सडक डिभिजन प्रमुखलाई ६ वर्ष कैद र ४ करोड बढी जरिवाना ठहर
१५ माघ २०८०
•
२ मिनेट पाठ
सडक डिभिजन प्रमुखलाई ६ वर्ष कैद र ४ करोड बढी जरिवाना ठहर
विशेष अदालतले सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरीलाई ६ वर्ष कैद र ४ करोड ४४ लाख ९३ हजार रुपैयाँ जरिवाना र सोही बराबरको बिगो ठहर गरेको छ।




अदालतले चौधरीलाई यस अघि नै दोषी ठहर गर्दै सोमबारका लागि सजाय निर्धारणका लागि मिति तोकेको थियो। 

विशेषका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा, रितेन्द्र थापाको इजलासले सोमबार भ्रष्टाचार मुद्दामा  दोषी ठहर गर्दै कसुर ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय मोरङमा कार्यरत रहँदा पदीय मर्यादा विपरीत सडकका विभिन्न आयोजनामा ठेकेदारहरूसँग मिलेर गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। अख्तियारले २०७७ साल फागुन ५ मा अख्तियारले चौधरीलाई बिगो झण्डै ४ करोड रुपैयाँ माग गरेको थियो।

चौधरीले घर घडेरी, बैंकमासमेत रकम जम्मा गरेको भन्ने उजुरी परेको थियो। अख्तियारले अनुसन्धान गरी जितेन्द्रकुमार चौधरी र उनका परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतका नाममा घर जग्गा खरिद गरेको भेटिएको थियो। अख्तियारले उनलाई ३ करोड ९९ लाख ४४ हजार रुपैयाँ साथै जरिवाना र कैद सजायसमेत हुन माग दाबी गर्दै आरोपपत्र दर्ता गरेको थियो।

साथै गैरकानूनी रूपमा आर्जन गरेको बिगो बराबरको श्रीमती, छोरा र उनको नाममा राखिएको सम्पत्तिबाट असुल उपर गर्न अख्तियारको माग रहेको थियो। चौधरीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरेको, स्रोत नखुल्ने सम्पत्ति, उनकी पत्नी किरण चौधरी, छोरा अभिषेक चौधरी र छोरी स्मृति चौधरीको नाममा समेत रहेको अख्तियारको दाबी थियो।

साथसाथै अदालतले श्रीमती र छोराको नाममा रहेको सम्पत्तिबाट बिगो असुल गर्ने फैसला गरेको हो। जफत गर्ने प्रयोजनार्थ उनकी पत्नी र छोरालाईसमेत प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न मागदाबी गरी आरोपपत्र दर्ता भएको थियो।

त्यसैगरी, जितेन्द्रकुमार चौधरीकै अर्को एउटा भ्रष्टाचार मुद्दामा भने विशेष अदालतले सफाइ दिएको थियो। सडक डिभिजन कार्यालय विराटनगरमा प्रमुख पदमा रहँदा भूमि इन्फ्रास्ट्रक्च्चर प्रालिसँग ज्वाइन्ट भेन्चरमा ठेक्कामा काम गर्दा ठेकेदारसँग मिलेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेकोमा सफाइ दिएको हो।
अर्को समाचार
सडक डिभिजन प्रमुख ४ करोडको भ्रष्टाचार मुद्दामा दोषी ठहर
०१ माघ २०८०
•
२ मिनेट पाठ
सडक डिभिजन प्रमुख ४ करोडको भ्रष्टाचार मुद्दामा दोषी ठहर
सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालत काठमाडौँले चौधरीलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि मिति तोकेको हो।




विशेषका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा, रितेन्द्र थापाको इजलासले आइतबार भ्रष्टाचार मुद्दामा दोषी ठहराएको हो। कसुर ठहर भएका उनलाई माघ १५ मा सजाय तोक्ने आदेश भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय मोरङमा कार्यरत रहँदा पदीय मर्यादा विपरीत सडकका विभिन्न आयोजनामा ठेकेदारहरूसँग मिलेर गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। अख्तियारले २०७७ साल फागुन ५ मा अख्तियारले चौधरीलाई बिगो ३ करोड ९९ लाख ४४ हजार रुपैयाँ साथै जरिवाना र कैद सजायसमेत हुन माग दाबी गरेको थियो।

चौधरीले घर घडेरी, बैंकमासमेत रकम जम्मा गरेको भन्ने उजुरी परेको थियो। अख्तियारले अनुसन्धान गरी जितेन्द्रकुमार चौधरी र उनका परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतका नाममा घर जग्गा खरिद गरेको भेटिएको थियो।

साथै गैर कानुनी रूपमा आर्जन गरेको बिगो बराबरको श्रीमती, छोरा र उनको नाममा राखिएको सम्पत्तिबाट असुल उपर गर्न अख्तियारको माग रहेको थियो।

चौधरीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरेको, स्रोत नखुल्ने सम्पत्ति, उनकी पत्नी किरण चौधरी, छोरा अभिषेक चौधरी र छोरी स्मृति चौधरीको नाममा समेत रहेको अख्तियारको दाबी थियो। 

साथसाथै बिगो जफत गर्ने प्रयोजनार्थ उनकी पत्नी र छोरालाईसमेत प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न मागदाबी गरी आरोपपत्र दर्ता भएको थियो।

त्यसैगरी, जितेन्द्रकुमार चौधरीकै अर्को एउटा भ्रष्टाचार मुद्दामा भने विशेष अदालतले सफाइ दिएको छ। सडक डिभिजन कार्यालय विराटनगरमा प्रमुख पदमा रहँदा भूमि इन्फ्रास्ट्रक्च्चर प्रालिसँग ज्वाइन्ट भेन्चरमा ठेक्कामा काम गर्दा ठेकेदारसँग मिलेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो। अख्तियारले ३५ लाख रुपैयाँ गैर कानुनी तवरले कमिसनको नाममा घुस लिई श्रीमतीको खातामा जम्मा लगाई भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो। त्यो आरोप गलत साबित भएर उनले सफाइ पाएका छन्।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस