चिनियाँ सरकारको अनुदान सहायतामा निर्माण गर्ने भनिएको चक्रपथ दोस्रो खण्डको अन्योलताका कारण सर्वसाधारण घुवाँ धुलोको सास्ती खेप्न बाध्य छन्।
मुख्य ट्रयाक विस्तारको ठेक्का हुनुअघि सर्भिस ट्रयाक निर्माणको काम सक्ने भन्दै खन्न थालिएको स्वयम्भूदेखि बसुन्धरा खण्ड बजेट अभावले अलपत्र परेसँगै सर्वसाधारण घुवाँ धुलोकाे मारमा परेका हुन्।
यो खण्डको दुवैतर्फ खनिएको छ। तर काम अपुरो रहँदा धुवाँ धूलोले सडक कुहिरीमण्डल बनेको छ। धूलोका कारण कष्टकर यात्रा गर्न यात्रुहरु बाध्य छन्।
सडक विभागले चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढाउन आतुर रहेको जनाएपनि अहिलेसम्म आयोजनाको डिजाइनसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) विभागकाे हातमा आइपुगेको छैन।
यस सडक खण्डको डीपीआर तयार गर्ने जिम्मा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीका प्राविधिक टोलीले पाएको छ। त्यसले डिपिआरलाई अन्तिम रूप दिन नसक्दा र प्रक्रिया पूरा गरेर ठेकेदार पठाउन समय लाग्ने हुँदा विस्तारको काम कहिले सुरु हुन्छ भन्ने टुङ्गो नभएको सडक विभाग स्रोत बताउँछ।
चीन सरकारको अनुदान सहायतामा चक्रपथ दोस्रो खण्डको विस्तार गर्ने नेपाल सरकार र चिनियाँ सरकारबीच द्विपक्षीय सम्झौता भएको थियो। सोहीअनुसार चिनियाँ पक्षले चक्रपथको कलंकी–बसुन्धारा खण्डको मुख्य ट्रयाक (लेन) निर्माण आफ्नै लगानीमा गर्ने र नेपाल सरकारले सर्भिस ट्र्याक (सहायक लेन बनाउने) सँगै र अन्य सहजीकरणको काम गर्ने सम्झौता भएको थियो।
सम्झौताअनुसार चीन सरकारले बनाउने भनिएको मुख्य ट्र्याकको डिजाइन चीन आफैंले गरिरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए।
‘सम्झौताअनुसार चीन आफैंले डिजाइन गरिरहेको छ। हाम्रो तर्फबाट के कस्तो बनाउने भनेर सबै फाइनल भइसकेको छ,’ उनले भने, ‘उनीहरूले डिपिआर बनाएर नेपाल पक्षलाई पेस गरेपछि मात्र काम अघि बढ्ने हो।’ ५/६ महिनाभित्रै तयार हुनसक्ने आशमा विभाग रहेको जनाउँदै उनले थपे, ‘तर अहिले हामी आफैं अपडेट हुन सकिरहेका छैनौ।’
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता रामहरि पोखरेलका अनुसार चिनियाँ पक्षले कामको प्रगतिबारे प्रष्ट जानकारी दिएको छैन। के भइरहेको छ र काम कहाँ पुग्यो स्पष्ट प्रगति विवरण नआएको जनाउँदै उनले भने, ‘केही नयाँ प्रगति भएजस्तो लाग्दैन।’
यता सडक विभागको विकास सहायता महाशाखाका प्रमुख विजयकुमार जैसीले उक्त खण्ड सडक विस्तारका लागि चीनले परामर्शदाता छनोट गर्न बाँकी नै रहेको जानकारी दिए।
परामर्शदाता छनोटपछि चिनियाँ पक्ष नेपाल आएर चक्रपथमा सर्भे गरेर डिजाइन तयार पार्ने र त्यसपछि मात्रै चीनले ठेकेदार छनोट गरेर निर्माण प्रक्रिया अघि बढ्ने उनले बताए।
‘गत हप्ता चिनियाँ पक्षसँग सम्पर्क भएको थियो, उनीहरूले परामर्शदाता छनोट गर्ने क्रममै रहेको बताएका छन्। परामर्शदाता र ठेकेदार छनोटको काम सकिएपछि उनीहरू नेपाल आएर भौतिक रूपमा काम सुरु गर्न कम्तीमा अझै एक वर्ष लाग्छ,’ उनले भने।
अलपत्र सर्भिस ‘लेन’
डीपीआर नआउँदा मुख्य ‘लेन’ को काम सुरु हुन नसके पनि सरकारले निर्माण गर्नुपर्न सर्भिस लेन (मुख्य लेनभन्दा बाहिरपट्टिको लेन) मा सडक निर्माण अघि बढाएको थियो। अहिले सर्भिस लेन निर्माणका लागि बजेट नहुँदा काम प्रभावित बनेको छ।
कलंकीदेखि स्वयम्भूसम्म काम सकिए पनि स्वयम्भूदेखि बसुन्धरासम्म बजेट पर्याप्त नहुँदा काम नसकिएको काठमाडौं चक्रपथ सडक विस्तार योजनाका प्रमुख कृष्णनाथ ओझाले बताए।
‘बजेटको समस्याबाट यो आयोजना पनि अछुतो छैन,’ उनले भने, ‘बजेट अभावले ठेक्का लगाएका अधिकांश आयोजनामा कसरी काम सक्ने भन्ने समस्या थपिएको छ। हामीले अर्थ मन्त्रालयमा विभागको तर्फबाट भनेको छौ, तर आएको छैन। अहिले काम रोकिएको छ भन्नुपर्छ।’
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।
त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...