‘खायन’ प्रजातिको आलु संरक्षण सुरु
१० चैत्र २०८०
•
२ मिनेट पाठ
‘खायन’ प्रजातिको आलु संरक्षण सुरु
बागलुङको ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गर्न लागिएको छ। ताराखोला गाउँपालिकाका १५ समूहसँग सम्झौता गरेर कृषि ज्ञान केन्द्रले आलु प्रवर्द्धन र संरक्षण गर्न लागेको हो।




रैथाने आलु संरक्षणको अभियानमा लागेको गाउँपालिकालाई ज्ञान केन्द्रले पनि प्रविधिमा साथ दिएको हो। सदरमुकाममा अधिकांश होटलमा प्रयोग हुने आलुमा ताराखोलाको बढी माग हुने गर्छ। तराईबाट आउने आलु उपभोक्ताले मन पराउन छाडेपछि ग्रामीण आलुले बजार पाएको होटल व्यवसायी अर्जुन चोखाल बताउँछन्। बजारको चाहना बढेकाले उत्पादन बढाउन पहल भएको हो।

बागलुङसहित छिमेकी जिल्लाका उपभोक्ताले अचेल ताराखोला र ढोरपाटनको आलु खोज्ने गरेका छन्। जैविक भएकाले सबैको रोजाइमा ताराखोलाकै आलु पर्ने गरेका बताइएको छ। ताराखोलाका किसानले रासायनिक मल प्रयोग गर्दैनन्। अर्ग्यानिक आलु भएकाले खान पनि मीठो हुँदा बजारमा सहजै बिक्री हुन्छ।

सबैको चासो र अर्ग्यानिक भएकाले कृषि ज्ञान केन्द्रले ताराखोलामा रैथाने आलु प्रवर्द्धनको काम गरेको हो। आलुमा मिसावट नभएकाले रैथाने आलु प्रवर्द्धन कार्यक्रम बनाइएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले बताए।

‘हामीले अहिलेसम्म ताराखोलाको आलुमा रासायनिक मल सिफारिससम्म गरेका छैनौँ’,उनले भने,‘अर्ग्यानिक आलुकै रुपमा बजार पाउने अवस्था छ।’

पुनका अनुसार ताराखोलामा मात्रै ‘खाएन आलु प्रवर्द्धन कार्यक्रम’ मा १५ समूहसँग सम्झौता गरेर अनुदान तथा आलु प्रवर्द्धनको कार्यक्रम सञ्चालन गरेको उनले बताए। त्यसका लागि न्यूनतम पाँच सय हेक्टर जमिन छनोट भएको छ। रैथाने आलु प्रवर्द्धन गरेर बजारीकरणमा समेत केन्द्रले साथ दिएको छ।

गत वर्ष ताराखोलामा साढे सात लाख किलो आलु फलेको थियो। उक्त आलु पोखरा, बुटवल र बागलुङका बजारमा सहजै बिक्री हुने गरेको छ। ज्ञान केन्द्रले उत्पादनपछि प्रतिकिलो रु दुई किसानलाई अनुदान दिने गरेको छ। कम्पोष्ट मल प्रयोग गर्दा आलुको गुणस्तर निकै राम्रो भएको पुनले बताए।

किसानले आलुबाटै मनग्ये कमाई पनि गरेका छन्। आलुको बजार सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुनले जानकारी दिए। ताराखोलामा आलु भण्डारणको ‘स्टोर’ पनि बनेका छन्। 

स्थानीय स्रोत साधनबाटै बनेका घरमा आलु भण्डारण गरिने वडा नं ४ की गमिला रोकाले बताएका छन्। त्यसबाहेक तारखोलामा बोडी, सिमी, राजमा, च्याउ, कर्कलो, टिमुर, मरिच, सिस्नोको धुलो, जिम्बु, जौ र मार्सी चामल ताराखोलाका उत्पादन हुन्। -रासस
अर्को समाचार
बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन
३० चैत्र २०७८
•
२ मिनेट पाठ
बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन
बागलुङको ताराखोला गाउँपालिका–३ श्यामखर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ। बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच/सात घरमा मात्रै बसोबास छ।




उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाएका ३५ बर्से मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन्। श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ। धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तीर्ण गरेका थापाले विदेशमा अध्यययन गर्ने सपना पूरा नभएपछि काठमाडौंस्थित टोखामा दुई वर्ष कुखुरापालन गरे। विसं २०७२ को भूकम्पपछि काठमाडौंको कुखुरापालन छोडेर उनी बाख्रापालन गर्न गाउँ फर्किएका हुन्। अहिले थापाले घुम्टेहिल पशुपन्छी फार्म मार्फत बाख्रापालन गर्दै छन्। अब उनको कुखुरापालन गर्ने योजना छ।

‘गाउँको बाँझो जग्गा देखेर बाख्रा पाल्ने सोच बनाए’, थापाले भने, ‘गाउँमै केही गर्ने सोच पलायो।’  बसाइँसराइले गाउँ नै उजाडिंदा बारी सबै बाँझो थियो। खेती गर्न धेरै जनशक्ति चाहिने भएपछि बाख्रापालनमा हात हालेको उनको भनाइ छ। अहिले उनी फार्म बिस्तारमा लागेका छन्। अहिले उनको फार्ममा सानाठूला गरेर १२५ बाख्रा र बोका छन्।

थापाले नाफालाई ध्यान नदिई लगानी वृद्धिमा जोड दिएका छन्। उनले तीन वर्षअघि ३५ बाख्राबाट व्यवसाय सुरु गरेका हुन्। गाउँको बाँझो जग्गाको सदुपयोग गर्दै  आयआर्जन बढाउन बाख्रापलनमा लगानी गरेको उनी बताउँछन्। ‘हालसम्म रु ३० लाख लगानी गरिसकेको छु’, उनले भने।

ताराखोला गाउँपालिकाले बाख्रापालनलाई प्रवर्द्धन गर्न रु नौ लाख अनुदान उपलब्ध गराएको थापाले बताए। उनले सो रकमबाट फार्म बिस्तार र बोयर बोका खरिद गरेका छन्। ‘गाउँ उजाडिंदै गयो, सेवासुविधा, अध्ययन र रोजगारीका लागि गाउँ छोड्नेहरू बढे। त्यसैलाई आफूले अवसरका रूपमा लिएर बाख्रापालन गर्ने सोच बनाएर गाउँ फर्के’, थापाले भने।

उनलाई भाइ रिमबहादुरले सहयोग गर्दै छन्। आफ्नै ६० रोपनी र अन्य घर छोडेर गएका चार परिवारको ७० रोपनी जग्गामा थापाले बाख्रा चराउने र घाँस काट्ने गरेका छन्। सामुदायिक वनमा समेत बाख्रा चराउने गरेको थापाले बताए। ‘बजारको समस्या छैन, बाख्रा खरिद गर्न व्यापारी फार्ममै आउने गरेका छन्’, उनले भने। चरन क्षेत्र प्रशस्त भएको श्याम खर्कमा बाख्रापालनको सम्भावना अत्यधिक छ।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस