नेपाल दुग्ध विकास संस्थानबाट भुक्तानी नपाएका कृषकहरूले बिहीबार भक्तपुरमा भैँसीसहित सडकमा आएर विरोध गरेका छन्।
देशभरका कृषकहरूको भुक्तानी रोकेको भन्दै किसानहरूले दूध दिने भैँसी सडकमा ल्याई नाराजुलुशका साथ विरोध गरेका हुन्। उनीहरुले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीमा प्रदर्शन गरेका हुन्।
घरमा नुन किने पैसा छैन, डिडिसिले ४ अर्बबाट ६ अर्ब उधारो पुर्याएको भन्दै कृषकहरूले भक्तपुरको जगातीको च्याम्हासिंह जाने चोक सडकमा आएर सरकारको ध्यानाकर्षण गराएका हुन्। किसानलाई सत्तामा पुग्नु छैन, दूधको भुक्तानी चाहिएको छ भन्दै आन्दोलनमा आएका कृषकहरूले सिंहदरबार खाली गर, भैँसी पाल्न आउँदै छौँ नारा लगाएका थिए। विदेशबाट दूधजन्य पदार्थ खरिद नगर्न चेतावनी पनि उनीहरुले दिए।
फाल्गुण २१ गते देशभर निर्णायक आन्दोलन गर्ने चेतावनी दिँदै अभियन्ता प्रेमनारायण अधिकारीले किसानलाई आफ्नो समस्या लिएर सडकमा आउन बाध्य पारेको बताए। किसानका समस्या समाधान छिट्टै गरिदिन उनले आग्रह गरे। राष्ट्रिय किसान समूह महासंघका सदस्य कृषकहरूको समूहमा एमालेबाट बागमती प्रदेशका सांसद सरस्वती बाटीलगायतका एमाले नेता कार्यकर्ताहरू सहभागी थिए।
सरकारी स्वामित्वको दुग्ध वितरण आयोजनाले ४ महिनादेखि दूधको मूल्य भुक्तान नगर्दा किसान समस्यामा परेका छन् । प्रशोधित परिकार बिक्री नभएको भन्दै विराटनगरस्थित आयोजनाले गत माघदेखि किसानको दूधको मूल्य दिएको छैन ।
बिहानदेखि रातिसम्म गाईलाई खोलेकुँडो र स्याहार गरी दूध उत्पादन गर्ने किसान आयोजनाले मूल्य नदिँदा हातमुख जोर्नै समस्या हुन थालेको गुनासो गर्दैछन् । कोरोना महामारीका कारण अन्य कृषि उत्पादनको बजारसमेत नपाएका किसान मुख्य आम्दानीका रूपमा रहेको दूधको समेत पैसा नपाएपछि चिन्तित भएका हुन् । यहाँका किसानले दिनहुँ १ देखि बीसौं लिटर दूध स्थानीय सहकारी र संकलन केन्द्रमार्फत् सरकारी स्वामित्वको आयोजनालाई बेच्छन् । आयोजनाले जिल्लाका हजारौं किसानको फागुन, चैत, वैशाख र जेठमा बेचेको दूधको मूल्य भुक्तान गर्न बाँकी छ ।
सूर्याेदय नगरपालिका–१० भालुखोपका दूध उत्पादक किसान कुमार रेग्मीले लामो समयदेखि भुक्तानी नपाउँदा किसानलाई खान–लाउनै धौधौ हुन थालिसकेको बताए । ‘दूध बेचेरै बिहान–बेलुकाको छाक टार्ने किसानलाई ४ महिनादेखि पैसा नपाउँदा के लाउँ, के खाउँ हुन थालेको छ,’ उनले भने, ‘हामीले पटक–पटक माग गर्दा पनि दूधको भुक्तानी पाउन सकेका छैनौं ।’ कुमारले आफ्नो गाई फार्ममा दूध उत्पादन गर्नुका साथै स्थानीय किसानबाटसमेत संकलन गरी आयोजनालाई बिक्री गर्छन् । ‘मैले मात्रै पनि दैनिक ७ देखि ९ सय लिटरसम्म दूध आयोजनालाई बेचिरहेको छु,’ उनले भने, ‘एकै किसानले आयेजनाबाट हजारौं रुपैयाँ भुक्तानी लिन बाँकी छ ।’
आयोजनाले यसअघि प्रत्येक ३ देखि ४ सातामा दूधको मूल्य भुक्तान गरिरहेको थियो । तर, अहिले लामो समययता किसानलाई उत्पादनको मूल्य नदिनु सरकारी आयोजनाको गैरजिम्मेवारी भएको राष्ट्रिय कृषक महासंघले बताएको छ । महासंघ जिल्ला अध्यक्ष विष्णुप्रसाद दुलालले दूध बेचेरै छाक टार्ने किसानको समस्या सरकारी आयोजनाले नबुझेको बताए । ‘दूध बेचेर परिवार पाल्ने किसानलाई खान–लाउनै अभाव हुनेगरी समस्यामा पारिएको छ,’ उनले भने, ‘आयोजनाले विभिन्न बहानामा किसानको पसिनामा मनखुसी गर्न पाउँदैन, तत्काल किसानको दूधको मूल्य भुक्तान गरोस् ।’ महासंघले विज्ञप्ति नै जारी गरी दूधको मूल्य भुक्तान गर्न माग गरेको छ । आयोजनालाई दूध बेच्ने जिल्लाका सबै क्षेत्रका किसानले भुक्तानी पाउन नसकेको महासंघले जनाएको छ ।
संकलित दूध र यसको परिकार कोरोना महामारीका कारण बिक्री नहुँदा भुक्तानीमा समस्या भएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख गणेश यादवले संकलित दूध विक्री गर्न नसक्दा भुक्तानी गर्न नसकेको बताए । ‘अहिले दिनमा २६ हजार लिटर हाराहारी दूध संकलन भइरहेकामा विक्री ६ हजार लिटरमात्र छ,’ उनले भने, ‘ठूलो परिमाणको दूध बिक्री नै नभएकाले किसानलाई भुक्तानी दिन नसकिएको हो ।’
यादवका अनुसार विराटनगरमा संकलन भएकोमध्ये दैनिक २ हजारदेखि ३ हजार लिटर दूध नै बिक्री भइरहेको छ । १ हजार लिटर हाराहारी दही र बाँकी पाउडर बिक्री हुन्छ । तर, दूध र दही बिक्री नभएपछि पाउडर उत्पादन गर्नुपरेको आयोजनाले जनाएको छ । ‘अहिले २ सय ४८ मेट्रिक टन पाउडर विक्री नभएर स्टक छ,’ प्रमुख यादवले भने, ‘देशभित्रमात्र होइन, भारतमा समेत पाउडर बिक्री गर्ने प्रयास गरियो तर सफल भएन ।’
आयोजनामा दिनहुँ संकलन भइरहेको करिब २६ हजार लिटर दूधमध्ये २० हजार लिटर इलामबाटै जान्छ । जिल्लाका ७ स्थानमा रहेका दुग्ध चिस्यान केन्द्रमा सहकारीमार्फत् संकलित दूध विराटनगर पुर्याइन्छ । आयोजनाले प्रतिलिटर ४५ रुपैयाँसम्ममा दूध खरिद गरिरहेको छ । इलामबाट झापा, मोरङ र सुनसरीका निजी दुग्ध प्रशोधन केन्द्रमा समेत दिनहुँ हजारौं लिटर दूध जान्छ । निजीमा भने अहिले मूल्य भुक्तानीको समस्या नरहेको किसानले जनाए ।
इलामस्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा १ लाख २५ हजार १ सय ८२ मेट्रिक टन दूध उत्पादन भएको छ । गाईको दूध १ लाख १३ हजार ५ सय ७६, भैंसीको ११ हजार ६ सय ४ तथा चौंरीको २ मेट्रिक टन दूध उत्पादन भएको केन्द्रको तथ्यांक छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...