८ वर्षिया प्लस साइज महिला हुन् । सामाजिक सञ्जालमा ग्यारेटको चर्चा चुलिएपछि उनले पनि आफ्नो शरीरलाई माया गर्न थालेको उनी बताउँछिन् । ग्यारेटको जितपछि उनी आफूलाई मन परेको फेशन गरेर हिंड्न थालिन् । उनी भन्छिन्, 'अब म अरुले के भन्लान् भनेर डराउन छोडेको छु ।'
(यो कथा मूल रूपमा ग्लोबल प्रेस जर्नलद्वारा प्रकाशित गरिएको थियो।)
वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामबाट पुनः बिक्री गर्नका लागि चामलका बोरा लोड गर्दै स्थानीय व्यापारीहरू । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
चीनको सिमानासँग जोडिएको माथिल्लो डोल्पामा नेपाल सरकारले तीन वर्षदेखि चामल वितरण गर्न सकेको छैन । यहाँका मानिसहरू चारदेखि नौ दिनसम्मको पैदल यात्रा गरेर बजारमा चामल किन्न जान्छन् । तर बजारमा चामलको मूल्य यति धेरै महँगो छ कि अधिकांश मानिसहरू त्यो मूल्य जुटाउन सक्दैनन् ।
सरकारले यस क्षेत्रमा वितरण गर्दा प्रति किलो ५८ देखि ८७ रुपैयाँ मात्र पर्ने चामल बजारमा दोब्बरभन्दा बढी १५० रुपैयाँ पर्छ । तर माथिल्लो डोल्पासम्म चामल लैजान एकदमै कठिन छ ।
स्थानीयबासी दोर्जे गुरुङ भन्छन्,'हामीले अथवा ठेकेदारले पनि चामल पुर्याउने भनेको कि खच्चड वा चौरीमार्फत हो कि त हेलिकप्टरमार्फत पुर्याउनुपर्छ । सरकारले कुनै माध्यमबाट पुर्याइदेला भन्ने आश त अब मरिसक्यो ।'
सरकारले हरेक वर्ष माथिल्लो डोल्पासम्म खाद्यान्न ढुवानी गर्न भनेर एक कम्पनीसँग करार सम्झौता गर्छ । यस्तो हुँदा यो क्षेत्रमा चामल वितरण हुनु पर्ने हो तर सरकारसँग करार सम्झौता गरे पनि माथिल्लो डोल्पामा यातायातको सुविधा नभएको जस्ता विभिन्न कारणहरू देखाएर ठेकेदारले चामल पुर्याउन अस्वीकार गर्छन् । सरकारको स्वामित्वमा रहेको र खाद्यान्न खरिद गरी देशका विकट जिल्लाहरूमा पुर्याउने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय डोल्पाका कार्यालय प्रमुख विष्णु घिमिरे चालू आर्थिक वर्षमा ठेक्का भएपछि माथिल्लो डोल्पामा पनि खाद्यान्न पुग्ने आश्वासन दिन्छन् । उनी भन्छन्,'हामीले यो वर्षको टेन्डर गरिसकेका छौँ । विगतका वर्षमा ठेकेदारले धेरै बाहना बनाए तर यस पटक त्यस्तो हुने छैन । उपल्लो डोल्पाबासीले यस पटक खाद्यान्न पाउँछन्, हिउँ पर्ने मौसम सुरु नहुँदै डोल्पामा खाद्यान्न पुग्छ ।'
सन् २०२० मा सुरु गरिएको सरकारी कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरमा स्थित यो जमिनमा मकै खेली गरिन्थ्यो । तर आज यो जमिन बाँझो छ । यो ठाउँमा प्रदेश सरकारको भवन निर्माण गर्ने योजना बनाइएको छ । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपालतर दोर्जे गुरुङ भने यो वर्ष पनि खाद्यान्न नपुग्ने कुरामा ढुक्क छन् । 'खाद्यान्न आए पनि हामीलाई एक महिनासम्म पुग्ने पनि आउँदैन,' उनी भन्छन् ।
यो कर्णाली प्रदेशको हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा बस्ने अधिकांश नागरिकको साझा समस्या हो । त्यसैले धेरै मानिसहरू यो क्षेत्र छाडेर रोजगारीका लागि सहर वा विदेश पलायन भइसकेका छन् र यहाँको उब्जाउ जमिन पनि बाँझै छन् ।
झन्डै ३० हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको कर्णाली नेपालकै सबैभन्दा ठुलो प्रदेश हो र यसले देशको कुल क्षेत्रफलको झन्डै २१५ भूभाग ओगटेको छ । तर यस प्रदेशको जनसङ्ख्या सबैभन्दा कम अर्थात् १६ लाख मात्र छ । सन् २०२१ को जनगणनाअनुसार माथिल्लो डोल्पामा झन्डै ४२,७०० मानिस बसोबास गर्छन् ।
यो क्षेत्र भौगोलिक हिसाबले अत्यन्तै विकट भएको हुँदा यहाँ पहिरो गइरहने भएकाले र सडकको अवस्था खराब रहने भएकाले यहाँका सडकहरू पार गर्न असम्भवप्रायः हुन्छ । २३२ किलोमिटर लम्बाइ भएको कर्णाली राजमार्गको दुर्गति देखेर यसलाई 'मृत्यु मार्ग' समेत भन्ने गरिन्छ । आधिकारिक तथ्याङ्कअनुसार सडकमार्फत यात्रा गर्दा हरेक वर्ष औसतमा १०० जना व्यक्तिले ज्यान गुमाउँछन् ।
माथिल्लो डोल्पा क्षेत्रमा आवतजावत गर्न चुनौतीपूर्ण भएको कुरा सर्वविदितै हुँदा पनि र यो क्षेत्रमा कृषिको सम्भावना राम्रो भए पनि सन् २०२० को तथ्याङ्कअनुसार यहाँको एक चौथाइभन्दा बढी जमिन बाँझै छ । यसलाई सम्बोधन गर्न सरकारले यहाँको कृषि उत्पादन बढाउनका निम्ति अनुदान दिने, बीउ वितरण गर्ने र अन्य सहायता प्रदान गर्ने भन्दै कार्यक्रम ल्याएको थियो । यसबाट रोजगारीका हजारौँ नयाँ अवसर सिर्जना गर्ने र सहर पलायन भएका मानिसहरूलाई गाउँमा आकर्षित गर्ने अपेक्षा राखिएको थियो । तर प्रादेशिक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिपोर्टअनुसार अहिले यो कार्यक्रमको अपेक्षा विपरीत पहिलेभन्दा अझ धेरै उब्जाउ जमिन ९३०५० बाँझो भएको छ ।
खेती गर्ने जनशक्ति सहरी क्षेत्रतर्फ बसाइँ सरेकाले र गाउँमा पर्याप्त जनशक्ति नभएकाले कार्यक्रम सफल हुन नसकेको मन्त्रालयका कृषि प्रसार अधिकृत एवम् सूचना अधिकारी रमेश खड्का बताउँछन् ।
लेकाली क्षेत्रमा कृषिखेती गर्न बढी समय लाग्छ र अन्य क्षेत्रमा भन्दा बढी लागत लाग्छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवम् कृषि प्रसार अधिकृत धनबहादुर कठायत भन्छन्, 'उनीहरू अरू नै पेशा गरेर जीविकोपार्जन गरिरहेका छन् ।'
वीरेन्द्रनगरस्थित पोषण सुधार केन्द्रमा राखिएका अन्य बच्चाका आमाहरूसँग कुरा गर्दै उर्मिला बुढाथोकी (बीचमा) । यहाँ कुपोषण भएका बालबालिकालाई पौष्टिक खानेकुरा खुवाइन्छ । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपालकर्णाली प्रदेशमा राम्रो कृषि सम्भाव्यता छ । यहाँ दाल, जौ र जुम्ली मार्सी चामललगायतका नौ वटा विभिन्न अन्न र धानका प्रजातिहरूको खेती हुन्छ । तर पनि १० मध्ये ६ जिल्ला आयातित खाद्यान्नमा निर्भर रहेको कठायतको भनाइ छ ।
तथ्याङ्कअनुसार कर्णालीका नागरिकलाई ३,४४,३२४ मेट्रिक टन खाद्यान्न चाहिन्छ । तर अझै पनि कर्णालीमा २३,४३४ मेट्रिक टन खाद्यान्न अपुग रहेको तथ्याङ्कले देखाउँछ ।
यसले गर्दा मानिसहरूमा भोकमरीको समस्या छ । एक तिहाइभन्दा बढी जनसङ्ख्यामा पुड्कोपना तथा ख्याउटेपनाको समस्या छ । कुपोषणका कारण यस्तो समस्या देखिन सक्छ । त्यस्तै चालिस प्रतिशत बालबालिकामा रक्तअल्पता छ । विश्व खाद्य कार्यक्रम र नेपाल सरकारले सन् २०१९ मा गरेको एक अध्ययनअनुसार झन्डै एक चौथाइ परिवारमा खाद्यान्न अपुग रहेको र जम्मा ८५ परिवारले मात्र आफूलाई आवश्यक पर्ने खाद्यान्न खपत गरिरहेको देखिएको छ । भोकमरीले मानव स्वास्थ्यमा दीर्घकालीन असर गर्छ।
स्थानीय बालरोग विशेषज्ञ नवराज केसी कर्णालीमै उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न सके कुपोषणको ग्राफलाई घटाउन सकिने बताउँछन् ।
उनी भन्छन्, 'कर्णालीमा उत्पादन हुने पौष्टिक तत्त्व भएका खाद्यान्न नेपालका अन्य ठाउँमा उत्पादन हुँदैन । यदि यी बालीहरूको संरक्षण गर्न सकेर उत्पादन बढाउन सके हामी आत्मनिर्भर पनि बन्न सक्छौँ र भविष्यमा स्वस्थ जनशक्ति उत्पादन पनि गर्न सक्छौँ ।'
सन् २०१५ मा नेपाल सङ्घीय गणतन्त्रात्मक राष्ट्र बनेको थियो । कृषि उत्पादनमा सुधार गर्ने महत्त्वपूर्ण योजना बोकेर कर्णाली प्रादेशिक सरकार गठन भएको पनि सात वर्ष भइसकेको छ र यसबिचमा कयौँ पटक सरकार फेरिइसेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोदकुमार शाहका अनुसार यस बिचमा अर्गानिक खेती, युवा लक्षित कृषि कार्यक्रम, उत्पादनमा आधारित अनुदान, चक्लाबन्दी खेती अभियान, कृषि कर्जालगायतका विभिन्न सुधारका लागि पहल गरिएका छन् ।
तर अहिले भने सरकारले यसका लागि दण्डसजायको व्यवस्था गर्ने योजना अघि सारेको छ । यसअन्तर्गत आफ्नो जमिन बाँझो छाड्ने मानिसहरूलाई बढी कर लगाइने छ ।
कर्णालीमा लामो समय काम गरेका कृषि विज्ञ लीलाराम पौडेल यहाँको कृषियोग्य जमिन जङ्गलमा रूपान्तरण भइरहेको बताउँछन् ।
वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा भण्डारण गरेर राखिएका चामलका बोरा । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपालउनी भन्छन्, 'त्यसैले पहिले कहाँबाट आम्दानी हुन्छ भन्ने पनि सोच्न आवश्यक छ । जस्तै, जडीबुटीबाट आम्दानी गरेर खाद्यान्नमा कर्णालीलाई आत्मनिर्भर बनाउन सकिन्छ ।'
तर डिलकुमारी धिमाल जस्ता स्थानीयबासीलाई भने यो कुरामा रत्तिभर विश्वास छैन । चाडबाडको सिजनमा चामलको माग झन् बढी हुने भएकाले त्यस बेला झन् चामलको चरम अभाव हुने गर्छ । अक्टोबर र नोभेम्बर महिनामा नेपालका सबैभन्दा महत्त्वपूर्ण चाडहरू दशैं र तिहार पर्छन् ।
“यो वर्ष पनि चामल लिनका लागि खाद्य डिपोअगाडि कति दिन पो लाइन लाग्नु पर्ने हो थाहा छैन ।”
अघिल्ला वर्षहरूमा डिपोमा गएर लाइन लाग्दा पनि अन्त्यमा रित्तो हात घर फर्किएर बजारबाट महँगो चामल किनेर खानु परेको सम्झिँदै उनी यो वर्ष पनि यही अवस्था आउने हो कि भन्ने चिन्तामा छिन् ।
(चाँदनी कठायत ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्। यो लेख पहिला ग्लोबल जर्नलमा प्रकाशित भएको हो। )
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...