मुलुकका कतिपय भागमा अझै पनि जातियता, क्षेत्रीयता र धर्मको नाममा मतभेद देखिन्छ। अझ पछिल्लो समय त कतिपयले नियोजित रूपमा यस्ता कुरालाई भड्काउने प्रयास समेत गरेका छन्। त्यस्तोमा धरानका दिनेश लिम्बु भने यी सबभन्दा निकै अलग भेटिए । विभिन्न जातजातिका थर अंकित टिसर्टमा सजिएका लिम्बुले सबैभन्दा पहिला नेपाली भएर बाच्नु पर्ने सुनाए।
‘सबैभन्दा पहिला हामी नेपाली हौ,’ धरानका दिनेश लिम्बुले मङ्गलवार राजधानीको एउटा चिया पसलमा सुनाए, ‘सबैमा एकताको भावना पलाएर मुलुक समृद्धिको बाटोमा बढ्ने छ।’
कामको सिलसिलामा विभिन्न देश घुमेका लिम्बुले नेपालीपनको बेग्लै रमाइलो रहेको बताए। ‘हामी जुनसुकै थर र जातमा बाँडिएपनि हाम्रो मूल स्वभाव एकै हो,’ उनी भन्छन्, ‘हामी नेपाली पनमा बाँच्नु पर्छ। यसले सबैलाई खुसी दिन्छ।’ लिम्बु भन्छन्, ‘टिसर्टमा लेखिएको कुरा मेरो मन भित्रको भावना हो। यो निकै प्यारो लाग्छ।’
उनले लगाएको टिसर्टमा शेर्पा, बिश्वकर्मा, अधिकारी, ठकुरी, साही, चौधरी, श्रेष्ठ, भोटे, थकाली, माझी, चौलागाई, मगर, पन्त, पनेरु, ग्वाला लगायतका दर्जनौ थरहरु रहेका छन्।
उनको टिसर्टमा लेखिएका थरहरूजस्तै उनका साथी पनि विभिन्न थरीका छन् । मङ्गलवार चिया पिउन आएका लिम्बुका साथ दिदिया (नेवार) र लोहनी थरका साथी थिए।
‘सबैभन्दा ठुलो कुरो नेपाली मन हो,’ उनले भने, ‘यसमा को कुन थरको भन्ने कुनै अर्थ राख्दैन। त्यसैले सबै थर उल्लेख गरिएको टिसर्ट मन पराएको हुँ।’
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...