वर्षा याम नजिकिएसँगै नेपाली सेनाको देविदत्त गण जुम्लाले सामुदायिक विपद् प्रतिकार्य तथा अभ्यास मनसुन-४ गरेको छ। जुम्लाको चन्दननाथ नगरपालिका १ दानसाघुँमा सुरक्षा निकायले सामुदायिक विपद् प्रतिकार्य तथा अभ्यास मनसुन-४ गरेका हुन्। बाढीपहिरोले जोखिम मानिएका स्थानमा समुदायको प्रत्यक्ष सहभागितामा सुरक्षाकर्मीहरूले विपद् तयारी अभ्यास थालेका हुन्।
खोंचमा फस्दा, पहिरोमा पर्दाको समयमा गरिने उद्धारको अभ्यास गरिएको हो। अभ्यासमा सेनासँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी, सामुदायिक विद्यालयका विद्यार्थी, स्वास्थ्यकर्मी समेत सहभागी थिए।
विपद्को अवस्थामा उद्धार एवं खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने उद्देश्यले विपद् प्रतिकार्य तथा अभ्यास सिकाइको गणपति हिमालय थापाले बताए। वर्षा याममा हुन सक्ने जोखिमका घटनाबाट बच्ने र बचाउने उपाय तथा विपद्को तयारीमा सहयोग पुग्नुका साथै क्षति न्यूनीकरणमा सहयोग पुग्नेछ।
कार्यक्रममा सेनाका संयुक्त टोलीले पहिरो, बाढी, डुबानमा परेको बस्ती र स्थानीयलाई उद्धार प्रक्रियाको प्रदर्शनी गरेका थिए। चन्दननाथ नगरपालिका जुम्लाकी उपप्रमुख रामदेवी खड्काले विपद्का घटना न्यूनीकरण, खोज तथा उद्धारमा नेपाली सेनाको भूमिका उच्च प्रशंसनीय रहँदै आएको बताइन्।
विपद पूर्वतयारी अभ्यासका लागि नगरपालिका तयारी अवस्थामा छ। बर्सेनि पूर्व तयारी अभ्यासहरू भइरहेको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने बताउँछिन्। हरेक वर्ष विपद् व्यवस्थापनमा ५० देखि ७० लाख रूपैयाँ छुट्याउदै आएको नगरपालिकाले डोजर, दमकल, ट्याक्टर, एम्बुलेन्स र शव वहान तैनाथ छन्।
बाढी र पहिरोले पुर्याउने क्षति र उद्धार तथा उपचारका सन्दर्भमा गरिने यो अभ्यासले समुदायमा थप सकारात्मक हौसला मिलेको छ। ‘विपद्का घटनामा प्रतिकार्यका लागि सुरक्षाकर्मी, विभिन्न सरोकारवाला निकाय र स्थानीयवासीको महत्त्वपूर्ण योगदान रहेकाे छ। त्यसमध्ये पनि नेपाली सेनाले खेल्दै आएको भूमिका प्रशंसनीय छ।
जुम्लामा आगलागी होस्, बाढी, पहिरो जस्ता विपदजन्य कार्यमा नेपाली सेनाको प्रदर्शन उच्च प्रशंसनीय रहेको र विपद् प्रतिकार्य कुनै व्यक्ति वा संस्थाले मात्र गरेर सम्भव नहुने हुँदा यसका लागि सामूहिक प्रयास जरुरत छ।
यस्तै देविदत्त गण जुम्लाका गणपति हिमालय थापाले नेपाली सेनाले प्राकृतिक घटनामा जनताको जीउधन सुरक्षाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।
पहिरोले गर्न सक्ने क्षति र उद्धार तथा उपचारका सन्दर्भमा गरिने अभ्यासबारे समेत समुदायलाई सिकाइएको उनी बताउँछन्। विपद्का घटना न्यूनीकरणका लागि जटिलता रहेकाले सबैको सामूहिक प्रयासको खाँचो छ। ’बर्सेनि वर्षातको समयमा आउने बाढी, पहिरा तथा डुबानले जनधनको क्षति पुर्याउने गरेकाले यस प्रकृतिको अभ्यासले प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक जयकुमार घिमिरेले बताए।
जिल्लाको हरेक नागरिकले विपद्का बेला आइपर्ने समस्याबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने बताए।
उनले भने, ‘मौसम विज्ञान विभागले यो वर्ष धेरै पानी पर्ने प्रक्षपण गरेको छ। त्यसैले बाढीपहिरोले ल्याउन सक्ने विपद् कम गर्न पूर्वतयारीका साथ लाग्नुपर्ने देखिन्छ।’
उनले विषयगत, क्षेत्रगत निकायाहरू र सरोकारवाला सबैलाई तयारी स्रोत, साधन र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन गरे।
उनले भने,‘जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइएको छ। यो अभ्यासले नागरिकको क्षमता वृद्धिमा सहयोग मिल्ने छ। कमीकमजोरीहरू औल्याउँदै विपद् आइपरेको बेला संगठित भएर लाग्ने प्रेरणा दिने अपेक्षा छ।’
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।
त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...