‘चलचित्रकर्मीको आवाज सुनाउन राजनीतिमा लागेँ’: अभिनेता थापा
१० चैत्र २०८०
•
४ मिनेट पाठ
‘चलचित्रकर्मीको आवाज सुनाउन राजनीतिमा लागेँ’: अभिनेता थापा
तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रुपमा परिचित छन्। उनले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायतका चलचित्र निर्देशन गरेका थिए। तर थापा विगत १८ वर्षदेखि भने यस कर्मबाट टाढा छन्।




विसं २०६२/६३ को जनआन्दोलनमा चलचित्रकर्मीका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका थापाले त्यसपछि नेपाल सांस्कृतिक सङ्घको स्थापना गरे। पछिल्लो समय उनी कलाकारिता छाडेर राजनीतिमा सक्रिय छन्। तर, थापालाई कलाकारितामा फर्किन मन नभएको भने होइन।

‘मैले फाट्टफुट्ट रुपमा अभिनय गरेँ। मैले निर्देशन गरेका चलचित्रले राम्रो प्रतिक्रिया पाए पनि व्यावसायिकरुपमा भने असफल भए। त्यो यात्रामा चलचित्रकर्मीलाई उपेक्षा भइरहेको देखेर सङ्गठित भएर आवाज उठाउनु पर्छ भन्ने लाग्यो। त्यही भएर सांस्कृतिक सङ्घको स्थापना गरेर त्यसको नेतृत्व गरेँ’, अभिनेता थापाले भने।

बाल्यकालदेखि नै राजनीतिमा जोडिनुभएका अभिनेता थापाले जनआन्दोलनमा चलचित्र क्षेत्रको प्रतिनिधित्व गरे। नेपाल सांस्कृतिक सङ्घको स्थापना २०६२ सालमा गरिएको हो। तर यसको गतिविधिको सुरुआत भने २०५४ सालदेखि नै भएको थियो। सोही समयदेखि अभिनेता थापाले लोकतान्त्रिक चलचित्रकर्मीलाई सङ्गठित गर्दैआएका हुन्। यद्यपि सुरुआती समयमा उनलाई कसैको साथ प्राप्त भएन।

‘म आन्दोलनमा एक्लै पुग्थे। स्कुले जीवनदेखि नै अधिकारका लागि आवाज उठाउने भएकाले नेता र राज्यलाई आफ्नो आवाज बलियोरुपमा सुनाउनु पर्छ भनेर यस क्षेत्रको उपस्थिति देखाउँथे। तर, मलाई राजनीति गर्‍यौ भन्ने आरोप पनि लाग्ने गर्थ्याे। विस्तारै ती अधिकारका आवाज हुन् भन्ने बुझेर चलचित्रकर्मी छोडेँ। म बाल्यकालदेखि नै नेपाल विद्यार्थी सङ्घसँग जोडिएकाले पनि लोकतान्त्रिक पार्टीले हाम्रो आवाज सुन्छ भन्ने लागेको हो’, अभिनेता थापाले भने।

अहिलेसम्म थापाले राजनीतिज्ञका रुपमा अवसर पाएको छैन्। चुनाव र प्रचारप्रसारमा मात्र आफूलगायतका कलाकार, संस्कृतिकर्मीको प्रयोग हुने गरेको उनले बुझ्नुभएको छ। आफ्नो क्षेत्रको प्रतिनिधित्व पार्टीमा नभएको उनले आभास गर्न थालेका छन्।

‘पार्टीमा विद्यार्थी, तरुण, किसानलगायत नेतृत्वमा पुगेकाहरू छन्। उनीहरूको प्राथमिकतामा आफ्नै सङ्गठनका व्यक्ति पर्छन्। हाम्रो उपस्थिति नभएर पनि हाम्रो आवाज बलियोसँग सुनिएको छैन’, अभिनेता थापाले भने, ‘म कांग्रेस महासमिति सदस्य भएँ। मैले केन्द्रीय सदस्यका रुपमा चुनाव लड्ने सोच पनि बनाए। तर, कुनै समूहबाट पनि संस्कृतिकर्मीका लागि सोचिएन। हामी चाहिँदा देखाउने र त्यसपछि थन्क्याइने गहना भयौँ।’

विश्वभर चलचित्रको माध्यमबाट पुराना घटनाक्रम वा राष्ट्रवादी व्यक्तिको योगदानलाई नयाँपुस्तासम्म ल्याउने गरिएको छ। विशेषतः भारतमा पछिल्लो समय यस्ता चलचित्र बन्ने गरेका छन्। यद्यपि नेपालमा भने यो क्रम न्यून छ। बनेका चलचित्रले पनि दर्शकको साथ पाएका छैनन्। ऐतिहासिक विषयवस्तुलाई पर्दामा ल्याउँदा उचित अनुसन्धान र गृहकार्य नभई लगानीकर्ताका भरमा ल्याइएको बुझाइ अभिनेता थापाको छ।

‘वीर गणेशमान’र ‘तीन घुम्ती’जस्ता चलचित्रसँग उहाँ सन्तुष्ट हुनुहुन्न। ती चलचित्र निर्माण गर्न पर्याप्त मेहनत नपुगेको उनले बताए। ‘हामीले राष्ट्र निर्माणमा योगदान दिनुभएका व्यक्तिको कथालाई निकै सरल किसिमले ल्याइरहेका छौँ। नयाँपुस्तालाई दर्शक बनाउने गरी मेहनत गरेको देखिएको छैन्। ती चलचित्रहरू निर्माणका लागि मात्र बनेका छन्’, अभिनेता थापाले भने।

अभिनेता थापालाई त्यस्ता चलचित्र निर्माण गर्ने सोच नआएको पनि होइन। तर त्यसमा व्यक्तिगतभन्दा पनि राज्यको लगानी हुनुपर्नेमा उनको जोड छ । ‘निजीस्तरबाट त्यस्ता चलचित्र निर्माण हुँदा व्यावसायिक जोखिम हुन्। त्यसैले त्यसलाई निर्माण गर्न राज्यले सघाउनुपर्छ्। निर्देशकले व्यावसायिक दायित्व बहन नगरी काम गर्ने हो भने हाम्रा पुराना कथालाई ल्याउन सकिन्छ’, उनले भने।

अभिनेता थापा पछिल्लो समय राजनीतिसँगै चलचित्रकर्ममा सक्रियता बढाउने सोचमा छन् । उनले केही विषयलाई छनोट गरेर काम पनि सुरु गरेका छन्। तर, बढ्दो लागत र अपुग तयारीले गृहकार्यमै रहेको बताए।

‘मैले चलचित्र छाडेको दुई दशक हुन लाग्यो। प्राविधिकसँगै दर्शकको सोचमा पनि परिवर्तन आएको छ। बजारलाई अनुसन्धान गरेर मात्र म यस कर्ममा फर्किन्छु। तर, अब चलचित्र निर्माण गर्ने र अभिनय गर्ने इच्छा छ। त्यसतर्फ पनि लाग्छु’, अभिनेता थापाले भने । उनले सांस्कृतिक सङ्घलाई महासङ्घ बनाएका छन्। विधागतरुपमा सहभागिता बढेपछि बनेको महासङ्घमा नेतृत्व गर्ने कि अरुलाई जिम्मा लगाउने भन्ने प्रश्न उनी सामु आइरहन्छ। आफूले १८ वर्षदेखि दिँदैआएको सङ्घको नेतृत्व अब अरुलाई सुम्पिने सोचमा अभिनेता थापा छन्। तर उनले सम्मानजनक अस्तित्वको खोजि गरेका छन्।

‘मैले यतिलामो समय दिँदा सङ्घकै साथीहरूलाई पनि मेरो सम्मानजनकरुपमा पार्टीमा स्थान होस् भन्ने लागेको छ। म पनि त्यही खोजिरहेको छु। आफैँले नेतृत्व गर्ने कि अरुलाई दिने। यसमा साथीहरूसँग छलफल गरिरहेको छु’, अभिनेता थापाले भने।

- रासस
अर्को समाचार
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : आचार्य
२८ फागुन २०८०
•
२ मिनेट पाठ
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : आचार्य
गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारका तर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बने। आदर्श पुरुष र सरल छवि निर्माण गरेका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह गर्छन्।




तर, यसपटक उनले चलचित्र ‘महाजात्रा’ मा राजनीतिज्ञको भूमिका निर्वाह गरेका छन्। सेवा भावभन्दा अनैतिक कार्यलाई प्रश्रय दिने नेताको भूमिका निर्वाह गरेका अभिनेता आचार्यले सकारात्मक र नकारात्मक दुवै भूमिकाले अभिनयलाई पूर्ण बनाउने बताए।

चलचित्र ‘महाजात्रा’ प्रचारप्रसारमा सहभागी भएका आचार्यले षट्कोण आर्ट्समा सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेताका रुपमा आफू एकै किसिमको भूमिकामा समेटिन नचाहेको जानकारी दिए।  

‘म र मैले अभिनय गर्ने पात्र फरक हुन्। सोही कारण मेरो निजी जीवन पात्रमा नआओस् भन्ने चाहन्छु। त्यहीअनुरूप मैले अभिनय गर्ने गरेको छु। यसपटक मैले नेताको भूमिकामार्फत भइरहेको विकृति र त्यसले पारिरहेको असरलाई प्रस्तुत गरेको छु। यसले नकारात्मक पक्षबारे आम दर्शकलाई प्रस्ट्याउँछ’, अभिनेता आचार्यले भने।  

उनले आफूसँग मह सञ्चारमा डेढ दशक अगाडि काम गरेका कारण पनि निर्देशक प्रदीप भट्टराईको कामप्रति विश्वास रहेको बताए। उनले भने, ‘निर्देशक भट्टराई समाजलाई सन्देश र दर्शकलाई मनोरञ्जन दिने कथा तयार गर्नुहुन्छ। सोही कारण पनि म उहाँप्रति विश्वस्त भएर कथा नहुँदा पनि अभिनय गर्न सक्छु। यसपटक पनि मलाई पूर्ण कथाभन्दा पनि चरित्रको बारेमा थाहा थियो।’

अभिनेता आचार्यले ‘महाजात्रा’ कलात्मक र व्यावसायिक दुवै पक्षलाई ध्यान दिएर तयार गरिएको बताए। किनकि उनी सफल हुन कलाको प्रशंसासँगै व्यावसायिक सफलता पनि अनिवार्य हुने विचार राख्छन्। निर्देशक भट्टराईले अभिनेता आचार्यमा रहेका सम्भावना व्यक्तिगत जीवनका कारण समेटिनु हुँदैन भन्नेमा जोड दिए।  

‘अभिनेता आचार्य मेरा गुरु हुनुहुन्छ। उहाँले गर्ने अभिनय र त्यसको क्षमतालाई मैले विगत दुई दशकदेखि देखेको छु। तर, उहाँको छविका कारण उहाँलाई एकै किसिमको भूमिका प्रस्ताव हुने गरेका छन्। त्यो नहोस् भन्ने मेरो चाहना हो’, निर्देशक भट्टराईले भने।

चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, राजाराम पौडेल, प्रकाश घिमिरे, गौमाया गुरुङ, अरविन खड्कालगायतका कलाकारले अभिनय गरेका छन्। दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेको चलचित्र आउँदो चैत ९ देखि नेपालसहित विश्वभर एक साथ प्रदर्शन हुँदै छ।  –रासस
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस