जाजरकोट भूकम्प : रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण
१२ फागुन २०८०
•
१ मिनेट पाठ
जाजरकोट भूकम्प : रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माण जारी छ। चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ।




सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए। जिल्लाभर सात हजार तीन हजार नौ सय १२ अस्थायी आवास निर्माणको चरणमा छन्। जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार नौ सय ६२ मध्ये अझै तीन हजार नौ सय २८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेको सहायक प्रजिअ बढुवालले बताए।

हालसम्मम सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा आठ हजार नौ सय ३३ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा सात सय आठ अस्थायी आवास निर्माण गरिएको छ।

चौरजहारी नगरपालिकामा ६ हजार एक सय ९४, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१, त्रिवेणी गाउँपालिकामा तीन हजार चार सय ९४ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका दुई हजार नौ सय ९३ अस्थायी आवास निर्माण गरिएको सहायक प्रजिअ बढुवालले जानकारी दिए।

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार नौ सय ६२ लाभग्राहीका लागि स्थानीय विपद न्यूनीकरण कोषमा २५ हजारका दरले ७९ करोड ९० लाख पठाएको छ। स्थानीय विपद् कोषबाट भने ३०  हजार दुई सय ३१ लाभग्राहीले २५ हजारका दरले ७५ करोड ७५ हजार रकम प्राप्त गरेका छन्।

अब जिल्लामा पहिचान भएका एक हजार सात सय ३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ। –रासस
अर्को समाचार
सरकार सत्ताको खालमा, पीडित अझै पालमा
०३ फागुन २०८०
•
४ मिनेट पाठ
सरकार सत्ताको खालमा, पीडित अझै पालमा
भूकम्पप्रभावित जिल्लामा सरकारले अस्थायी आवास बनाउन समय र स्रोत खर्चिए पनि पीडितले अझै आवास पाउन सकेका छैनन्। सरकारले स्थानीय तहमार्फत अस्थायी आवास निर्माण अगाडि बढाएको छ ।




तर भूकमपको चार महिना पुग्दा पनि अझै १५ हजार जति अस्थायी आवास बन्न बाँकी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। हालसम्म ४२ हजार ९९८ वटा अस्थायी आवास बनेका छन्।  

जाजरकोट केन्द्रबिन्दु भएर गत कात्तिकमा गएको भूकम्पबाट प्रभावितका लागि अस्थायी आवास बनाउन सरकारले सम्बन्धित स्थानीय तहहरूलाई थप दुई अर्ब रुपैयाँ पठाउन लागेको छ। अर्थ मन्त्रालयले उक्त रकम सोमबार निकासा गरेको हो। यो प्राधिकरण, जिल्ला दैवी प्रकोप कोष हुँदै पालिकामा जान्छ। अस्थायी आवास निर्माणका लागि रकम अपुग भएपछि अर्थ मन्त्रालयले थप निकासा दिएको हो।

निकासा भएको थप दुई अर्ब रुपैयाँ आवश्यकताका आधारमा पालिकाहरूले खर्च गर्ने प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले बताए। ‘करिब ४३ हजार अस्थायी आवास बनिसकेका छन्। अब १५ हजार बनाउन थप भएको दुई अर्ब रुपैयाँले पुग्ने आशा हामीले गरेका छौं,’ उनले भने। प्रभावित जिल्लाबाट हुने मागका आधारमा योजना बनाएर रकम तत्काल पठाइने उनले बताए।

आर्थिक स्रोत र जनशक्ति अभावले अस्थायी आवास निर्माणसँगै पुननिर्माण र पुनस्र्थापना जटिल बन्दै गएको छ। संघीय सरकारले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र अस्थायी आवास बनाउन १० अर्ब रुपैयाँ दिने नीतिगत निर्णय पहिला नै गरेको हो। गत कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

तर समयमै रकम नदिँदा अस्थायी आवास निर्माणदेखि पुनर्निर्माण र पीडितको पुनस्र्थापनामा विलम्ब भएको छ। संसद् विकास कोषको आठ अर्ब र सरकारले दुई अर्ब थप गरी १० अर्ब भूकम्पप्रभावित क्षेत्रमा खर्चिने निर्णय सरकारले गरेको थियो।

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २८ करोड रुपैयाँ जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कोषमा जम्मा भएको रकम पनि स्थानान्तरणका लागि कानुनी र प्रक्रियागत झन्झटले भूकम्पप्रभावितको पुनर्वास, पुनस्र्थापना र पुनर्निर्माणमा परिचालन गर्न सकिएको छैन।

‘कोषको पैसा सजिलै स्थानान्तरण गर्न जटिलता छ। त्यसका लागि नियमावली संशोधन गृहकार्य भैइरहेको छ,’ पोखरेलले भने। जाजरकोट, रूकुम पश्चिम, सल्यान, बझाङ र बाजुरा जिल्लामा गरी ६२ हजार ९५ जना लाभग्राही कायम भएको प्राधिकरणले जनाएको छ। अस्थायी आवास बनाउन सरकारले पहिलो र दोस्रो किस्तामा गरी ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ।

यसअघि सरकारले लाभग्राहीका लागि दुई अर्ब २६ करोड रुपैयाँ जिल्लास्थित विपत् व्यवस्थापन कोषमा पठाएको थियो। कोषबाट स्थानीय तहमा एक अर्ब ९५ करोड ११ लाख रुपैयाँ निकासा भएको छ। स्थानीय तहले पहिलो किस्ताबापत ६२ हजार ९५ जना लाभग्राहीलाई एक अर्ब ५५ करोड २३ लाख, ७५ हजार रुपैयाँ निकासा दिएका छन्। आवास बनाउन सम्झौता गरिसकेकालाई ३० करोड ८९ लाख रूपैयाँ स्थानीय तहले वितरण गर्न बाँकी छ।

गत कात्तिक १७ गत जाजरकोटको रामीडाँडा केन्द्र भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रूकुम पश्चिममा गरी एक सय ५४ जनाको ज्यान गएको थियो। प्राधिकरणको तथ्यांकअनुसार जाजरकोटमा ३१ हजार ८३०, रूकुम पश्चिममा २७ हजार २३९, सल्यानमा ५८०, बझाङमा एक हजार ३६४ र बाजुरामा एक हजार ८२ जना लाभग्राही कायम भएका छन्।

जाजरकोटमा १८ हजार ८५९, रूकुम पश्चिममा २३ हजार ७७३, सल्यानमा ७१, बझाङमा १३० र बाजुरामा १६५ अस्थायी आवास बनिसकेका छन्। त्यस्तै रूकुम पश्चिममा ५ हजार १६८, बझाङमा १ हजार ५६२, बाजुरामा २०१ गरी ६ हजार ९३१ वटा अस्थायी आवास निर्माणाधीन छन्।

स्थानीय तहमा पर्याप्त प्रशासनिक, प्राविधिक जनशक्ति नहुनु, कामदार अभाव र सरकारले समयमै आवश्यक रकम निकासा नदिँदा भूकम्पपीडित जाडो मौसममा पनि त्रिपालमै रात कटाउन बाध्य छन्। ‘स्थानीय तहमा कर्मचारी अभाव र गाउँमा कामदार समेतको अभावले अस्थायी आवास निर्माणमा विलम्ब भएको हो’, प्राधिकरणका शाखा अधिकृत भरतराज पाण्डेले भने।

स्थानीय तहमा प्रशासनिक र प्राविधिक कर्मचारीको अभावका कारण स्थानीय तहसम्म पुगेको पैसा लाभग्राहीसम्म पुग्न सकेको छैन। कतिपय पालिकामा त अस्थायी आवासका लागि लाभग्राहीको खाता खोल्ने र सम्झौता गर्ने कामसमेत हुन नसकेको जाजरकोट जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले बताए।

‘भौगोलिक विकटता, मौसमी प्रतिकूलता जस्ता कारणले पनि समयमै अस्थायी आवास निर्माण गर्न नसकिएको हो’, उनले भने। ‘कतिपय स्थानमा अझ पनि लाभग्राही उपलब्ध नहुँदा खाता खोल्ने काम पनि भएको छैन। पैसा पठाउन पनि समस्या भएको छ,’ शर्माले भने।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस