सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’स्थापना
१४ जेष्ठ २०८१
•
१ मिनेट पाठ
सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’स्थापना
मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखाको साम्दोमा बोर्डर आउट पोष्ट (बिओपी) को स्थापना गरेको छ।




सशस्त्र प्रहरी नंं २९ गुल्म गोरखाको मातहत रहने गरी चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा आइतबार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

उक्त बिओपी गोरखा सदरमुकामबाट करिब एक सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ। समुद्री सतहतबाट करिब तीन हजार आठ सय ७५ मिटरको उचाइमा स्थापना भएको बिओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सिमानामा रुइला नाका रहेको छ।

नेपाल र चीन सीमा इलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटना, हिमपात, हिमपहिरोमा परेका नागरिकको उद्धार, अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने आपराधिक तथा अवाञ्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमास्तम्भ तथा सीमा इलाकाको निगरानीलगायत कार्य गर्ने सशस्त्र प्रहरीले जनाएको छ। 

यसअघि सशस्त्र प्रहरीले चीनतर्फ दार्चुलाको तिङ्कर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, सङ्खुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङ्गोलासहित नौ स्थानमा बिओपी स्थापना गरिसकेको छ।

सशस्त्र प्रहरीले भारतको सिमानातर्फ दुई सय ४४ र चीनको सिमानातर्फ १० गरी सीमा क्षेत्रमा कूल दुई सय ५४ बिओपीको स्थापना गरेको छ।-रासस
अर्को समाचार
प्रहरी र सशस्त्रका १०४ अधिकृत एकसाथ अवकाशमा
०५ भदौ २०८१
•
६ मिनेट पाठ
प्रहरी र सशस्त्रका १०४ अधिकृत एकसाथ अवकाशमा
लामो समय नियमावली संशोधन नहुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एकै पटक १०४ जना ‘सिनियर’ अधिकृतहरूको अवकाश हुँदैछ। नेपाल प्रहरीमा निरीक्षकदेखि डिआइजीसम्म ८९ जना र सशस्त्र प्रहरीमा १५ जना एकैसाथ अवकाशमा जान लागेका हुन्। त्यसबाट एकातर्फ उच्च तहका धेरै अधिकृतहरूका लागि बढुवाको बाटो खुल्नेछ भने अर्कातर्फ ५० देखि ५३ वर्ष उमेर समूहका अधिकृतहरू अवकाशमा जाँदा राज्यले ठुलो नोक्सानी बेहोर्नुपर्ने अवस्थाको सिर्जना हुँदैछ।




प्रहरी नियमावलीमा फेरबदल नआए भदौ १६ गते प्रहरीका माथिल्लो दर्जाका ८९ जना एकै दिन अवकाशमा जानेछन्। ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीको यति ठुलो संख्या एकसाथ घर जाँदा माथिल्लो तहमा ठुलो ‘भ्याकुम’ सिर्जना हुँदा बढुवाको लाइनमा रहेका अधिकृतहरूले अवसर पाउनेछन् । भदौ १६ मा एक डिआइजी र भदौ २१ मा अर्का एआइजी पनि घर जाँदैछन्। डिआइजी विष्णु केसीको भदौ १६ मा अनिवार्य अवकाश हुँदैछ । भदौ १६ गते प्रहरी अधिकृतहरू अवकाशमा जाँदैछन्। यसरी अवकाश पाउन लागेकाहरू धेरैको उमेर ५५ भन्दा कम छ।

३० वर्षे सेवा हदका कारण ठुलो संख्यामा प्रहरीले अवकाश पाउन लागेको यो पहिलो पटक हो । प्रहरी नियमावलीमा तत्काल संशोधन गरी ३० वर्षे सेवा अवधिको प्रावधान खारेज गरे उनीहरूको अवकाश प्रक्रिया रोकिनेछ। तर नियमावली संशोधन गर्न सर्वोच्च अदालतका दुई वटा फैसला बाधक छन् । ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै केही प्रहरी अधिकृतले रिट निवेदन दिएपछि सर्वोच्च अदालतले प्रहरी ऐनमा व्यवस्था गरेर मात्रै ३० वर्षे अवधि हटाउन निर्देशन दिएको थियो।

२०७० चैत २० गते सर्वोच्च अदालतले पाँचजनाको विशेष इजलासबाट प्रहरी नियमावलीमा रहेको प्रहरी कर्मचारीको अवकाशलगायत सेवासर्तका सम्बन्धमा पुनरवलोकन गरी ऐनमा नै व्यवस्था गर्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो। २०७१ वैशाख ८ गते नयाँ प्रहरी नियमावली जारी हुँदा पनि २०७० सालको सर्वोच्च अदालतको आदेश कार्यान्वयन भएन। त्यसपछि पनि पीडित प्रहरी अधिकृतहरू पुनः न्यायिक उपचारका लागि अदालत पुगेका थिए। त्यतिबेला सर्वोच्च अदालतको पाँच जनाको सवैधानिक इजलासले २०७२ पुस १७ गते प्रहरी नियमावलीमा रहेको प्रहरी कर्मचारीको अवकाशलगायत सेवासर्तका सम्बन्धमा पुनरवलोकन गरी ऐनमा नै व्यवस्था गर्न पुनः नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरे पनि त्यो कार्यान्वयन भएन।

सर्वोच्च अदालतको आदेश एक दशकसम्म पनि कार्यान्वयन नहुँदा यही २०८१ भदौ १६ गते डिआइजी एक, एसएसपी ११, एसपी १२, डिएसपी ३०, इन्स्पेक्टर ३५ जाने भएका हुन्। प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएका १०५ जनाको टोलीका माओवादी युद्धका बेला सबैभन्दा बढी दुःख पाएका, सक्षम र अनुभवी प्रहरी अधिकृतहरू ५०/५१ वर्षको उमेरमै अवकाशमा जानेछन्। सशस्त्र प्रहरीमा पनि त्इसता अधिकृतहरूको संख्या त्यत्तिकै छ । २०५१ सालमा ४३२ जना असईमा भर्ना भएका थिए। तीमध्ये १५ जनाको सशस्त्र द्वन्द्वमा मृत्यु भएको थियो। 

बाँकी केहीले भने यसअघि नै अवकाश वा राजीनामा दिएका कारण यो समूहका १०८ जना मात्रै सेवामा छन्। तीमध्ये नेपाल प्रहरीमा रहेका ९० जना सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएर गएका थिए । १८ जनाको भदौ १६ मा एकसाथ अवकाश हुन लागेको हो। २०४९ सालसम्म प्रहरी कर्मचारी उमेर हद र पदावधि (दुई) का आधारमा मात्र अवकाश हुने व्यवस्था रहेको छ। अन्य सरकारी सेवामा पनि यही नै व्यवस्था रहेकोमा विभेदकारी नियमावली खारेज हुनुपर्ने प्रहरी अधिकृतहरूको भनाइ छ। प्रहरी नियमावली २०४९ मा प्रहरी कर्मचारी सेवा अवधिका आधारमा समेत अवकाश हुने थप व्यवस्था गरी अवकाश हुने आधार दुईबाट तीन बनाइएको थियो।

प्रस्तावित प्रहरी ऐनमा समेत ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन प्रहरी प्रधान कार्यालयबाट सिफारिस भइसकेको हुँदा अविलम्ब प्रस्तावित प्रहरी ऐन संसद्मा लग्न र उक्त ऐन पारित नहुँदासम्म प्रहरी नियमावलीको दफा १२७ को १ को (घ) खारेज गरी ३० वर्षे सेवा अवधिका कारण प्रत्यक्ष प्रभावित हामी प्रहरी अधिकृतलाई तत्काल अवकाशबाट जान रोकी सर्वोच्च अदालतको आदेशको पालना गर्न र न्याय दिलाउन अवाकाशमा जान लागे प्रहरी कर्मचारीले मन्त्रालयलाई आग्रह गर्दै आएको भए पनि मन्त्रालयले सुनुवाइ गर्ने अवस्था देखिएको छैन।  

प्रहरी नियमावलीको दफा १२७ को १ को (घ) खारेज गरी सेवा अवधि मात्र हटाउँदा उमेर हद र पदावधिको आधारबाट अवकाशमा जाने बाटो खुला नै रहने हुँदा अन्य प्रहरी कर्मचारीको वृत्ति विकासमा कुनै बाधा नपर्ने पनि अवकाशमा जान लागेका प्रहरीका अधिकारीको दाबी छ। यो विषयमा अध्ययन गर्न गृह मन्त्रालयले एक कार्यदल बनाएको थियो। कार्यदलले प्रतिवेदन पनि दिइसकेको छ। तर पनि त्यो प्रतिवेदन कार्यान्वयन भएको छैन। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै सेवाहद हटाउनुपर्ने बताउँदै आएका छन्। भदौ १६ मा अवकाश जान लागेका डिआइजी विष्णु केसी हाल बागमती प्रदेशमा कार्यरत छन्। 

एसएसपी जीवनकुमार श्रेष्ठ ट्राफिक प्रहरी कार्यालयमा निमित्त प्रमुख छन्। डिआइजी पोषराज पोखरेलले अवकाश पाएपछि उनी त्यहाँ निमित्त प्रमुख भएका हुुन्। रेवती ढकाल प्रहरी कल्याणमा कार्यरत छन्। एसएसपीहरू किसनसिंह थापा, दिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई, रवीन्द्र रेग्मी पनि भदौ १६ मै अवकाश जाँदैछन्। त्यसैगरी एसपीहरू कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवदेश विष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकुनन्द इवा लिम्बू, चित्रबहादुर गुरुङ, नवीनकिशोर प्रधानले अवकाश पाउने भएका छन्। 

डिएसपीहरू श्रीराम भण्डारी, रामकृष्ण सापकोटा, गणेशबहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुर मल्ल, किरणप्रसाद न्यौपाने, होमबहादुर थापा, मनोजकुमार श्रेष्ठ, जनकबहादुर मल्ल, राजनकुमार गौतम, महेश बस्नेत, भरतकुमार शाह, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम, नारायणबहादुर श्रेष्ठ, राकेशकुमार पोदार, गोविन्द पन्थी, दलराम टमाटा, मदनबहादुर कुँवर, देवबहादुर कुँवर, हिक्मतबहादुर बोहरा, अनिलकुमार उप्रेती, शैलेन्द्रकुमार खड्का, उद्धवप्रसाद अधिकारी, रामबहादुर चन्द, सुजितकुमार ओझा, फणीन्द्र रानाभाट, विजय थापा, जमुनाकुमारी बस्नेत पनि बिदा हुँदैछन्।

प्रहरी निरीक्षकहरू योगराज न्यौपाने, शान्तराम कार्की, हीराबहादुर केसी, खेमराज कडायत, सरोजकुमार ठकुराठी, जयराम वन्त, भुवन भट्ट, कृष्ण रानामगर, ओमप्रकाश वाग्ले, बिजुलीनाथ योगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुनप्रसाद पोखरेल, उदयमान द्विवेदी, काशीराज रेग्मी, हरिविष्णु ढकाल, रविभूषणप्रसाद यादव, राजेन्द्रप्रसाद यादव, उदयसिंह सिजापती, मोहन थापा, कलेन्द्रविक्रम शाही, मानप्रसाद श्रेष्ठ, किसन चन्द ठकुरी, अवधकिशोर ओझ, विजय भण्डारी, भीमबहादुर कार्की, प्रेमबहादुर बोहरा, नरपति भट्ट, जगत दमाई, मेघनाथ चापागाई, निलमबहादुर भण्डारी, तीर्थबहादुर भण्डारी, जगदीश पौडेल, गोपाल चालिसे, कमल आचार्यले अवकाश पाउँदैछन्। उनीहरू अवकाश पाएपछि नेपाल प्रहरीमा करिब दुई सय पद खाली हुने भएका छन्।

यसैगरी सशस्त्र प्रहरीबाट भदौ १६ मा घर जान लागेका डिआइजीद्वय दुर्गा भट्टराई अभि खत्री एसपी पूर्ण साउद छन्। एसएसपी विश्व भट्टराईसहित १५ डिएसपी अवकाशमा जाने सशस्त्र प्रहरीले जनाएको छ। डिआइजी खत्री सुर्खेतमा कार्यरत छन्। शारीरिक सुगठन शिक्षालयका उद्धव रावलसहित उनीहरूको ब्याचका पनि केही अधिकृत छन्। महोत्तरीका गणपति अमर ऐर त्यसैमा पर्छन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस