ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीसहित लेखापढी व्यवसायी दिनेश बञ्जरा र विनोद अधिकारीलाई मंगलबार कार्यालयपरिसरबाटै पक्राउ गरिएको आयोग प्रवक्ता नरहरि घिमिरेले बताए।
म्ंगलबार एक विज्ञप्ति जारी गर्दै उनले तीनैजनालाई दुई लाख ५० हजार घुससहित पक्राउ गरिएको पुष्टि गर्दै उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए । –रासस