संसारभर प्रतिष्ठित विज्ञान जर्नलहरूमा प्रकाशित खोज तथा अनुसन्धानहरू चिन्ताजनक रूपमा नक्कली रहेको तथ्य हालै प्रकाशमा आएको छ। गत वर्ष मात्र १० हजारभन्दा बढी खोज अनुसन्धानका नाउँमा प्रकाशित आलेखहरू नक्कली रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।
यसको अर्थ, कतिपय अवस्थामा हामीले यहाँ प्रकाशित गर्ने गरेका खोज अनुसन्धानहरू पनि नक्कली पर्न सक्छन्। किनभने, त्यसलाई तत्कालै परिक्षण गर्ने कुनै नयाँ आविष्कार भइसकेको छैन। अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक डोरोथी बिसपले हालै नक्कली खोज अनुसन्धान उच्च दरमा प्रकाशन हुन थालेपछि त्यसले विज्ञान जगत्लाई नै संकटमा पार्ने चेतावनी दिएकी छन्। यस्ता शोधको मूल जरो चिनियाँ अनुसन्धाताहरू रहेको आरोप बिसपले आरोप लगाएकी छन्।
चीनबाट शुरु भएको यस्तो नक्कल भारत, इरान, रुस लगायत पूर्वी युरोपका कतिपय मुलुकसम्म पुगेको छ। यस्तो प्रक्रियालाई वैज्ञानिक जगतले ‘पेपर मिल्स’ नामकरण गरेका छन्। जसले खोज अनुसन्धानका नाउँमा ‘कागजी खोस्टा’ मात्र उत्पादन गरिरहेकोमा वैज्ञानिकहरूको चिन्ता बढेको हो।
युवा वैज्ञानिकहरूले आफ्नो करियरलाई आकर्षक बनाउन र चाँडै उच्च तहमा पुग्न यस्ता ‘पेपर मिल्स’ उपयोग गर्ने गरेका हुन्। शोध जर्नलका सम्पादकहरूलाई विभिन्न प्रलोभन तथा घुससमेत दिएर छाप्ने गरिएको खुलासा द अब्र्जभर पत्रिकाले गरेको छ।
एबरडिन विश्वविद्यालयका प्राध्यापक एलिसन एभनिलले पनि पियर रिभ्युको अभाव, सम्पादकहरूले निभाउन नसकेको भूमिका तथा केही पैसामुखी लोभका कारण पनि यस्तो अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।
नेचर जर्नलले सन् २०१३ मा गरेको अध्ययनमा यस्ता नक्कली शोध प्रकाशन गर्नेको संख्या चार हजार पुगेको थियो। जबकि, त्यसअघि एक हजार मात्र त्यस्ता नक्कली शोध पाइएको थियो। सन् २०२२ मा आइपुग्दा त चिन्ताजनक रूपमा १० हजार पुगिसकेको देखिएको छ। अहिलेसम्म आठ हजार नक्कली अध्ययन प्रकाशित गर्नेमा एउटै प्रकाशन हिन्दवी रहेको छ। यो विलीको सहप्रकाशन कम्पनी हो। यसको खुलासासँगै हिन्दवीको प्रकाशन बन्द हुने भएको छ।
यस्तो खुलासासँगै विलीले आफ्नो सूचीमा रहेका संदिग्ध पाहुना सम्पादकहरूमाथि अंकुश लगाउने, उनीहरूलाई खारेज गर्ने लगायतका काम शुरु गरेको छ। धेरै देशमा को बढी प्रभावशाली विद्वान भन्ने मानक तिनको प्रकाशित कृति वा अध्ययन, अनुसन्धानले निर्धारित गर्ने गरेको छ। यसैको फाइदा केही छट्टुहरूले उठाइरहेको विली कम्पनीले जनाएको छ। त्यसैले यसलाई पूर्णतः रोक लगाउन निकै गाह्रो भइरहेको पनि विलीका प्रवक्ताले टिप्पणी गरेका छन्।
पछिल्लो समय जर्नल निकाल्ने, जर्नलमा प्रकाशन गर्न ठूलो रकम लिने, त्यो जर्नल फेरि विभिन्न संस्था तथा व्यक्तिलाई ठूलो रकममा किनाउने धन्दा बढिरहेको छ। यसलाई ब्रिस्टोल विश्वविद्यालयका प्राध्यापक मार्कस मुनाफोले ‘नक्कली शोधको हुण्डरी’ नामकरण गरेका छन्।
प्रस्तुतिः अच्युत कोइराला