उमेरले ७० वर्ष पुगेकी सानुमैंया क्षेत्री नागरिकताका लागि भौँताराएकी निकै वर्ष भयो। काठमाडौंको चण्डोलमा बस्दै आइरहेकी क्षेत्रीको जन्म काभ्रेमा भएको थियो। सानै उमेरमा आफ्नो आमा बुबा गुमाएकी उनी कामको खोजीमा राजधानी आइन्।
त्यसपछि उनले काठमाडौंमा घरेलु काम गर्न थालिन्। यस क्रममा काभ्रेकै एक युवकसँग उनको विवाह भयो। लगत्तै उनको दुई सन्तान भए।
छोराहरू सानै छँदा उनलाई श्रीमान्ले छाडेर भागे। उनलाई श्रीमान्ले घर पनि लागेका थिएनन्। उनीहरु चण्डोलकै एक घरमा बस्दै आएका थिए। घर थाहा नभएकाले उनी गाउँ पनि जान सकिनन्।
उनले आफैं काम गरेर भएपछि छोराहरू हुर्काइन र पढाइन पनि। लोग्ने आउलान् भन्ने आशामा उनले चण्डोलको पुरानो घर अहिलेसम्म छोडेकी छैनन्।
सानुमैंयाको आमा बुबाको सानैमा मृत्यु भएकोले उनको नागरिकता बनाइदिने कोही थिएनन्। विवाह पछि श्रीमान् पनि बेखबर बने। आफ्नो नागरिकता नभएपछि उनका छोराहरुको नागरिकता बन्न पनि सम्भव भएन।
छोराहरू हुर्केपछि पढ्न होस या जागिर खान पाइलै पछि नागरिकताको खोजी भयो। नागरिकताको अभावमा हरेक अवसरबाट वञ्चित हुनु परेपछि छोराहरू आक्रोशित बने। बुवा खोजेर नागरिकता बनाउँछु भन्दै उनीहरुले घर छोडेर गए। छोराहरुले पनि छोडेर गएपछि सानुमैंया सधैको लागि एक्ली बनेकी छिन्।
यो घटना थाहा पाएपछि स्थानीयको सहयोगमा नागरिकताको लागि पहल सुरु भयो। चालिस वर्षदेखि चण्डोलमै बस्दै आएको कारण वडाले उनको नागरिकताको लागि सिफारिस पनि गर्यो। सिफारिस पछि पनि आवश्यक कागजात नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई नागरिकता दिएन।
नागरिकता नपाएपछि महिला अधिकारकर्मी मार्फत उनी महिला तथा कानुनी मञ्चमा पुगिन। मञ्चले सर्वोच्च अदालतमा मुद्दा दायर गर्यो। गत वर्ष पुसमा सर्वोच्च अदालतले निजलाई नागरिकता दिनु भनी आदेश गर्यो। यो आदेश पत्र लिएर उनी जिल्ला प्रशासन कार्यालयमा पुगिन्। तर अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन्।
यस्तै नेपाली आमाकै छोरा भएर पनि नागरिकता नपाएर हैरानी खेपिरहेका छन् पुरानो कालीमाटीका ३१ वर्षीय अविनाश थापा।
उनको पनि आमा बुवा बेपता छन्। मामाले उनको जन्मको सनाखत गरिदिए। वडाले सिफारिस दियो। तर प्रशासन कार्यालयले नागरिकता नदिएपछि उनी आफ्नै देशमा अनागरिक बनेका छन्।
त्यसपछि उनले महिला तथा कानुनी मञ्च मार्फत सर्वोच्च अदालतमा नागरिकता पाउँ भनी मुद्दा दायर गरे। गत वर्ष पुसमै उनलाई पनि सर्वोच्चले नागरिकता दिन आदेश दिएको थियो। तर सर्वोच्चको आदेश पत्र लिएर जाँदा समेत उनलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन सकेको छैन।
भक्तपुर गठ्ठाघरकी २४ वर्षीय नेहा थापाले नागरिकताकै लागि धाउन थालेको ६ वर्ष भइसकेको छ। उनी कलेज तहको पढाइमा थिइन। भनेकै बेला नागरिकता नबनेपछि जिल्लाको सिफारिस लिएर काम चलाइन।
जब गत वर्ष सिभिल इन्जिनियरिङ उर्तिण गरिन। उनलाई जागिरमा नागरिकताले समस्या पार्यो। यसपछि उनी महिला तथा कानुन मञ्चको सहारामा पुगिन। मञ्चको पहलमा गत वर्ष सर्वोच्च अदालतमा नागरिकता पाउँ भनी नेहा र उनको बहिनीको नाममा मुद्दा दायर भयो। अदालतले गत असारमा नागरिकता दिनु भनी आदेश जारी गर्यो।
यही आदेश सहित आवश्यक कागजात लिएर नेहा र उनकी बहिनी निष्ठा थापा जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगे। तर कार्यालयका कर्मचारीले नागरिकता दिन मानेनन्।
यी प्रतिनिधि घटना महिला तथा कानुनी मञ्चले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जानकारी दियो। पीडितहरुलाई नागरिकता तथा व्यक्तिगत घटना दर्ताको विषयमा सरोकारवालाहरुसंग साक्षात्कार गर्न कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक सरोज रेग्मीले कार्यान्वयनको लागि पहल गरे पनि कतिपय घटनामा अन्य निकाय तथा घटनाको प्रकृति अनुसार ढिला हुने गरेको बताए।
कार्यक्रमका सहभागीहरुले निर्देशनालयको प्रभावकारी भूमिकाले नागरिकताको फैसला छिटो सम्भव भएको र त्यो अनुसार पहल गर्न अनुरोध गरे।
यी प्रतिनिधि घटना बाहेक लैगिंक अल्पसंख्यक, बुबा बेपत्ता भएका सन्तान, एकल आमाका छोराछोरीहरू नेपालमा जन्मेर पनि अनेक कारणवश नागरिकता पाउन नसकेको जस्ता घटनाहरु रहेको महिला तथा कानुनी मञ्चले उक्त कार्यक्रमका जनाएको छ।
मञ्चमा नेपालमै जन्मेर लामो समय नेपालमै बस्दै आए पनि विभिन्न कारणले नागरिकता पाउन नसकेका गुनासा धेरै आउने गरेको अधिवक्ता सुष्मा गौतमले बताइन।