बढ्दो सहरीकरणसँगै काँठ क्षेत्रका बासिन्दाको जीवनशैली पनि फेरिएको छ। समयले ल्याएको गाउँ र सहरबीच यो द्वन्द्वले कतै सकारात्मक छाप छाडेको छ त कतै असहजता पनि देखाएको छ। यसको पछिल्लो उदाहरण हो, कागेश्वरी मनोहरा–६ का विदुर लामिछाने। मूलपानीका रैथाने उनले ६५ हजारमा गाई बेचेर ३५ हजारमा कुकुर किनेको खबरले काँठ क्षेत्रको पछिल्लो परिवर्तन प्रस्ट्याएको छ।
‘गाईको गोबर अब घरभित्र र बाहिर सबैतिर गन्हाउने हुन थाल्यो,’ उनले व्यंग्यात्मक शैलीमा भने, ‘त्यसैले दुध दिने गाई बेचेर भुक्ने कुकुर किनेर ल्याएँ।’
तर बढ्दो सहरीकरणसँगै बिस्तारै गाउँमा सहर पस्न थालेको उनले सुनाए। ‘मैले त्यो सहरीकरण छल्ने भरमग्दुर प्रयास गरें,’ उनी भन्छन्, ‘तर अन्ततः मैले गाई बेच्नुपर्यो।’
सहरबजारदेखि बाहिरको गाउँ–बस्ती अर्थात् कछाड क्षेत्रलाई काँठ क्षेत्रका रूपमा चिन्ने गरिन्छ। कुनै समय असन इन्द्रचोक मुख्य बजार हुँदा बागबजार पनि काँठ क्षेत्र रहने गरेको बताइन्छ। सहर सर्दै जाँदा काँठ क्षेत्र फैलिँदै जान्छ। काँठको रहनसहन केही सहरिया जीवनशैलीजस्तो देखिन्छ त केही गाउँले जीवनशैली। त्यसैले काँठ क्षेत्रमा ठेकी पनि भेटिन्छ, फ्रिज पनि पाइन्छ।
‘अब काँठ क्षेत्रका ठेकीमा मोही पाइन्न,’ गोठाटारका विकास पुडासैनीले भने, ‘बरु यहाँका फ्रिजमा कोक, फ्यान्टा भेटिन्छन्।’
मकैभटमास र मोहीको स्वाद अझै नबिर्सेका उनी अहिले गाउँमै बर्गर सेन्टर खुल्न थालेको सुनाउँछन्।
काँठका गोठ ‘ग्यारेज’मा परिणत भएको उनले बताए। ‘अस्ति जस्तो लाग्थ्यो, गाउँमा नयाँ भैंसी ल्याउँदा सिंगो गाउँ हेर्न आउँथ्यो,’ मीनप्रसाद सिम्खडा थप्छन्, ‘अहिले ल्यान्डक्रुजर किनेर ल्याए पनि कसैलाई वास्ता हुँदैन।’
काँठका मानिस उच्च शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सवालमा सहरप्रति निर्भर थिए। पहिला पहिला त कतिपय सहरमै डेरा लिएर बसेका पनि थिए। ‘बाटाको अभावमा ११ किलोमिटरको दुरीमा पनि डेरा लिएर बसेका थियौं,’ थलीका मीनप्रसाद थप्छन्, ‘अहिले बसमा गए एक घण्टा, आफ्नै सवारीमा गए आधा घन्टामा पुगिन्छ।’
काँठ क्षेत्र सहरमा बदलिएको र राम्रा कुरा नबदलिए झनै राम्रो हुने कतिपयको बुझाइ छ। ‘बदलिनुपर्ने कतिपय कुरा अझै बाँकी छन्,’ विदुर लामिछाने थप्छन्, ‘तर बदलिनुनपर्ने चिज पनि बदलिन थालेपछि काँठ क्षेत्रमा समस्या देखिन थालेको छ।’
काँठ क्षेत्रको विनम्रता, आत्मीयता र मिहिनेत कायमै रहे यो क्षेत्र झनै समृद्ध हुने समाजशास्त्रका जानकार लामिछाने बताउँछन्।

यसो गर्न उनलाई कसैले बाध्य पारेको नभए पनि समाजको मनोविज्ञानले बाध्य बनाएको उनले सुनाए। ‘गाई पाल्ने मेरो रहर अझै मरेको छैन,’ उनले भने, ‘तर मैले यसलाई निरन्तरता दिन सकिनँ।’५९ वर्षीय लामिछानेले आठ वर्षको उमेरदेखि नै गाईको दूध बेचेको सुनाए। ‘गाईको दुधबाट हुने आम्दानी हाम्रो शिक्षाको आधार थियो,’ समाजशास्त्रमा स्नातकोत्तर लामिछानेले भने, ‘काँठ क्षेत्रका अधिकांश घरको जीवनशैली गाई पालन थियो।’
तर बढ्दो सहरीकरणसँगै बिस्तारै गाउँमा सहर पस्न थालेको उनले सुनाए। ‘मैले त्यो सहरीकरण छल्ने भरमग्दुर प्रयास गरें,’ उनी भन्छन्, ‘तर अन्ततः मैले गाई बेच्नुपर्यो।’
सहरबजारदेखि बाहिरको गाउँ–बस्ती अर्थात् कछाड क्षेत्रलाई काँठ क्षेत्रका रूपमा चिन्ने गरिन्छ। कुनै समय असन इन्द्रचोक मुख्य बजार हुँदा बागबजार पनि काँठ क्षेत्र रहने गरेको बताइन्छ। सहर सर्दै जाँदा काँठ क्षेत्र फैलिँदै जान्छ। काँठको रहनसहन केही सहरिया जीवनशैलीजस्तो देखिन्छ त केही गाउँले जीवनशैली। त्यसैले काँठ क्षेत्रमा ठेकी पनि भेटिन्छ, फ्रिज पनि पाइन्छ।
‘अब काँठ क्षेत्रका ठेकीमा मोही पाइन्न,’ गोठाटारका विकास पुडासैनीले भने, ‘बरु यहाँका फ्रिजमा कोक, फ्यान्टा भेटिन्छन्।’
मकैभटमास र मोहीको स्वाद अझै नबिर्सेका उनी अहिले गाउँमै बर्गर सेन्टर खुल्न थालेको सुनाउँछन्।
सामान्य बोलीचालीको भाषामा काँठ भनेको सहर पनि होइन र गाउँ पनि। काठमाडौं उपत्यकाको कुरो गर्दा यहाँको चक्रपथभन्दा बाहिरको ग्रामीण क्षेत्रलाई काँठ भनिन्छ। तर समयसँगै काँठ क्षेत्र ठेलिँदै गएको छ। ‘मूलपानी, गोठाटारजस्ता पुराना काँठ अब नयाँ सहर देखिन थालेका छन्,’ विनम्र घिमिरे भन्छन्, ‘अलि भित्रका गाउँ नयाँ काँठ क्षेत्र देखिन थालेका छन्।’बढ्दो सहरीकरणका कारण काँठे जनजीवनमा आत्मीयता, आफ्नोपन पनि हराउँदै गएको छ। एकले अर्कालाई गर्ने सहयोगमा कमी आउन थालेको छ। नुन र आगो पैंचो चल्ने समाजमा अहिले आडम्बर पलाउन थालेको छ। ‘पहिला पैंचो माग्नु जीवनशैली थियो,’ थलीका मीनप्रसाद सिम्खडा भन्छन्, ‘अहिले सर्वसाधारण सम्पत्ति ‘सो’ गर्न लालायित देखिन्छन्।’
काँठका गोठ ‘ग्यारेज’मा परिणत भएको उनले बताए। ‘अस्ति जस्तो लाग्थ्यो, गाउँमा नयाँ भैंसी ल्याउँदा सिंगो गाउँ हेर्न आउँथ्यो,’ मीनप्रसाद सिम्खडा थप्छन्, ‘अहिले ल्यान्डक्रुजर किनेर ल्याए पनि कसैलाई वास्ता हुँदैन।’
तीन दशकअघिसम्म चक्रपथभित्रको स्थानलाई काँठका मानिसहरू सहर भन्ने गर्थे। त्यसैले अहिले पनि गोठाटार, मूलपानी, थलीलगायत ठाउँबाट चाबहिल, मैतीदेवी, डिल्लीबजार या रत्नपार्क जानुपर्यो भने ‘सहर’ जान लागेको भन्छन्। तर पछिल्लो पिँढीका लागि यो शब्द नयाँ लाग्न थालेको छ।‘सहर जानेभन्दा नयाँ मानिस अचम्म मान्छन्,’ गोलढुंगाका प्रदीप ढुंगाना भन्छन्, ‘किनकि अहिले हाम्रो गाउ नै सहर भएको छ।’