महरासँग आज पनि बयान लिइँदै
०८ चैत्र २०८०
•
१ मिनेट पाठ
महरासँग आज पनि बयान लिइँदै
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ।




यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ।

उक्त कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उहाँसँग बयान शुरु भएको र आज पनि बयान लिइने जानकारी दिए।

उनलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ। अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ।

निजलाई सिआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको  म्याद आज समाप्त हुने भएकाले  बयान र अनुसन्धान नसकिए पुन म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उहाँको नाम जोडिएको छ। त्यसबेला सिआइबीले उहाँसँग बयान कागज गरेर मात्रै छाडेको थियो। यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षमा थुनामा छन्। रासस 
अर्को समाचार
साढे ४ बिघा सरकारी जग्गा भू–माफियाद्वारा व्यक्तिको नाममा दर्ता
०६ फागुन २०८०
•
४ मिनेट पाठ
साढे ४ बिघा सरकारी जग्गा भू–माफियाद्वारा व्यक्तिको नाममा दर्ता
कपिलवस्तुमा साढे ४ बिघा सरकारी जग्गा भू–माफियाद्वारा व्यक्तिको नाममा दर्ता गरिएको खुलेको छ। पर्ती र सार्वजनिक जग्गा भएपनि कपिलवस्तुको बाणगंगा नगरपालिका– ८ (साबिक मोतिपुरर गाविस ४ मा) भू– माफियाले व्यक्तिको नाममा दर्ता गरेको खुलेको हो।




२०३१ सालमा तत्कालीन गाविस सदस्य झोलाई थारुले मोतिपुर ४ क कित्ता नम्बर ११९ को ४ बिघा ७ कठ्ठा ३ धुर सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको मालपोत कार्यालयले जनाएको छ।

तत्कालीन मालपोत र नापी कार्यालयका कर्मचारी र भू–माफियाको मिलेमतोमा उक्त जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। सो कित्ताको जग्गाका विषयमा उजुरी परेपछि भूमि सुधार तथा मालपोत कार्यालयले अध्ययन अनुसन्धान गरेको हो। थारुको नाममा दर्ता गरिएको उक्त जग्गा पर्ती र सार्वजनिक भएको खुलेको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख देबी बहादुर भण्डारीले नागरिक न्यूजलाई बताए।

२०२८ सालको फिल्ड बुकमा समेत सो जग्गा स्पष्ट रूपमा गौचर र सार्वजनिक भनेर उल्लेखित छ। सरकारी जग्गा व्यक्तिले बाँडफाँड गरी हिनामिना गरेको भन्ने गत मङ्सिर २८ गते मालपोत कार्यालयमा देशभक्त नागरिक को नाममा उजुरी परेको थियो। सोही उजुरीको आधारमा जग्गाका विषयमा स्थलगत अध्ययन अनुसन्धान, नापी नक्सा, फिल्ड बुक, स्रेस्ता हेर्दा सो जग्गा पर्ती र गौचर सरकारी जग्गाकारुपमा पुष्टि भएको मालपोत कार्यालयका प्रमुख भन्डारीले बताए।

२०३१ सालमा नक्कली कागज कडा गरी सो जग्गा व्यक्तिको नाममा गरिएको थियो। २०३१ साल र त्यस पछि कर्मचारी र भू माफियाको मिलेमतोका नक्कली कागज खडा गरी व्यक्तिको नाममा सरकारी जग्गा दर्ता गरिएको उनले बताए।

‘२०३१ सालको स्रेस्ता खोज्यौ तर कहीँ पनि फेला पर्न सकेन’, उनले भने। सो कित्ताको जग्गा कित्ता काट हुँदै १ सय ४६ जनाको नाममा नामसारी भएको छ। यस्तै सो कित्ताको जग्गालाई बैक तथा वित्तीय संस्था, सहकारीमा धितो राखी ऋण समेत लिएको अध्ययनबाट भेटिएको  भन्डारीले बताए।

सो जग्गा कुन प्रक्रिया र कसरी ब्यक्तिकोे नाममा गरियो भन्ने कुरा त्यस बेलाको स्रेस्ता नभेटिएकाले आफू भन्न नसकेको भण्डारी बताउँछन। उक्त कित्ताको जग्गा मालपोत कार्यालयको जग्गा धनी स्रेस्ताको सरकारी स्रेस्ता र कार्यालयबाट २०७५ मा तयार गरिएको सरकारी सार्वजनिक जग्गाको विवरण पुस्तिका समेत सो कित्ताको जग्गा सरकारी नै देखिएको छ।

सरकारी मूल्याङ्कन अनुसार पनि सो जग्गाको वर्तमान मूल्य ५० करोड रुपैयाँ बढी रहेको कर्मचारीहरू बताउँछन्। सरकारी जग्गा पुष्टि भएपछि व्यक्तिको नाममा दर्ता भएको उक्त कित्ताको जग्गाक दर्ता बदर गरिएको छ।

सरकारी जग्गा भूमि सुधार तथा मालपोत कार्यालयले गत माघ १० गते सो जग्गा पुनः सरकारी कायम गरेको हो। २०३१ सालमा तत्कालीन गाविस सदस्य झोलाई थारुको नाममा दर्ता गरिएको मोतिपुर ४ क कित्ता नम्बर ११९ को ४ बिघा ७ कठ्ठा ३ धुर सरकारी जग्गा पुनः सरकारी कायम गरिएको हो। सो जग्गा कित्ताकाट हुँदै तहगत रुपमा विभिन्न व्यक्तिको नामा हस्तान्तरण हुँदै आएको थियो।

कार्यालय प्रमुख भण्डारीले व्यक्तिको नाममा दर्ता गरिएको सो निर्णयलाई बदर गर्दै पर्ती र गौचरका रूपमा रहेको सो जग्गा पुनः सरकारी कायम गर्ने निर्णय गरेका हुन्।

मालपोत ऐन २०३४ को दफा ३४ (२) र मुलुकी देवानी संहीता ऐनको परिच्छेद ५ दफा ३०० र ३०५ अनुसार उक्त कित्ताबाट कित्ताकाट भई कायम कित्ता जग्गाको दर्ता बदर गरिएको हो।

२०३१ साल फागुन ११ गतेको निर्णय अनुसार कित्ताकाट गरिएको भनी स्रेस्ताको कैफियत प्रमाणित मात्र भेटिएको छ। त्यस बेला खडा गरिएको कुनै पनि कागजातहरू भने भूमि सुधार तथा मालपोत कार्यालयमा नभेटिएको भन्डारीले बताए। सो कित्ताको जग्गा व्यक्तिको नाममा दर्ताका लागि कागज खडा गर्ने, मालपोत नापीका तत्कालीन कर्मचारी र कित्ताकाटमा संलग्नहरूलाई पहिचान गरी कारबाहीका लागि भूमि व्यवस्था तथा अभिलेख विभाग र नापी विभागमा लेखेर पठाउने समेत निर्णय गरिएको छ।

साबिक ११९ बाट कित्ताकाट हुँदै तहगत रूपमा हक हस्तान्तरण हुँदै कायम भएको थियो। मालपोत कार्यालयको स्रेस्ता र नापी कार्यालयको प्लट रजिस्टरमा कित्ता नम्बर १४५५ को जग्गा धनी पुष्पा थापा र कित्ता नम्बर १४५६ र १४५७ को जग्गा धनी ईश्वर शाही समेत २ जना देखिएको छ। तर नक्सामा कित्ता नम्बर १४५५ को सट्टा कित्ता नम्बर २१५६ र कित्ता नम्बर १४५६ र १४५७ को सट्टा २१५६ र २१५७ स्रेस्ता रहेको कागज भेटिएको छ।

उक्त स्रेस्ता, पुर्जा प्लट रजिस्टर नक्सामा कायम कित्ताहरू र उक्त कित्ता नम्बरबाट दूषित किसिमबाट कित्ताकाट भई नक्सा बनेका हालका सम्पूर्ण कित्ताहरू बदर गरिएको प्रमुख भन्डारीले बताए। सोही जग्गाको विभिन्न कित्ताहरूमा २५ बढी पक्की घरहरू समेत निर्माण गरिएका छन्। सोही कित्ताबाट कित्ताकाट गरी बनेको ९४७ कित्ता नम्बरको ८ धुर जग्गामा नेपाल किशान ट्याक्ट समितिको नाममा रहेको थियो।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले कपिलवस्तुमा धेरै सरकारी जग्गा व्यक्तिको नाममा गएको भन्ने कुरा सुन्नमा आएकाले त्यस्ता जग्गाको समेत अध्ययन अनुसन्धान गर्न आफूले भूमि सुधार तथा मालपोत कार्यालयलाई निर्देशन दिएको बताए।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस