भेरी अस्पताल हाताभित्र भिडियो, फोटो तथा समाचार संकलनमा रोक लगाइएको छ। शुक्रबार एक सूचना प्रकाशन गरी भेरी अस्पतालले यस्ता प्रकृतिका कार्य गर्नु–गराउनुपरेमा कार्यालयका सूचना अधिकारीसँग समन्वय गर्न अनुरोध गरेको छ।
भेरी अस्पतालले प्रेस स्वतन्त्रताविरोधी कार्य गरेको बाँकेका पत्रकारहरुले बताएका छन्। उनीहरुले सामाजिक सञ्जालमा यसको विरोध जनाएका छन् साथै नेपाल पत्रकार महासंघ बाँकेले जी नेपाल टेलिभिजनका पत्रकार अभिषेक गुप्तामाथि भेरी अस्पतालमा भएको दुव्र्यवहार र समाचार संकलनमा अवरोध एवम् अंकुश लगाउने नियतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पत्रकार आचारसंहिताको पालना गर्दै अस्पतालभित्र तोकिएका संवेदनशील क्षेत्रको संवेदनशीलतालाई पत्रकारले सदैव ख्याल गर्दै आएका छन् तर ‘संवेदनशील क्षेत्र’ का नाममा हरेक नागरिकको प्रत्यक्ष पहुँच हुने सार्वजनिक परिसरभित्रै समाचार संकलनमा अंकुश लगाएर नागरिकको सुसूचित हुन पाउने अधिकार कुण्ठित गर्न खोजिएको महासंघको ठहर छ।
’जनसरोकारसँग सम्बन्धित विषयमा सहज रुपमा काम गर्ने वातावरण बनाउनुको साटो सुरक्षा गार्ड लगाएर अस्पताल प्रशासनबाट समाचार संकलनमा वाधा उत्पन्न गर्ने कार्य हुनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’, बाँके शाखा सचिव कमल डाँगीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ।