आदिवासी जनजाति समुदायको संस्कृति संरक्षण तथा प्रचार गर्नेउद्देश्यले इलाममा आदिवासी सांस्कृतिक–खाना महोत्सव चलिरहेको रहेको छ। महोत्सव आइतबार सुरुबाट भएको हो। जिल्लाको सूर्याेदय नगरपालिका ११, तीनघरेमा सुरु भएको महोत्सव आज (सोमबार) सम्म चल्नेछ।
महोत्सवमा आदिवासी जनजाति समुदायका सांस्कृतिक खानाका परिकार, भेषभूूषा, ऐतिहासिक वस्तुलगायतका स्टल राखिएका छन्। महोत्सव अवलोकन गर्न जिल्ला बाहिर र सीमावर्ती भारतबाट समेत पर्यटक आएको आयोजकले जनाएको छ।
सूर्याेदय नगरपालिका देशकै लोपोन्मुख लाप्चा जातिको मुख्य बसोबास भएको स्थान पनि हो । यहाँ लेप्चा, राई, लिम्बू, मगर, नेवार, तामाङ, शेर्पालगायत विभिन्न जातिका मौलिक खानाका परिकारका स्टल राखिएका छन्। नेपाल आदिवासी जनजाति महासंघको सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चको आयोजनामा महोत्सव सुरु भएको हो।
आयोजक महासंघ अध्यक्ष सोनाम योल्मूले आदिवासी जनजातिको कला, संस्कृति र परम्परा संरक्षण, संवद्र्धन, प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए। ‘यो महोत्सवले परम्परा, संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखेको छ,’ उनले भने, महोत्सव अवलोकन गर्न टाढाटाढाबाट आगन्तुकको भिड लागेको छ।’
महोत्सव उद्घाटन सत्रमा आदिवासी जनजाति समुदायका परम्परा, संस्कार, संस्कृति झल्काउने झाँकी प्रस्तुत गरिएको थियो। जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले महोत्सव उद्घाटन गरेका थिए।
महोत्सवमा लाप्चा उत्थान मञ्च, नेवाः दय दबुँ, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, नेपाल तामाङ घेदुङ, नेपाल योल्मो समाज सेवा संघ, नेपाल शेर्पा समाज, नेपाल मगर संघ, नेपाल थामी समाज, तमु ह्युल छोंज धीं, भुजेल सेवा समिति, किरात याम्फू समाज, किरात मेवाहाङ याखोम्मालगायतले पनि सांस्कृति प्रस्तुति राखेका थिए।
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्धता गरेका छन्।
शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापनमा एकरूपता, शिक्षकको पेसागत क्षमता विकास तथा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले सामूहिक प्रतिबद्धता-पत्र जारी गरिएको हो।
प्रतिबद्धता-पत्रमा सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा र शिक्षक महासंघलगायत सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।
जिल्लास्तरमा परीक्षा अनुगमन प्रणालीमा एकरूपता कायम गरिनेछ। एउटा तहको शिक्षा शाखा प्रमुखले अर्को पालिकामा परीक्षा अनुगमन गर्ने तथा कक्षा ६ देखि ९ सम्मका परीक्षा एकैपटक एउटै समयमा सञ्चालन र व्यवस्थापन गर्ने व्यवस्था गरिनेछ। त्यस्तै, जिल्लाका सबै स्थानीय तहमा विद्यालय मर्जर तथा दरबन्दी मिलानको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएको छ।
माध्यमिक तहका विषयगत शिक्षकबिच सिकाइ आदानप्रदानका लागि जिल्लास्तरीय विषयगत शिक्षक गोष्ठी सञ्चालन गर्ने, शिक्षकको पेसागत तथा नेतृत्व विकासका लागि तालिम सञ्चालन गर्ने र शिक्षकको व्यावसायिकता, नैतिकता, अनुशासन तथा जवाफदेहिता अभिवृद्धि गर्ने योजना पनि बनाइएको छ। सामुदायिक विद्यालयप्रति अभिभावकको अपनत्व बढाउन पालिकास्तरमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको क्षमता विकास तथा विद्यालयमा बालमैत्री, समावेशी र गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक संरचना निर्माण र शैक्षिक गतिविधि सञ्चालन गर्ने सहमति भएको सामाजिक विकास कार्यालय कालीकोटका कार्यालय प्रमुख अविराज शाहीले जानकारी दिए।
त्यसैगरी, विद्यालयका भौतिक संरचनाको गुणस्तर कायम गर्न अनुगमन गर्ने, शिक्षा नियमावलीको दशौँ संशोधनअनुसार कार्यविधि निर्माण गरी आर्थिक वर्षभित्र विद्यालयको आन्तरिक व्यवस्थापनसम्बन्धी काम अनिवार्य रूपमा अघि बढाउने बताए।
स्थानीय तहले बजेट विनियोजन गर्दा अनुदान शिक्षकको तलबबाहेक १० प्रतिशत बजेट सुनिश्चित गर्ने, पालिका अनुदानअन्तर्गत नियुक्त शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा एकरूपता कायम गर्ने र न्यूनतम पारिश्रमिक नघट्ने गरी उपयुक्त स्केल निर्धारण गर्ने विषय पनि प्रतिबद्धतामा समेटिएको छ।
खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रपति रनिङ सिल्डलगायत जिल्लास्तरीय प्रतियोगिता सम्बन्धित पालिका र खेलकुद विकास समितिको समन्वयमा सञ्चालन गर्ने, सामुदायिक बालविकास केन्द्रलाई मातृ विद्यालयबाट सञ्चालन तथा व्यवस्थापन गर्ने र जिल्लास्तरमा सूचना प्रविधि (आईसीटी) सम्बन्धी बृहत् तालिम सञ्चालन गर्ने सहमति भएको छ।
जिल्लाका नौ वटै पालिकाको लागत साझेदारीमा शैक्षिक रूपान्तरण, शैक्षिक समस्या तथा पहिचानका विषयमा अन्तरपालिका स्तरीय शैक्षिक सम्मेलन तथा गोष्ठी आयोजना गरिनेछ। पहिलो सम्मेलन महावै गाउँपालिकामा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ।
यसका साथै बालविवाह, सामाजिक कुरीति, लागुऔषध दुरुपयोग तथा डिजिटल प्रविधिको दुरुपयोग रोक्न सरोकारवालाहरूले प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अवलम्बन गर्ने सहमति गरेका छन्।
सामूहिक प्रतिबद्धता-पत्रमा उल्लेखित १९ बुँदालाई कार्यान्वयन गर्दै जिल्लाको शैक्षिक अवस्थामा सुधार ल्याउन सम्बन्धित निकायबिच समन्वय, सहकार्य र साझा जिम्मेवारीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...