सन्धिखर्क नगरपालिका ११ का ९१ वर्षीय धन बहादुर कुँवरले धेरै वर्षमा उज्यालो संसार देखे। केही वर्ष पहिलेदेखि उनको आँखामा मोतिया बिन्दु भएको थियो। यसै त उमेरले नेटो काटेका धन बहादुरलाई अब यी आँखाले देख्न पाउँछु भन्ने कल्पना पनि थिएन।
दिगो विकास केन्द्रले आयोजना गरेको निःशुल्क मोतिया बिन्दु शिविरमा गएर शल्यक्रिया गराएपछि उनले आँखाले देख्न थालेका छन्। बुटवल र काठमाडौँ पुग्नुपर्ने बाध्यताका बिच जिल्लामै सेवा लिएर आँखाले संसार देख्ने भएपछि धन बहादुर मख्ख छन्। ‘धेरै खुसी छु बाबु, खुसी छु’ उनले भने।
मालारानी गाउँपालिका वडा नम्बर ६ निवासी राम बहादुर थापा विगत दुई वर्षदेखि एउटा आँखाले मात्र देख्न सक्थे। उमेरले ७५ वर्ष पुगेका थापाको एउटा आँखामा मोतिया बिन्दु भएपछि देब्रे आँखाले धमिलो मात्र देख्थे। शिविर लागेको थाहा पाएपछि उनी सदरमुकाम सन्धिखर्कमा रहेको जिल्ला आँखा उपचार केन्द्र झरे। त्यहाँ उनले निःशुल्क नै शल्यक्रिया गरेपछि उनी दुवै आँखाले प्रष्ट देख्ने भएका छन्।
प्युठानको झिमरुक गाउँपालिकाकी ६७ वर्षीय खुमकला पुनले धेरै वर्षपछि बाहिरी संसार देख्न पाएपछि खुसी छिन्। बिना कुनै रकम तिरेर आँखाको शल्यक्रिया गराएकी पुनले निःशुल्क शल्यक्रिया हुन लागेको थाहा पाएपछि सन्धिखर्क आएकी थिइन्। उनले अहिले दुवै आँखाले देख्न थालेपछि प्रसन्न मुद्रामा छिन्। ‘मैले फेरी देख्न सक्छु भन्ने नै लागेको थिएन,‘उनले भनिन्,‘सबै छक्क देख्ने भएँ, खुसी छु।’
दिगो विकास केन्द्र अर्घाखाँचीले मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया शिविर चलाएपछि धेरैको संसार उज्यालो भएको छ। दुई दिने शिविरबाट ९५ जना लाभान्वित भएका छन्। ग्लोबल फाउन्डेशन अष्ट्रेलियाको आर्थिक सहयोग तथा जिल्ला आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा दिगो विकास केन्द्रले निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो। शिविरमा ९५ जना बिरामीको आँखा शल्यक्रिया गरिएको छ।
जिल्ला भित्र तथा बाहिर गरी ग्रामीण भेगका करिब ५ सय जना बिरामीले आँखा जाँच गराएको जिल्ला आँखा उपचार केन्द्रका प्रमुख सागर घिमिरेले बताए। ‘हामीले दुई दिनमा ४८३ जनाको आँखा परीक्षण गर्यौँ,‘उनले भने,‘९५ जनाको शल्यक्रिया मार्फत उपचार गरेका छौँ।’ शिविरको पहिलो दिन ४३ जना र दोस्रो दिन ५२ जनाको शल्यक्रिया गरिएको उनको भनाई छ।
पछिल्लो तिन वर्षमा ३ सय जनाको निःशुल्क रुपमै आँखा शल्यक्रिया गरिएको दिगो विकास केन्द्रका अध्यक्ष डा. जय बहादुर टण्डनले बताए। आर्थिक अभाव कारण कसैले पनि दृष्टि गुमाउन नपरोस् भन्ने उद्देश्यले मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गरिएको उनको भनाइ छ। ‘ग्रामीण भेगमा आँखा रोगको समस्या बढ्दै गएको छ,‘उनले भने,‘ आँखा स्वास्थ्यको बारेमा ज्ञान हुनु, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी लगायतका कारण मोतिया बिन्दुको समस्या धेरैमा देखिएको छ।’ आँखाका बिरामीको ख्याल गर्ने आफूहरूको लक्ष्य रहेको उनको भनाई छ।
दिगो विकास केन्द्रले जिल्लाका ग्रामीण क्षेत्रमा आँखा परीक्षण, शल्यक्रिया, औषधी वितरण, चस्मा वितरण, दाँत परीक्षण लगायतका स्वास्थ्य सेवा निःशुल्क रुपमै प्रदान गर्दै आएको छ। हालसम्म जिल्लामा विभिन्न शिविरको आयोजना गरेर १ हजार ७ सय जनालाई सेवा दिएको संस्थाले जनाएको छ।