चार दिनमै छुटे प्रहरीमाथि आक्रमण गराउने तस्कर
०२ वैशाख २०८१
•
३ मिनेट पाठ
चार दिनमै छुटे प्रहरीमाथि आक्रमण गराउने तस्कर
प्रहरीमाथि आक्रमण गराउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक तस्करलाई जिल्ला प्रहरी कार्यालय बाराले चार दिनमै थुनामुक्त गरेको घटना सार्वजनिक भएको छ। विश्रामपुर गाउँपालिका– ४ बलिरामपुरका सुरेन्द्र साह भनिने मुकेश साह कलवार चार दिनमै थुनामुक्त भएका हुन्।




अवैध रूपमा भारतबाट भित्र्याउँदै गरेको प्याज नियन्त्रणमा लिने क्रममा चैत २२ गते विश्रामपुर गाउँपालिकाको खुदिया टोलमा प्रहरीमाथि कलवारले आक्रमण गराएका थिए। भारतबाट कलवारको समूहले ठूलो परिमाणमा अवैध रूपमा प्याज भित्र्याएका थिए।

सीमा आसपासका गाउँमा ठूलो परिमाणमा प्याज भित्रिएको थाहा पाएपछि जिल्लाबाट त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रहरी चौकी मुसहर्वा र इलाका प्रहरी कार्यालय प्रसौनीलाई निर्देशन दिएको थियो। जिल्लाबाट निर्देशन आएपछि इलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहर्वाबाट प्रहरी टोली खुदिया टोलमा खटेको थियो।

प्याज नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई देख्नेबित्तिकै तस्कर समूहले आक्रमण गरी बरामत प्याजलाई लुट्न सुरु गरेका थिए। तस्करहरूको आक्रमणमा इलाका प्रहरी कार्यालय प्रसौनीका सहायक प्रहरी निरीक्षक सुनिलकुमार पसवानका साथसाथै दर्जनभन्दा बढी प्रहरीलाई चोट लागेर घाइते भएका थिए।

प्रहरीमाथि आक्रमण गरिएपछि प्रहरीलाई सुरक्षा दिन सशस्त्र प्रहरी बलको टोली पनि घटनास्थाल पुगेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन भएको देखेर तस्कर समूह प्याज लिएर भारततर्फ भाग्न खोज्दा उनीहरूबाट २० बोरा जति प्याज सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका थिए।

प्याज लिएर भागेको र सुरक्षाकर्मीमाथि पनि आक्रमण भएपछि तस्करी गराउने सुरेन्द्र साह भनिने मुकेश साह कलवारलाई पक्राउ गरेर जिल्लामा बुझाएको प्रहरी चौकी मुसहर्वाका इन्चार्ज प्रहरी नायव निरक्षक शिवजीप्रसाद यादवले बताएका छन्। तर उनी समातिएको चार दिनमै थुनामुक्त भएका छन्। यसको कारण आफूले थाहा नपाएको शिवजी प्रसादले बताए।

सर्वसाधारणलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर प्रहरीले कम्तीमा पनि २२ दिन थुनामा राख्ने गरेको भए पनि तस्करको आर्थिक प्रभावमा परेर उनलाई चार दिनमै थुना मुक्त गरेको आरोप प्रमहरीमाथि लागेको छ। प्रहरीमाथि आक्रमण गरेर घाइते बनाएको आरोपमा कलवारमाथि जिल्ला प्रहरी कार्यालयले अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर नियन्त्रणमा राखेको थियो।

कलवारलाई नियन्त्रणमा राख्ने बाराका तत्कालीन प्रहरी प्रमुख सुरेशकुमार काफ्ले सरुवा भएर गत चैत २५ गते आइतबार गएको र नयाँ प्रहरी प्रमुख महेन्द्र खड्का जिल्लामा हाजिर नभएको अवस्थामा चैत २६ गते कलवार छुटेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रहरी प्रमुखको जिम्मेवारी पाएका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङ र मुद्दा शाखा प्रमुख अर्का प्रहरी निरीक्षक जट्टाशंकर यादव कलवारको आर्थिक प्रभावमा परेर चार दिनमै मुद्दा टुंगाएर फाइल बुझाउँदा प्रहरीमाथि आक्रमण गराउने कलवार थुनामुक्त भएको आरोप छ।

जिल्ला सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालय बारामा बुझाइएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराले कलवारलाई सात हजार पाँच सय धरौटी रकममा चैत २६ गते छोडेको जिल्ला प्रशासन कार्यालय बाराका मुद्दा शाखाले जनाएको छ।

कलवार छुटेर गएपछि गाउँघरमा आफूले प्रहरीमाथि आक्रमण गराएर आफ्नो लाखौं रूपैयाको प्याज नियन्त्रण गर्न नदिएको र एक लाख ५० हजार खर्च गरेर छुटेर पनि आएको भन्दै धाक लगाउँदै हिँडेको स्थानीयले बताएका छन्।

कलवार थुनामा परेपछि उनलाई पक्राउ गरेर जिल्ला बुझाएका प्रहरी चौकी मुसहर्वाका इन्चार्ज शिवजीलाई तस्कर समूहले छोडाउन दबाब दिँदा शिवजीले नै जिल्ला प्रहरी कार्यालय बारामा रहेका प्रहरी निरीक्षक गुरुङ र यादवलाई पहल गरेर छोडाएको जिल्ला प्रहरी कार्यालय बारा स्रोतले बताएको छ।

कलवार थुना मुक्त भएर गएपछि चैत २७ गते ९ बजे देखि ११ बजेसम्म प्रहरी चौकी मुसहर्वामा मदिरा पार्टीसमेत गरिएको प्रहरी चौकी मुसहर्वाका प्रहरीबीच चर्चाको विषय बनेको छ।

बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले तस्करीको समान नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि आक्रमण गराउने व्यक्ति चार दिनै छुटेको घटनालाई आफूले आन्तरिक रूपमै छानबिन गरिरहेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी अधिकारीले यस घटनामा आर्थिक लाभ लिएर कलवारलाई छोडेको भेटिए त्यसमा संलग्न रहेकालाई कारबाही गरिने खड्काले बताए।
अर्को समाचार
निर्मला कुर्मी कर्तव्य ज्यान मुद्दाः आरोपित सबै थुनामुक्त
१३ मंसिर २०७८
•
३ मिनेट पाठ
निर्मला कुर्मी कर्तव्य ज्यान मुद्दाः आरोपित सबै थुनामुक्त
अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा आरोपमा पक्राउ परेका ६ जनालाई थुनामुक्त गर्न सरकारी वकिल कार्यालयले आदेश दिएको छ। तत्काल मुद्दा दर्ता गर्नुपर्ने अवस्था नभएको र उक्त मुद्दामा थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशनसहित जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई थुनामुक्त गर्न आदेश दिएको हो।




सरकारी वकिल आरोपित रमेश थापा, पार्वती विष्ट, कृष्ण मुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंहलाई पक्राउ परेको २१ दिनपछि थुनामुक्त गर्न आदेश दिएको थियो। उनीहरुलाई पक्राउ गरेको २१ दिनमा प्रहरीमा प्रहरी जिल्ला सरकारी वकिल कार्यालयमा हाजिर गराएको थियो।

उक्त मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला सरकारी कार्यालयले जनाएको छ। ‘२५ दिनभन्दा बढी अभियुक्तलाई थुनामा राख्न मिल्दैन,’ जिल्ला सरकारी वकिल कार्यालयकी सह जिल्ला न्यायाधिवक्ता निसा कुसुम पौडेलले भनिन्, ‘अदालतमा मुद्दा दर्ता गर्न पनि पर्याप्त प्रमाण पुगेन।’ प्रमाण अभावका कारण उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न नसकिएको उनको भनाइ छ। ‘आरोपितहरुलाई थुनामुक्त गर्दा अनुसन्धान सकिएको भन्ने होइन,’ उनी भन्छिन्, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ।’

उनका अनुसार २५ दिनभन्दा बढी थुना बस्दा पनि आरोपितलाई आरोप पुष्टि गर्ने प्रमाण नमिले जमानी छाडेर अनुसन्धान गर्न कानुनी व्यवस्था छ। जिल्ला सरकारी वकिल कार्यालयमा आठ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। जसमध्ये दुई जनालाई जमानीमा अनुसन्धान भइरहेको थियो भने ६ जना थुनामा थिए।

पीडित परिवार र केही महिला अधिकारकर्मीहरुले थप चार जनाविरुद्ध जाहेरी दर्ता पनि गराएको थिए। ती चार जना आरोपितको ठेगाना र थरसमेत उल्लेख नहुँदा अनुसन्धान गर्न जटिल भएको बताइएको छ। ‘हामीले आठ जनालाई अनुसन्धान गरिरहेका थियौं,’ उनी भन्छिन्, ‘एउटै मुद्दामा थप चार जनाको नाम आएपछि पनि अनुसन्धानमा समस्या भएको छ।’

छिमेकी र अन्यसँग अनुसन्धान गर्दा मुद्दामा आरोप लगाइएजस्तो प्रमाण नभएको सरकारी वकिल कार्यालयको भनाइ छ। महिला अधिकारकर्मी र पीडित परिवारले उपलब्ध गराएको भिडियोमा समेत पर्याप्त प्रमाण नभएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ। जिल्ला सरकारी वकिल कार्यालयको आदेशपछि उनीहरुलाई थुनामुक्त गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानले बताए।

‘अनुसन्धान थप लम्बिने भयो,’ उनले भने, ‘कानुनी प्रावधानअनुसार आरोपितलाई २५ दिनभन्दा बढी थुनामा राख्न पाइँदैन।’ अनुसन्धानका दायरा धेरै भएकाले पनि यस विषयमा अनुसन्धान ढिला भइरहेको उनी बताउँछन्। ‘पहिला आठ जनाविरुद्ध जाहेरी थियो। पछि थप चार जनाविरुद्ध जाहेरी परेको छ,’ उनी भन्छन्, ‘त्यति मात्र होइन सम्पत्तिको विषय पनि मुद्दा परेको छ। यसले अनुसन्धान गर्न समय लागेको हो।’

निर्मलाले पहिलो श्रीमान्को निधन भएपछि भारतमा दोस्रो विवाह गरेको र भारतमै प्राकृतिक (कालगति) ले उनको मृत्यु भएको प्रमाण प्रहरीले संकलन गरेको छ। ‘निर्मलाको मृत्यु दर्ता, मृत्युपछि हुने दाहसंस्कार गर्न लाग्दाका तस्विरहरु प्रहरीसँग उपलब्ध छ,’ डिएसपी न्यौपानेले भने, ‘उनको कर्तव्य ज्यान भएको प्रमाण भेटिँदैन।’

महिला अधिकारकर्मी र पीडित परिवारले भारतमा झिकाइएको मृत्यु दर्ताको समेत पुनः परीक्षण गर्नुपर्ने माग राखेको छ। भारतीय कानुनी व्यवस्थाअनुसार उक्त परीक्षण गर्नुपर्ने भएकाले पनि अनुसन्धान अझ थप समय लाग्ने उनको भनाइ छ।

यता महिला अधिकारकर्मी र पीडित परिवारले भने प्रहरीले पीडितको संरक्षणका लागि कमजोर प्रमाण संकलन गरेको आरोप लगाएका छन्। सरकारद्वारा छानबिन समितिले उक्त मुद्दामा सुरुदेखि अनुसन्धान गर्न निर्देशन दिए पनि प्रहरीले पुरानै प्रमाणलाई आधार मानेर पीडितलाई न्यायभन्दा झन अन्याय गरेकाले महिला अधिकारकर्मीहरु र पीडित परिवारले पाँचौ दिनदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। पीडित परिवारले निर्मलाका नाममा रहेको करोडौंकाे जग्गा हडप्न आरोपित व्यक्तिहरुले हत्या गरेको ओरोप लगाएको छ।

निर्मलाको श्रीमान् र दुई छोराको कालगतिले मृत्यु भएपछि उनको हत्या गरी सम्पत्ति हिनामिना गरेको जाहेरीमा उल्लेख छ।
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २६ सेकेन्ड अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस