विशेष अदालतले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उत्ति नै जरिवाना, ६ वर्ष १ महिना कैद सजाय ठहर गरेको छ।
न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले यस अघि कसुर ठहराएको मुद्दामा आज सजाय निर्धारण गरेको हो।
कोइरालाले नेपाल बैंकलाई बिगो भर्नुपर्ने गरी फैसला भएको हो। दोषी ठहरिएका कोइरालाले बिगो र जरिवाना गरी १ करोड ४८ लाख रुपैयाँ तिर्नुपर्ने भएको छ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार अख्तियारले मागे बमोजिमको बिगो र जरिवाना र ६ वर्ष १ महिना कैद सजाय ठहर भएको हो।
मंसिर २६ मा ठहर भएको कोइरालाको मुद्दामा सजाय निर्धारणका लागि आज बुधबारको इजलासमा पेश गर्ने आदेश भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकमा कार्यरत कोइरालालाई बैंकको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो।
अख्तियारले कोइरालाविरुद्ध २०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो। नेपाल बैंक लिमिटेडको काठमाडौंको बैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहेका कोइरालाले बैंकिङ सिस्टमअन्तर्गत व्यक्तिगत दिइएको अरु कसैले प्रयोग गर्न नमिल्ने टेलर आईडी र सिस्टम सुपर युजर विद्युतीय माध्यमको दुरुपयोग गरेको भेटिएको थियो। त्यसमार्फत उनले ५४ लाख ८४ हजार रुपैयाँ विभिन्न खातामा जम्मा गरी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको अख्तियारको दाबी थियो।
अख्तियारले कोइरालालाई ५४ लाख ८४ हजार ४५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम रकम र जरिवाना असुल माग दाबी गरेको थियो। अख्तियारको माग दाबी अनुसार नै मुद्दा ठहर भएको छ।