टीकापुर नगरपालिकाको बजार क्षेत्रमा विगत दुई सातादेखी फोहोर संकलन कार्य रोकिएको छ। नगरपालिकाले सरसफाई कर्मचारीको अभाव देखाउदै फोहोर संकलन रोकेको हो।
उसले सरसफाई कर्मचारी नियुक्त गर्ने कार्य अघि बढेको जानकारी दिएको छ। पुष २५ गतेको नगर कार्यपालिका बैठकले सरसफाई कर्मचारी भर्ना गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा नगरपालिकाले दैनिक ज्यालादारीका रुपमा ११ जना कर्मचारी भर्ना गरेको थियो।
नगरपालिकाले प्रकृया मिचेर आफुखुशी कर्मचारी भर्ना गरेको भन्दै राजनीतिक दल लगायतले चर्को विरोध गरेपछि निर्णय कार्यान्वयनमा आउन सकेको छैन। सोही बहानामा नगरपालिकाले बजार क्षेत्रको फोहोर संकलनमा रोक लगाएको स्थानीयको आरोप छ।
आफुखुसी कर्मचारी भर्ना गर्न नपाएका कारण नगरपालिकाले फोहोर संकलन ठप्प पारेर प्रतिसोधपूर्ण व्यवहार देखाएको स्थानीयको आरोप छ। स्थानीय मातृकाप्रसाद तिमिल्सिनाले नगरपालिकाले फोहोर संकलन रोकेर नागरिकसँग प्रतिसोधपूर्ण व्यवहार देखाएको बताए।
‘कर्मचारी अभावको बहाना मात्रै हो’ उनले भने–‘बेतिथिका विरुद्ध बोल्दा नगरपालिकाले फोहोर संकलन रोकेर प्रतिसोधपूर्ण व्यवहार देखाएको हो।’
उनले नगरपालिकालाई सरसफाई कर्मचारी अभाव नै हो भने प्रकृया पुर्याएर छनौट गर्न सक्ने अधिकार रहेको बताए। ‘कर्मचारी आवश्यकता हो भने प्रकृया पुरा गर्नुपर्छ’ उनले भने–‘प्रकृया मिचेर भर्ती केन्द्र बनाउने कार्य स्विकार्य हुँदैन।’
नगरपालिकाको वन वातावरण तथा सरसफाई उपशाखा प्रमुख लोकबहादुर बुढाले कर्मचारी अभावका कारण फोहोर संकलन हुन नसकेको कुरालाई गलत हल्ला फैलाईएको बताए। उनले यसअघि कार्यरत ६ जना मध्ये ३ जनाले अवकाश लिएको र २ जना बिरामी भएर विदामा बसेको जानकारी दिए।
फोहोर संकलन कार्य रोकिएको भन्दै आलोचना भएपछि प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्टले दैनिक ज्यालादारीमा कर्मचारी राखेर भएपनि फोहोर संकलन कार्य अघि बढाउन निर्देशन दिएका छन।
उपशाखा प्रमुख बुढाले सोमबारदेखी फोहोर संकलन कार्यले निरन्तरता पाउने बताए। उनले प्रमुख प्रशासकीय अधिकृतको निर्देशन अनुसार दैनिक ज्यालादारीमा कर्मचारी राखेर फोहोर संकलन कार्य सुचारु गरिने जानकारी दिए।
‘भोलिदेखी फोहोर संकलन कार्यले निरन्तरता पाउँछ’ उनले भने–‘सरसफाई कर्मचारी नभएरै काम रोकिएको हो।’
बजार क्षेत्रमा फोहोर संकलन नहुँदा दुर्गन्ध फैलिएको छ। बजारका थुप्रै ठाउँमा फोहोर यत्रतत्र छरिएको छ। स्थानीयलाई हिँडडुलमा समेत समस्या भइरहेको छ। उनीहरुले फोहोर संकलन नगरेको भन्दै नगरपालिकाको चर्को आलोचना गरिरहेका छन।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...