‘किरा’ ले गर्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
११ चैत्र २०८०
•
१ मिनेट पाठ
‘किरा’ ले गर्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
किरा खान आएका चराको बथानका कारण बिहान ८ बजेदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो साढे १ बजेपछि जहाज अवतरण गर्न थालेका छन्।




पखेटा उम्रिएका किरा धपाउन विमानस्थल प्रशासनलाई हम्मेहम्मे परेको थियो। ती किरा खान आएका चीलको बथान रनवेमा बसेपछि विमानस्थल बन्द भएको थियो। विमानस्थलको उडान आज बिहान ८ बजेपछि बन्द थियो।

विमानस्थल खुल्ने र बन्द हुने गर्दा जहाज अवतरण सहज थिएन। दिउँसो साढे १ बजे बल्ल जहाज अवतरण गरेको हवाई कम्पनीले बताएका छन्।

विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले उडान सुचारु भइसकेको बताइन। ‘बिहानस्थल खुल्ने र बन्द हुने क्रम चलिरहेको थियो। विमानस्थल खुलिहालेपनि जहाज आउन केही समय लाग्छ, बल्ल अहिले जहाज आउन थालेका छन,’ उनले भनिन, ‘अब पनि प्रभावित नहोला भन्न त सकिन्न। तर, अहिलेका लागि उडान र अवतरण जारी छन्।’

सुवेदीका अनुसार पखेटा उम्रिएका किराहरू रनवेदेखि घाँसे मैदानमा देखिएपछि ती किरा खान आएका चीलले गर्दा विमानस्थलको उडान प्रभावित भएको थियो। एक्कासि देखिएका किरा धपाउन विमानस्थल प्रशासनले रनवे समेत पखालेको थियो। विमानस्थलको अग्नी नियन्त्रकबाट पानी हालेर धावनमार्ग पखालेपनि किरा र चराको समस्या समाधान गर्न हम्मेहम्मे परेको उनले बताइन।

‘रनवे पखाल्दा किरा वरपरको घाँसे मैदानमा जान्छन्। चिलहरू पनि तीनलाई खान घाँसे मैदानमा जान्छन्। फेरी ती किराहरू रनवेमा आएपछि चिलको बथान पनि रनवेमा आउने गर्दा हैरान भयो,’ उनले भनिन। सुवेदीका अनुसार यही समस्याले गर्दा काठमाडौंबाट पोखराका लागि उडेका तीनवटा विमान फेरी काठमाडौं नै डाइभर्ट भएका थिए।

‘हामीले रनवे पखालेर केहीबेर अघि नै विमानस्थल खुला त गरेका थियौ। तर किराको समस्या समाधान भएन’, सुवेदीले नागरिकन्यूनसँग भनिन्
अर्को समाचार
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
२४ सेकेन्ड अघि
•
१ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
हुम्ला। जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।

 

कृषि विकास कार्यालय हुम्लाका अनुसार यस वर्ष जिल्लामा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ। कूल ६९० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले बताउनुभयो।

 

गाउँपालिकागत रूपमा सबैभन्दा बढी सर्केगार्डबाट ५०० मेट्रिक टन स्याउ निकासी भएको छ। त्यस्तै, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, चङ्खेलीबाट १४०, ताँजाकोटबाट ६७ दशमलव छ, नाम्खाबाट ५० र अदानचुलीबाट २० मेट्रिक टन स्याउ जिल्ला बाहिर गएको छ।

 

काँचो स्याउको निकासी रोक्न गत साउनदेखि गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो। तर, सिफारिसबिना पनि स्याउ बाहिर गएको सूचना प्राप्त भएकाले वास्तविक कारोबार अझै बढी हुन सक्ने प्रमुख पन्तको भनाइ छ। व्यक्तिगत रूपमा खरिद गरी पठाइएको र जिल्लाभित्रै खपत भएको स्याउको विवरण भने यसमा समावेश नगरिएको बताउनुभयो।

 

सडक सञ्जाल विस्तारसँगै हुम्लाको स्याउले जिल्ला बाहिरको बजार पाउन थालेको हो। गत वर्ष करिब रु चार करोडको स्याउ निकासी भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढी पुगेको छ। स्याउ बिक्रीबाट आम्दानी हुन थालेपछि किसानमा खेतीप्रति उत्साह बढेको स्याउ खरिद बिक्री कारोबार गरिरहेका अदानचुली–३ का अर्जुन फडेराले बताउनुभयो।

 

यस वर्ष हुम्लामा ए ग्रेडको स्याउ प्रतिकेजी ६०, बी ग्रेडको ५० र सी ग्रेडको रु ४० मा बिक्री भएको थियो। हुम्लाबाट पहिलोपटक आठ मेट्रिक टन फुजी स्याउसमेत जिल्ला बाहिर बिक्री भएको कृषि विकास कार्यालय हुम्लाको तथ्याङ्कमा उल्लेख गरीएको छ। यता हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाबाट मात्रै ११ ट्रक स्याउ निकासी भएको र अबको पाँच वर्षमा कम्तीमा वार्षिक ५५ ट्रक स्याउ निकासी गर्ने गरी स्याउ जोन बनाइएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो।



स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २४ सेकेन्ड अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस