अमेरिकाको इलिनोयस विश्वविद्यालयका वनविज्ञानका प्राध्यापक जेम्स डालिङले पनामा क्षेत्रमा पाइने एउटा अनौठो बुट्यान फेला पारेका छन्। त्यसो त यो बुट्यान धेरै पहिलेदेखि अस्तित्वमा थियो नै, त्यसैले यसको नाउँ साइथिया रोजासियाना पनि राखिएको थियो।
हेर्दा निगुरोजस्तै तर अलि ठूलो आकारको यो बुट्यानको अचम्मको बानी के छ भने यसले आफ्ना मृत पातहरूलाई खेर जान दिँदैन। यसले आफ्ना मृत पातहरू सिधा आफ्नो जरातिर नुहाउँछ। नुहेका यी पातहरूमार्फत उसले आफ्नो पौष्टिक तत्वहरू लिने गर्छ।
मृत पातमा पनि यो पोथ्रोलाई चाहिने आवश्यक विभिन्न तत्वहरू हुन्छन्। तिनलाई खेर नफाल्न यसले बोट आफूमुनि नुहाउने गरेको पाइएको हो। वैज्ञानिक जेम्स डालिङ भन्छन्, ‘यसले आफ्ना पातहरू पनि खेर जान नदिएको देखिन्छ। यी पातमा पौष्टिक तत्वहरू हुन्छन्। यी तत्त्व आफ्नो लामो पातलाई ठीक जराछेउमा नुहाउँछ। नुहेको जरामार्फत चाहिने तत्त्व यसले लिने गर्छ। यति मात्र होइन, आफ्नो जराको ठीक फेद वा वरपर मात्र पानी सिञ्चित गर्नु पर्दा पनि यो कुहिसकेको पातले काम गर्छ।’
यी कुहेका पात कसैले कोतर्यो भने फुसफुसी निस्कन्छ तर परबाट हेर्दा सबै पातले घेरिएको बोटजस्तो देखिन्छ। यति मात्र होइन, यो मरिसकेको पातले जराजस्तो व्यवहारसमेत देखाउने गरेको छ। प्रयोगशालामा यी मृत पातहरूमा नाइट्रोजन लगायतका पोषक तत्वहरू पोषित गरिँदा मृत पातका टुप्पाहरूले जराजस्तो माटोमा भित्रभित्र जञ्जाल निर्माण गर्न थालेको समेत देखियो।
वैज्ञानिक जेम्स भन्छन्, ‘यो पोथ्रो पनामाबाहेक अन्यत्र देखिएको छैन। यहीँ मात्र पाइने यो पोथ्रोले किन यस्तो व्यवहार गर्छ भन्ने कुरा चाहिँ खोज्न लायक छ। यसले आफ्नो पोषणका लागि आफ्ना मृत पातहरूलाई नै प्रयोग गर्नु अनौठो व्यवहार हो।’
उनको यो अध्ययन इकोलजी नामक जर्नलमा गत जनवरी १८ मा प्रकाशित भएको थियो। यो अध्ययन निष्कर्ष हेरेका डुरहामस्थित न्यु ह्याम्पसायर विश्वविद्यालयका वृक्षविज्ञ एरिन सिजेलले साइन्स न्युजसँग भनेका छन्, ‘निगुरोजस्ता देखिने यी पातले जराको व्यवहार गर्नु निश्चय नै अनौठो हो। मैले अहिलेसम्म यस्ता वनस्पतिका बारेमा सुनेको थिइनँ।’