पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
मंगलबार साँझ जिल्लाको तिनाउ गाउँपालिका–६ स्थित जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए।
‘आठ वटा शव फेला परेको छ। हामी घटनास्थलमा जाँदै छाैँ,’ उनले नागरिक न्युजसँग भने।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख सहितको टोली जाँदै गरेकाे उनले बताए।
यात्रुहरू बोकेको लु १ ज २३७१ नम्बरको जिप सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गर्दा डुम्रे र चिदिसको बिच भागतिर दुर्घटनामा परेकाे हाे।
मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।