सुनसरीमा लागू औषध कारोबारी बढिरहँदा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वाटरले कोशी गाउँपालिका क्षेत्रबाट लागू औषध गाँजा बरामद गरेको छ।
प्रहरीको टोलीले कोशी गाउँपालिका वडा नं. ८ को परालको कुनिउँभित्र लुकाई राखेको अवस्थामा ३३ केजी गाँजा बरामद गरेको हो।
विशेष सूचनाका आधारमा खोजी गर्दा उक्त परिमाणको लागु औषध तयारी गाँजा फेला परेको सशस्त्र प्रहरी बल नं. ४ गणका सशस्त्र प्रहरीका एसपी लकेशकुमार तुम्बाहाम्फेले बताए।
सुनसरीमा पछिल्लो छ महिनाको अवधिमा १२१ जनालाई पक्राउ गरि मुद्दा चलाइएको छ। जसमा अहिलेसम्म २१ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीले साउनदेखि पुस मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गर्दै ४९ जना धरौटीमा र पाँच जना साधारण तारेखमा छुटेको जनाएको छ। सो अवधिमा पक्राउ परेकामध्ये ४६ जनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
सुनसरीको लागूऔषध कारोबार हुने मुख्य स्थान सीमावर्ती भारतीय बजार नै हो। भारतीय बजारमा धरान, इटहरी, झुम्का, बराहक्षेत्र, इनरुवा, लौकहीलगायतका स्थानका युवा लागू औषध सेवन र किनमेलका लागि पुग्ने गरेका छन्। यो अवधिमा प्रहरीले सबैभन्दा बढी गाँजा बरामद गरेको छ। ७८२ केजी ७९१ ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
यस्तै, १९५ ग्राम ३२४ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। यीबाहेक अन्य लागू औषध एक हजार ४३ थान एम्पुल र दुई हजार ३२१ थान विभिन्न लागू औषधका ट्याब्लेट पनि बरामद गरिएको छ।
प्रहरीका अनुसार सुनसरीमा ब्राउन सुगर प्रयोगकर्ताको संख्या बढिरहेको छ। लागु औषध प्रयोगकर्ताले ब्राउन सुगर प्रयोग गरे हाई स्ट्यान्डर्ड सम्झने व्यक्तिले प्रयोग गर्ने गरेका छन्।
विशेषगरी लागु औषधको लतमा फस्नुको कारणमा आफूभन्दा सिनियरको सिको, रहर अनि बिस्तारै बानी बस्नु नै हो। यही ढंगले अधिकांश कुलतमा फस्ने गरेका छन्।
कतिपय भने घरपरिवारको वातावरण बिथोलिएर मानसिक तनाव कम गर्ने निहुँमा पनि कुलतमा फस्ने गरेका छन्। लागु औषध सेवनकर्ताको हातखुट्टाको हडी चिलाउने, खानाप्रति रुचि नहुने लगायतका समस्या हुने गर्छन्। कसैकसैमा हातखुट्टा फ्याँक्ने, कराउने र निन्द्रा नलाग्ने समस्या पनि हुन्छ। यी समस्याले कुलतमा फसेकालाई पिरोलेपछि उनीहरु चिन्तामा डुबेर थप लागु औषध सेवन र प्रयोगमा लाग्ने गरेका हुन्छन्।
लागू औषध सेवन गर्ने युवाको संख्या बढ्दा कारोबारीमा संलग्नले तस्करी गर्ने अनेक उपाय रच्ने गरेको दुई दिनअघि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयप्रसाद आचार्यले आयोजना गरेको पत्रकार भेटघाटमा जनाइएको थियो। सो क्रममा एसपी विपिन रेग्मीले समय परिवर्तनसँगै तस्करीका अनेक आइडिया रच्ने गरेको बताए। उनका अनुसार तस्करी गर्दा फरक फरक रुट पनि प्रयोग गर्ने गरेको पाइएको छ।
लागू औषधबाहेक जिल्ला प्रहरी कार्यालय सुनसरीले पछिल्लो छ महिनाको अवधिमा एक हजा ८७ वटा विभिन्न घटनाका मुद्दा दर्ता गरेको छ। दर्ता भएको मुद्दामध्ये ७२९ वटा फस्यौट भएको पनि जनाइएको छ।