रामजानकी विवाह महोत्सवः आज मुख्य दिन वैवाहिक कार्यक्रम
०१ पौष २०८०
•
२ मिनेट पाठ
रामजानकी विवाह महोत्सवः आज मुख्य दिन वैवाहिक कार्यक्रम
जनकपुरधाममा आज रामजानकी विवाहपञ्चमी धुमधामका साथ मनाइँदै छ। मङ्सिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा रामजानकी विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ।




सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत आज मुख्य दिन हो। आजको दिन भारतको अयोध्याबाट जन्ती आउने र राति विवाह कार्यक्रम सम्पन्न हुनेछ।  

त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको विश्वास गरिन्छ। त्यसैले अहिलेसम्म राम जानकीको डोलालाई स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ।

आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रङ्गभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर कार्यक्रम गरिन्छ।

राम मन्दिरका महन्थ रामगिरी छोरा पक्ष रामका बुबाको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताकी बुबा राजा जनकको भूमिकामा हुन्छन्।

स्वयम्बर पश्चात दुवै डोला नगरपरिक्रमा गरी जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार राम र जानकीको विवाह सुरु हुनेछ। यहाँ बनाइएको विवाह मण्डपमा मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह हुने गर्दछ।

राम र जानकीको विवाह उत्सवमा सहभागी हुन नेपालसहित भारत र अन्य मुलुकबाट पनि श्रद्धालुहरू जनकपुर पुगेका छन्।

आज छैटौं दिन रामाजानकीको विवाह पश्चात भोलि रामकलेवा अर्थात् जन्तीको विदाई गरी विधिवत रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ।

यसपटक विवाह महोत्सवको मुख्य आकर्षक अन्नले बनेको ११ हजार स्क्वायर फिटको रामजानकीको मुर्ति पनि रहेको छ।

विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।  
अर्को समाचार
मधेसमा दुई दिन होली
१२ चैत्र २०८०
•
४ मिनेट पाठ
मधेसमा दुई दिन होली
रामजीके हाथ कनक पिचकारी...




सीयाजीके हाथ अबिरझोरी... मिथिलामे

मिथिलामा राम खेले होरी... मिथिलामे...

मिथिलाञ्चलमा श्रीपञ्चमीदेखि फागु गीतको शृंखला सुरु भएपनि होली आजबाट मात्रै सुरु भएको छ। त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।

‘कञ्चनवन राम खेले होरी कञ्चनवन...’ आइतबार मिथिला माध्यमिकी परिक्रमामा सहभागी नेपाल तथा भारतका मिथिलाञ्चलवासीले धनुषाको कञ्चनवनमा होलीका यस्तैयस्तै गीतमा होली खेलेर त्रेतायुगको सम्झना गरे। सहभागीहरूले एकअर्कालाई रङ–अबिर लगाएर मिथिलामा होली पर्वको स्वागत गरे। फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुग्ने गर्छ। परिक्रमामा सहभागी हुनेहरूले होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ। यसपाली मधेस प्रदेशमा सोमबार र मंगलबार दुई दिन होली मनाइँदै छ।

जगाउँदै जोगिरा

‘कौन ताल पर ढोलक बाजे, कौन ताल मृदंग

कौन ताल पर गोरिया नाचे कौन ताल पर हम’

जोगिरा सरररर...

श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत हो यो। गाउँटोल घुमेर फागु पर्व आएको जनाउ दिँदै नाचगान गर्दा बढी प्रयोग हुने यो गीत अचेल उति सारो सुनिँदैन। यो गीत गाउँदा बजाइने ढोल, मृदंग, डम्पा, झालीजस्ता बाजा अचेल दुर्लभ भए। फागु पूर्णिमाको पहिलो दिन चतुर्दशीको रात पौराणिक पात्र होलिकालाई परम्परागत बाजा बजाउँदै ‘होलिका दहन’ गर्ने परम्परा छ।

पहिले र अहिलेको होलीमा धेरै फरक आइसक्यो। नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले यसपाली मौलिक जोगिरालाई जिवन्त बनाउन पहल सुरु गरेका छन्। यादव सम्झन्छन्, ‘वसन्तपञ्चमीका दिनदेखि नै हामी दिवाना हुन्थ्यौं।’ अचेल जबर्जस्तीको पर्वजस्तो हुन थालेकोप्रति उनले चिन्ता व्यक्त गरे। मौलिकता हराएर विकृति आएको भन्दै उनले नयाँ पुस्तालाई होलीको सांस्कृतिक महत्व बुझाउन मौलिक होली सुरु गरेका छौं।’ खेल्ने तरिका, खानपान सबै फेरियो,’ यादवले भने, ‘विगतमा गाउँबस्तीमा रहेका सबैजना भेला भएर खेलिन्थ्यो यसपाली गाउँका मान्छे बटुलेर एक ठाउँ भेला भएर होलीको मौलिकता पूर्नजीवित बनाउँदै छौं।’

होली विशुद्ध आध्यात्मिक र सांस्कृतिक पर्व भएको सिरहा गोलबजारका ७० वर्षीय झमन यादव बताउँछन्। सानो छँदा बाँसको पिच्करी बनाएर खेलेको होली सम्झँदै उनले भने, ‘अचेल उबेलाको जस्तो रमाइलो छैन, संस्कृतिमा विकृति मिसिएको छ।’ गाउँले भेला भएर डम्फा (डम्फु), ढोलकजस्ता बाजा बजाउँदै होली गीत गाएर होली मनाउने गरेको उनले सम्झे। ‘जोगिरा गाएर घरघर पुग्ने गरिन्थ्यो,’ उनले भने, ‘अग्रजले आशीर्वाद दिन्थे, उमेरदारहरू साथ लागेर नाचगान गर्थे।’

सूर्यनारायण सत्यनारायण मरवैता यादव क्याम्पस सिरहामा मैथिली भाषाका प्राध्यापक उमेशकुमार झाका अनुसार बढ्दो आधुनिकता, मानिसमा व्यस्तता, सहरमुखी प्रवृत्ति, पुराना संस्कृतिको प्रर्वद्धनमा बेवास्ताले होलीजस्ता मौलिक पर्वमा आकर्षण घट्दै गएको छ। संस्कृति, संस्कारप्रति घट्दो आकर्षण बढाउन युवाहरू जागरुक हुनुपर्ने उनको भनाइ छ।

मिथिलामा मौलिक होली

फागु पर्वमा सहभागी हुन नवविवाहिताहरू माइती आउँछन्। ज्वाइँलाई पनि पहिलो फागु खेल्न निम्तो पठाइन्छ। मिथिलाका सबै सांस्कृतिक पर्वमा महिलाको महत्वपूर्ण भूमिका हुन्छ। महिला सहभागिताबिना होलीको कल्पनासमेत गर्न नसकिने मिथिला संस्कृतिका जानकार झा बताउँछन्। मिथिलाको होली घरमुली महिलाको पूजाबाटै सुरु हुन्छ। मालपुवा, खिरजस्ता  परिकारहरू घरगोसाइँ (कुल देवता) लाई प्रसादका रूपमा अर्पण गरिन्छ। सँगै रङ–अबिर पनि पतल (प्रसाद) मा राखिन्छ। घरमुली महिलाको पूजा सकेपछि बल्ल होलीको उमंग सुरु हुन्छ।

एक दशकअघिसम्म मिथिलाञ्चलका टोलटोलमा वसन्त पञ्चमी (सरस्वती पूजा) सँगै राति फागु गीत गाइन्थ्यो। ग्रामीण इलाकाबाट लोप हुन लागेको फागु गीतलाई जगेर्ना गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् जनकपुरधामले (मिनाप) विगत अढाई दशकदेखि  होरी महोत्सवको आयोजन गर्दै आएको छ। फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजन हुने दुई दिवसीय होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ। गीत–संगीतमा धनी तराई–मधेसको होलीमा आजकाल धेरै ठाउँमा ‘लाउडस्पिकर’ मा गीत बजाउने चलन आइसकेको छ। तर कतिपय स्थानमा आफैंले गीत गाउँदै रमाइलो गर्ने परम्परा अझै देखिन्छ।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस