मुक्तिनाथ दर्शन गर्न गएका भारतीय पर्यटकको लेक लागेर मृत्यु
२१ फागुन २०८०
•
२ मिनेट पाठ
मुक्तिनाथ दर्शन गर्न गएका भारतीय पर्यटकको लेक लागेर मृत्यु
मुक्तिनाथ मन्दिर
मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका एकजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ।  




सोमबार बिहान साढे ९ बजेतिर वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका पटेल लेक लागेर बिरामी परेका थिए। उपचारका लागि जिल्ला सदरमुकाम जोमसोम स्थित अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले जानकारी दिए।  

४० जनाको समूहमा गएका पटेललाई बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पतालमा जोमसोम ल्याएकोमा १० बजे मृत्यु भएको पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार मन्दिर दर्शन गर्न गएका पटेल एकाएक बिरामी परेका थिए।  

‘लेक लागेर बिरामी परेपछि उनलाई उपचारका लागि सदरमुकाम जोमसोम ल्याइएको हो। तर, अस्पताल ल्याउना साथ मृत्यु भयो,’ डिएसपी पाण्डेले भने। उनका अनुसार भारतीय तीर्थयात्रीको त्यो समूह हिजो बेलुकी मुस्ताङको मार्फामा बास बसेको थियो। सोमबार बिहानै मुक्तिनाथ दर्शन गर्न मन्दिर पुगेको बेला एकाएक पटेल बिरामी परेको उनले बताए।  

‘मन्दिर परिसरमा एकाएक ढलेछन। त्यसपछि त्यही नै प्राथमिक उपचार गरिएको थियो। प्राथमिकपछि थप उपचारका लागि जिल्ला अस्पतालमा ल्याएकोमा ज्यान गयो,’ उनले भने। 

यो आर्थिक वर्षमा मात्र लेक लागेर मुस्ताङको मुक्तिनाथ क्षेत्रमा अरु पाँचजना पर्यटकको पनि ज्यान गईसकेको छ। ती मध्ये ३ जना भारतीय, एकजना युक्रेन र एकजना जना नेपाली पर्यटकको ज्यान गएको छ।  
‘कम उचाईमा बसेका पर्यटकलाई एकाएक उच्च हिमाली भेगमा पुग्दा लेक लाग्ने र सासै फेर्न सकस पर्छ। छोटो समयमा उच्च भेगमा पुग्दा लेक लाग्ने जोखिम हुन्छ,’ उनले भने, ‘मन्दिर दर्शन गर्न आएका धार्मिक तीर्थयात्री एकाएक उच्च भेगमा उक्लिँदा लेक लाग्ने जोखिम हुन्छ।’ पदयात्रामा गएका पर्यटक बिस्तारै हिड्ने र पर्याप्त समय लगाएर उच्च भेगसम्म उक्लिने हुँदा कम जोखिम हुने गरेको उनले बताए। ‘गाडीमा  गएका पर्यटक छोटो समयमा उच्च भेगमा पुग्दा लेक लाग्ने जोखिम छ,’ उनले भने।  

उनका अनुसार मुक्तिनाथ मन्दिर परिसरमा हेल्थ डेस्क छ। त्यसपछि तीनकिलोमिटर तल झारकोट स्वास्थ्यचौकी, नौ किलोमिटरको दूरीमा कागबेनी स्वास्थ्यचौकी र १९ किलोमिटरको दूरीमा जिल्ला अस्पताल छ। मन्दिर परिसरको हेल्थडेस्कका बिरामीलाई आवश्यक परे अक्सिजन दिन पनि मिल्छ, बेडमै राखेर उपचार गर्न पनि मिल्छ।
अर्को समाचार
मुस्ताङमा एक वर्षभित्र ११ पर्यटकको लेक लागेर मृत्यु, कात्तिकमा सबैभन्दा धेरै
०९ चैत्र २०८१
•
१ मिनेट पाठ
मुस्ताङमा एक वर्षभित्र ११ पर्यटकको लेक लागेर मृत्यु, कात्तिकमा सबैभन्दा धेरै
हिमाली जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा लेक लागेर ११ पर्यटकको ज्यान गएको छ। २०८१ वैशाखदेखि अहिलेसम्म नौ विदेशी र दुई नेपाली पर्यटकले लेकका कारण ज्यान गुमाएका हुन्।




जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल अधिकारीका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटकको मृत्यु मुक्तिनाथ मन्दिर दर्शन र मुस्ताङ भ्रमणका क्रममा भएको छ। उनका अनुसार मुक्तिनाथ दर्शन र भ्रमणका लागि मुस्ताङ आएकामध्ये पाँच जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ–४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर ज्यान गएको छ। मृत्यु हुनेमा ५८ देखि ८१ वर्ष उमेर समूहका पर्यटक छन्।

प्रहरीको तथ्याङ्कअनुसार २०८१ वैशाखमा दुई, जेठमा एक, असोजमा दुई, कात्तिकमा पाँच र पुसमा एक पर्यटकको लेक लागेर मृत्यु भएको छ। अधिकारीले भने, ‘मृत्यु हुनेमा ६३ वर्षीय अमेरिकी नागरिक पनि छन्।’

यसअघि २०८० मा १७ जनाको लेक लागेर ज्यान गएको थियो। तीमध्ये ११ विदेशी र ६ नेपाली थिए। जिल्ला प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, स्थानीय तह र प्रदेश अस्पतालजस्ता सरोकारवाला निकायले लेक लाग्ने समस्या र यसको समाधानबारे चेतनामूलक कार्यक्रम, प्रचारप्रसार र पर्चा वितरण अभियान चलाउँदै आएका छन्। प्रदेश स्वास्थ्य कार्यालय, घरपझोङ र थासाङ गाउँपालिकाले पनि वाल पेन्टिङ र भित्ते लेखनमार्फत पर्यटकलाई सचेत गराइरहेका छन्।

जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज भुवन क्षेत्रीको बुझाइ छ। ‘बेँसीको समथर ठाउँबाट उच्च हिमाली क्षेत्रमा हतारमा विश्राम नगरी यात्रा गर्दा पर्यटकलाई लेक लाग्छ।’ उनले थपे, ‘विशेषगरी समुद्री सतहबाट तीन हजार आठ सय मिटर उचाइमा पुग्दा यो समस्या सुरु हुन्छ। ज्येष्ठ नागरिक, शारीरिक रूपमा कमजोर र दीर्घरोगको औषधि खाने पर्यटकलाई यो जोखिम बढी देखिएको छ।’
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस