निजगढ नगरपालिकाको निजगढ बजारमा भएको ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा फलाम वेल्डिङ गर्ने पसलका संचालक रेशम मगर रहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दाधीराम न्यौपानेले बताएका छन्।
दिउँसो १: ३० बजे तिर फलाम वेल्डिङ गर्दै गर्दा विस्फोट भएको र घटनाको बारेमा थप कुरा बुझ्ने काम भइरहेको उनले बताए। घाइतेहरूको निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ।
घाइते हुनेमा निजगढ-५ का सूर्य बहादुर थापा, भारत बिहार गवाही बस्ने राकेश जैसवाल, बिहारकै रामगढ्वा बस्ने अरबिन्द साह, स्थान खुल्न नसकेको रितु रजत रहेको बारा प्रहरी प्रवक्ता न्यौपानेले बताए।