उम्रिएन अनुदानको बीउ, एक सय १० बिघा खेत बाँझै
०८ पौष २०८०
•
३ मिनेट पाठ
उम्रिएन अनुदानको बीउ, एक सय १० बिघा खेत बाँझै
धनगढीमाई नगरपालिका–४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बीउ नै नउम्रिएपछि परिश्रम र लगानी सबै खेर गएको छ। यादवले नगरपालिकाको कृषि कार्यालयबाट अनुदानको बीउ भनेर रु ४५ प्रतिकिलोमा ४० किलो गहुँको बीउ ल्याई आठ कट्ठा खेतमा छरे। छ दिनमा बीउ उम्रिएर नौ दिनमा दुई पात हुनुपर्ने गहुँ १५ दिन बित्दा पनि उम्रिएन।




'मलखाद्य, ट्र्याक्टरको जोताइ, ज्याला सबै खेर गयो, खेत बाँझै रह्यो, मेरो त बिल्लीबाठै भयो हजुर, कसरी जहान, बालबच्चा पाल्ने ?', यादवले भने, 'हामी माटोमा परिश्रम गर्ने किसानमाथि यस्तो अन्याय गर्न हुन्छ र रु कस्ले दिने क्षतिपूर्ति रु हाम्रो आवाज कसले सुन्छ ?'

सोही वडाकी देवकुमारी यादवको पनि पीडा उस्तै छ। 'भएको खेत पनि बाँझै रह्यो, धेरै फल्छ भनेर उन्नत बीउ सम्झेर ल्याएको, गहुँको बीउ नगरपालिकाले दियो तर नक्कली र पुरानो बीउ बाँडेछ, एउटा गेडो पनि उम्रिएन', उनले भनिन्, 'नगरपालिकाले हामीलाई क्षतिपूर्ति दिनुपर्छ।'

नगरपालिकाले किसानका लागि दुई पटक गरी अनुदानमा गहुँको बीउ वितरण गरेको थियो। अघिल्लो पटकमा साल्टट्रेनिङ कार्यालय लहानबाट बीउ खरिद गरी किसानलाई वितरण गरिएको थियो। उक्त बीउमा कुनै समस्या नभएको किसानले बताएका छन्। बीउको माग बढेपछि नगरपालिकाले नै सुनसरीको देवानगञ्जस्थित कुशवाहा बीज भण्डारबाट दोस्रो पटक गहुँको बीउ खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो।

उक्त आदित्य जातको एक सय १० क्विन्टल गहुँको प्रतिकिलो रू ४५ मा किसानलाई वितरण गरिएको थियो। सो बीउ लैजाने करिब पाँच सय ५० किसानको गहुँको बीउ नउम्रेपछि खेत बाँझै भएको हो। गहुँ नउमे्रपछि किसानको ट्र्याक्टर जोताइ खर्च, डिएपी मल र पोटास छरेको खर्च, ड्याङ बनाउन लागेको मजदुर खर्च र बीउ किनेको खर्च पनि डुबेको छ।

अब दोहो¥याएर छर्न पनि गहुँको समय ढिलो भइसकेको छ। ढिलोगरी छरेको गहुँ मौसम नमिलेर नफल्ने र फागुन, चैतको पश्चिमी तातो वायुले गहुँको बाला नै सुकाइदिने किसानको भनाइ छ। पाँच सय ५० किसानको करिब एक सय १० बिघा जग्गा बाँझो रहँदा गहुँको उत्पादन न्यूनतम पनि दुई हजार दुई सय क्विन्टल नोक्सानी हुनेछ।

कतिपय किसान दोहो¥याएर नयाँ बीउ खरिद गरी छर्ने तयारीमा छन् भने धेरैको खेत बाँझै हुने भएको छ। 'खेती गर्दागर्दै कपाल सेतै भयो, तर यस्तो हत्ते कहिले आइलागेको थिएन', ५७ वर्षीय किसान रासोभित यादवले भनिन्, 'सँगै छरेको जहुँ उम्रियो तर, गहुँ उम्रिएन, फेरि गाउँमै रु ६० किलोका दरले अर्को बीउ किनी दोहोरो खर्च लगाएर छरेको छु, तर ढिलो लगाएको खेती उब्जनी होला भन्ने आशा कमै छ।'

साल्टट्रेडिङको बीउ राम्रो भए तापनि पछिल्लो पटक सुनसरीबाट ल्याइएको बीउमा सिकायत देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख अशोक पासवान बताउँछन्। 'साल्टट्रेडिङको बीउ लैजाने सबै किसानको गहुँ राम्रो उम्रिएको छ, गहुँको बीउ माग्ने किसानको चाप बढेपछि पुनः रु ११ लाख बराबरको एक सय १० क्विन्टल गहुँको बीउ मगाइयो, तर पछिल्लो पटक आएको बीउमा धेरै सिकायत आयो, दैनिक दर्जनौँ किसान कृषि शाखा घेराउ गर्न आउँछन्, गहुँको बीउ उम्रिएन, क्षतिपूर्ति देउ भन्छन्, हामीले के गर्नु के नगर्नु ?, अप्ठ्यारोमा परेका छौँ', पासवानले भने।

नगर प्रमुख शिवशङ्कर महतो भने बाहिर हल्ला गरिएजस्तो अवस्था नरहेको बताउँछन्। गहुँको बीउ नक्कली भएको भन्ने आशङ्का नगर्नसमेत उनले आग्रह गरे। उनले भने, 'नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर बीउ खरिद गरिएको हो, दुई चार जना किसानको खेतमा चिस्यान नभएर गहुँ नउम्रिएको होला।' खेत बाँझै हुने किसानको क्षतिपूर्ति सम्बन्धमा नगरप्रमुख महतोले क्षतिपूर्ति दिनै परे बीउको पैसा मिनाहा गरिदिने बताए। उनले आफू काम विशेषले काठमाडौँमा भएको र केही दिनमा फर्केपछि यस सम्बन्धमा थप अध्ययन गर्ने जानकारी दिए।

किसानबाटै कर उठाउने जनताको नजिकको सरकारले किसानलाई राहत दिनुको सट्टा यसरी आहत दिनु दुःखद् भएको राष्ट्रिय कृषि समूह महासङ्घ मधेस प्रदेशका निवर्तमान अध्यक्ष मुक्ति यादवको भनाइ छ। पालिकाको बीउ खरिद प्रक्रियालगायतमा सरोकारवालाको ध्यान पुग्नुपर्ने र आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन सबैले खबरदारी गर्नु आवश्यक रहेको यादवको भनाइ छ। रासस
अर्को समाचार
मधेसमा रोकिएन ‘सेटिङ’ मा नदी दोहन
२७ मंसिर २०८०
•
६ मिनेट पाठ
मधेसमा रोकिएन ‘सेटिङ’ मा नदी दोहन
लहान नगरपालिका- १५ स्थित चुरे सिरानको खुट्टी खोलामा चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले गरेको अवैध उत्खनन। तस्बिर ः नागरिक
लहान नगरपालिका र धनगढीमाई नगरपालिकाले प्रारम्भिक वातावरण परीक्षणबिना खुट्टी र सर्रे खोला उत्खननको सम्झौता गरेको खुलेको छ। लहान नगरपालिकाले चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपसँग र धनगढीमाई नगरपालिकाले बरुण कन्स्ट्रक्सन कम्पनीसँग यस्तो सम्झौता गरेका हुन्।




मंसिर १४ गते लहान नगरपालिका १५ स्थित चुरे सिरानको खुट्टी खोलाबाट डिभिजन वन कार्यालय लहानले दुई थान एस्काभेटरसहित चालकहरू कर्जन्हा नगरपालिका २ का विन्देश्वरकुमार महतो, सप्तरीको सुरुंगा नगरपालिका १ का अजय चौधरी र चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपका फिल्ड इन्चार्ज चिनियाँ नागरिकलाई पक्राउ गरेपछि अवैध धन्दा छताछुल्ल भएको छ।

अघिल्लो दिन मंसिर १५ गते धनगढीमाई नगरपालिकास्थित सर्रे खोलाको वनक्षेत्रमा अवैध उत्खनन गरिहेको अवस्थामा डिभिजन वन कार्यालयले एउटा एस्काभेटर र ७ वटा ट्र्याक्टरसहित ८ जनालाई पक्राउ गरेपछि नगरपालिकाले गरेको अवैध उत्खननको ठेक्का सम्झौता गरेको खुलेको हो।

धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोले प्रारम्भिक वातावरण परीक्षण नगरीकन वरुण कन्स्ट्रक्सन धनगढीमाइका तर्फबाट निलमकुमारी यादवसँग असोज २९ गते ७७ लाख ६ हजार ६ सय रूपैयाँमा नदीजन्य पदार्थ उत्खनन तथा संकलनको ठेक्का सम्झौता गरेका हुन्।
सर्रे खोलाको वन क्षेत्रमा अवैध उत्खननमा पक्राउ परेका ८ जना चालकसहित धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महतोमाथि अनुसन्धान अघि बढाइएको डिभिजन वन कार्यालयका प्रमुख सुजितकुमार झाले बताए। ‘उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी अनुसन्धान अघि बढ्न सक्छ,’ भिडिजन वन कार्यालयका प्रमुख झाले भने।

पूर्वपश्चिम राजमार्गको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म राजमार्ग बनाउने ठेक्का पाएको कम्पनी हो, चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप। यस कम्पनीसँग लहान नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमले नगर प्रमुख महेशप्रसाद चौधरीको साक्षीमा २०७९ चैत ११ गते दुई वर्षका लागि ठेक्का सम्झौता गरकी थिइन्। सम्झौतापत्रमा प्रतिक्युबिक फिट ६ रूपैयाँको दर तोकेर प्रतिवर्ष २५ हजार क्युबिक फिट ढुंगा, गिटी, बालुवा, ग्राभेल, स्लेट र रोडा विक्री एवं घाटगदी गर्न स्वीकृति दिइएको छ।

वन नियमावलीले ढुंगा, गिटी, बालुवा, ग्राभेल, स्लेट र रोडाको प्रतिक्युबिक फिट न्यूनतम मूल्य ९ रूपैयाँ तोकेको छ। तर नगरपालिकाले प्रतिक्युबिक फिट ६ रूपैयाँमा सम्झौता गरेको पाइएको छ। नगरपालिकाले उत्खनन तथा संकलन क्षेत्र खुट्टी र सर्रे खोलाको संगमदेखि उत्तरतर्फको बगर क्षेत्रलाई तोकेको छ, जुन नेपाल सरकारले २०७१ सालमा तोकेको चुरे संरक्षित क्षेत्रमा पर्छ।

डिभिजन वन कार्यालयका प्रमुख झाका अनुसार दुई घण्टामा चाइना कम्पनीको २ वटा एक्स्काभेटर यस ठाउँमा करिब ३९० घनमिटर नदीजन्य सामग्री उत्खनन गरेको पाइएको छ। जबकि नगरपालिकासँग सम्झौतामा एक वर्षमा २५ हजार घनमिटर मात्र उल्लेख छ। जसअनुसार उसले प्रती दिन २०१ घनमिटर मात्र उत्खनन गर्न पाउँछ। सम्झौता पत्रमा एक्स्काभेटर प्रयोग गर्ने उल्लेख छैन्। तर, यहाँ एक्स्काभेटर प्रयोग गरि उत्खनन गरेको पाइएको छ।

डिभिजन प्रमुख झाका अनुसार नगरपालिकाले प्रारम्भिक वातावरण परीक्षणबिना वन, खोला ठेक्का लगाउन पाउँदैन। ‘मंसिर १५ गतेसम्म नगरपालिकाले प्रारम्भिक वातावरण परीक्षण स्वीकृत गराएको पाइएन,’ झाले भने, ‘नगरपालिकाले चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपसँग ९ महिनाअघि (०७९ चैत ११) ठेक्का सम्झौता गरेको पाइएको छ।’

संविधानको अनुसुची ६ ( १९ ), वन ऐन २०७६, नियमावली २०७९ र प्रदेश वन ऐन, २०७७ बमोजिम वन तथा चुरे क्षेत्रको संरक्षण र संवर्धनको जिम्मेवारी डिभिजन वन कार्यालयको हुन्छ। त्यसैगरी वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ अनुसार पनि चुरे संरक्षित क्षेत्र हो। चुरे संरक्षित क्षेत्रबाट नदीजन्य पदार्थको दोहन तथा उत्खनन गर्न पाइँदैन। ढुंगा, गिठी, बालुवा उत्खनन तथा बिक्रीवितरण मापदण्ड, २०७७ अनुसार पनि नगरपालिकाले लगाएको ठेक्का अवैध छ। र, चाइना कम्पनीले गरेको उत्खनन दण्डनीय छ।

पक्राउ परेका चालकहरूले चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप फिल्ड इन्चार्जले माटोको सतह नआउन्जेलसम्म उत्खनन गर्न भनेको बयान दिएका छन्। स्रोतका अनुसार सेटिङमा नदीजन्य पदार्थ अवैध ठेक्का र उत्खनन भएको छ। डिभिजन वन कार्यालयको हस्तक्षेपपछि अवैध उत्खनन रोकिएको छ।
चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपको अवैध उत्खनन यत्तिमै रोकिँदैन। यो ग्रुपसँग गोलबजार नगरपालिकाले पनि २०७८ असोज १ मा यस्तै सम्झौता गरेको थियो। तर सम्झौताअनुसार पाउनुपर्नेमध्येको साढे ८७ लाख रूपैयाँ नगरपालिकाको खातामा अझैसम्म जम्मा भएको छैन। 

नगरपालिकाले आफ्नो क्षेत्रको गागन खोलाको ६५ हजार घनमिटर नदीजन्य पदार्थ प्रतिघनमिटर १४१ का दरले उठाउने गरी चाइना रेल्वे इन्जिनियरिङ ग्रुप नम्बर २ सँग सम्झौता गरेको थियो। त्यो बेला नगरपालिकाको खरिद एकाइ, राजस्व, जिन्सी, योजना शाखासमेतको जिम्मेवारीमा दिनेशकुमार सहनी थिए। चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले सेटिङ मिलाएर सम्झौताभन्दा बढी नदीजन्य पदार्थ उत्खनन गरेको र सम्झौतामा तोकिएको रकमसमेत मिलेमतोमा हिनामिना गरिएको कर्मचारी स्रोतको भनाइ छ।

कमला नदीबाट ८० हजार घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि २०७८ भदौ १९ गते धनुषाको गणेशमान चारनाथ नगरपालिका र सिरहाको कर्जन्हा नगरपालिकाले चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपसँग ठेक्का सम्झौता गरे। सम्झौतामा तोकिएको क्षेत्रबाट ८० हजार घनमिटर ढुंगा, गिटी, बालुवा उठाई योजनामा प्रयोग गर्न पाउने उल्लेख थियो। तर संकलन गर्ने स्थान तोकिएन र ठेक्केदार कम्पनीले मनपरी नदी दोहन गरी सम्झौताभन्दा कैयौं गुणा बढी नदीजन्य पदार्थ निकालेर लग्यो।

सम्झौताअनुसार २०७८ असोज १ देखि २०७९ जेठ ३० सम्म चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले ८० हजार घनमिटर नदीजन्य पदार्थ संकलन गरी हुन आउने रकमको आधा गणेशमान चारनाथ नगरपालिका र आधा कर्जन्हा नगरपालिकाले पाउने गरी सम्झौता भएको थियो। जसअनुसार कर्जन्हा नगरपालिकाले ८० हजार घनमिटरको प्रतिघनमिटर १ सय ४१ रूपैयाँ १२ पैसाले हुने १ करोड १२ लाख ८९ हजार ६ सयको आधा ५६ लाख ४४ हजार ८ सय रूपैयाँ पाउनुपथ्र्यो।

तर सो कम्पनीले २०७९ जेठ ९ मा ८ लाख ८४ हजार ९ सय ५५ रूपैयाँ र २०७९ असार ३१ मा दुईवटा भौचरबाट ४० लाख गरी जम्मा ४८ लाख ८४ हजार ९ सय ५५ रूपैयाँ मात्र दाखिला ग¥यो। सम्झौताअनुसार ७ लाख ५९ हजार ८ सय ४५ रूपैयाँ अपुग देखिएको छ।

चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपसँग २०७८ भदौ १९ मा ८० हजार घनमिटर ढुंगा, गिटी, बालुवा उठाउने गरी सम्झौता भएकोमा नगरपालिका कार्यालयबाट उत्खनन परिमाणको नापजाँच गर्दा कम्पनीले १ लाख २६ हजार २ सय २० घनमिटर ढुंगा, गिटी बालुवा उठाएको देखियो। तोकिएको परिमाणभन्दा बढी ४६ हजार २२० घनमिटर नदीजन्य पदार्थ दोहन गरिएको प्रारम्भिक नापजाँचमा पाइयो। प्रतिघनमिटर १४१.१२ रूपैयाँका दरले उक्त परिमाणको नदीजन्य पदार्थको मूल्य ६५ लाख २२ हजार ५६६ रूपैयाँ हुन आउँछ।

मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १५ (३) मा मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवाको बिक्री गर्दा कर असुल गर्नुपर्ने व्यवस्था छ।

चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले लहान नगरपालिका–१५ चुरे सिरानको खुट्टी खोलामा तीन वर्षदेखि सेटिङमा अवैध उत्खननको शृंखला चलाउँदै आएको छ। स्थानीय लगनलाल चौधरी भन्छन्, ‘प्रहरी, प्रशासन, समन्वय समिति, नगरपालिका वन सबै गुहार्दा पनि सुनवाइ भएन। यस पटक डिएफओ सुजित झाले आँट गर्नुभयो। उहाँको साथ पाएर हामी हौसिएका छौं। अब यहाँ अवैध उत्खनन हुन दिँदैनौं। पहिला त प्रहरीलाई गुहार लगाउँदा उल्टै थुनिदिन्छु भन्दै चुप बस्न लगाए।’

नदीखोलाको ठेक्का सम्झौता गर्न वातावरणीय अध्ययन प्रतिवेदन अनिवार्य चाहिनेमा त्यसविपरीत सम्झौता गरिएको पाइएको छ। अर्को संकलन क्षेत्र नै नतोकी उत्खनन गर्न पाइँदैन। ठेकेदारले कबोल गरेको सम्झौता रकम पालिकाको खतामा दाखिला गर्नुपर्नेमा नगरिएको, कानुनविपरीत खोला व्यक्तिलाई ठेक्का दिइएको, सेटिङमा खोलानदी ठेक्का लगाएर व्यापक भ्रष्टाचार गरिएको पाइएको लहान नगरपालिका १५ झवाई खोल्सी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष समेत रहेका चौधरीले बताए। सेटिङमा चलेको नदीजन्य पदार्थ उत्खननमा लगाम नलागे दण्डहीनता मात्र बढ्दैन, मानव जीवनसमेत संकटमा पर्नेछ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस