बारा प्रहरीले मंगलबार राती गोली प्रहार गरी पक्राउ गरेका भारतीय साफ सुटर सुजित सिंह दुई नेपाली र दुई भारतीयकाे हत्या अभियोगमा फरार रहेको खुल्न आएको छ।
हत्या गरिएका दुई भारतीय नागरिक अजित सिंह र शिवपुजन यादव रहेका छन् भने दुई नेपाली रूपेश स्वर्णकार र दिली सिंह रहेका छन्। रुपेश कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक थिए। रौतहटको गौर नगरपालिका ९ र्सिसिया घर भएका दिलि सिंहलाई भारतको रमघडवामा हत्या गरिएको थियो। उनी रमघडवा काम गर्न गएका थिए।
कात्तिक १३ गते कलैयाको मदार्सा टोलमा स्वर्णकारको, असोज २८ गते भारतको रमघडवामा दिलिप सिंहको, असोज ९ गते पचरौता नगरपालिकाको पकडिया टोलमा भारतको मोतीहारी सुक्लहियाका अजितकुमार सिंहको र २०७९ पुस पहिलो हप्ता बरियारपुरको भुतही पुलनजिकै अर्का भारतीय नागरिक शिवपुजन यादवको सुटर सिंहको समूहले गोली प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताएका छन्।
विभिन्न भारतीय व्यक्तिको हत्या तथा नगद र सुन लुटपाटमा समेत संलग्न सुटर सिंहलाई भारतीय प्रहरीले समेत खोजिरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।
सुटर सिंह सुपारी लिएर विगत चार÷पाँच वर्षदेखि बारा र रौतहटसँग सिमाना जोडिएको भारतको बिहारका विभिन्न व्यक्तिको हत्या गर्दै आएका थिए।
विगत एक वर्षदेखि सिंह नेपालमा प्रवेश गरी सुपारी लिएका व्यक्तिहरूको गोली हानी हत्या गर्दै आएको अनुसन्धानबाट खुलेको काफ्लेले बताए।
भारतको रमघडवास्थित शिवशक्ति राइस मिलमा काम गर्ने नेपाली नागरिक सिंहलाई गोली प्रहार गरी सुटर सिंहको समूहले २७ लाख भारतीय रुपैयाँसमेत लुटेर लगेको थियो।
त्यस घटनामा पनि मुख्य सुटर सिंहलाई भारतीय प्रहरीले खोजी गरेको काफ्लेले बताए।
पक्राउ गर्ने क्रममा प्रहरीले चलाएको गोली सुटर सिंहको दुवै खुटामा लागेको र उनको प्रादेशिक कलैया अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ।
विगतमा बारामा भएका विभिन्न हत्या घटनामा सुटर सिंहको नाम आए पनि नेपालमा हत्या गरी भारतमा गएर लुक्ने गर्दा उनी पक्राउ पर्नबाट बच्दै आएको उपरीक्षक काफ्लेले बताए।
मंगलबार पनि सुटर सिंह कसैको हत्या गर्ने उद्देश्यले नेपाल प्रवेश गरेको र प्रहरीले समयमै सिंहलाई नियन्त्रणमा लिएर थप नेपाली नागरिकको हत्या हुनबाट बचाएको काफलेले बताए।
हतियारसहित नेपाल प्रवेश गरेको सूचना पाएपछि बारा प्रहरीले सुटर सिंहलाई नियन्त्रणमा लिन खोजेको थियो।
प्रहरीले पक्राउ गर्ने थाहा पाएर भाग्न खोज्दा विश्रामपुर गाउँपालिकाको मुसहर्वाभन्दा दक्षिण नहर भन्ने स्थानबाट खुटामा गोली प्रहार गरी सुटर सिंहलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ।