नेपालगन्ज–१२ बेलासपुरमा अवस्थित अवैध रुपमा कटन क्याण्डी उत्पादन गर्ने तीन जना बिक्रेतालाई नियन्त्रणमा लिइएको छ।
खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट उत्पादन अनुज्ञा पत्र नलिई अखाद्य कटन क्याण्डी उत्पादन गरी बिक्री वितरण गरेकाले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिइएको हो। साथै रङ मिसाइएको चिनी र चास्नीसँगै एक सय १८ पोका कटन क्याण्डी नष्ट गरिएको छ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु कार्यालयका प्रतिनिधिसहितको अनुगमन टोलीले नेपालगन्ज बजार क्षेत्रका कटन क्याण्डी बिक्रेता र उत्पादन स्थलको अनुगमन गरेको थियो।
उनीहरुलाई खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट उत्पादन अनुज्ञा पत्र नलिएसम्म उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।