‘सास छहन्जेल आस गर्नुपर्छ’ भन्ने नेपाली मान्यताको कसीमा सुनसरी इनरुवा वडा नं. ३ का ३० वर्षे प्रताप सदाको जीवनमा हुबाहु लागू भएको छ। पाँच दिनअघि सिकिस्त बिरामी भएर आस मारी सकेका प्रतापको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ।
तथापि चिकित्सकको गलत मार्ग निर्देशनले उनका परिवारले आस मारी सकेका थिए। आइतबार साँझ नै दाहसंस्कार गर्नका लागि सामानको जोहो समेत गरेका थिए। अन्ततः प्रताप सुरुवातमा बिरामी हुँदाभन्दा यति बेला स्वास्थ्यमा सुधार भएर जीवितै छन्।
घटनाक्रम अनुसार प्रताप शुक्रबार बिरामी भएका थिए। उनी ट्रकमा सामान अनलोड गर्दागर्दै ढलेका थिए। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इनरुवा भर्ना गरिएको थियो।
त्यहाँ उपचार सम्भव नहुने बताएपछि कोशी अञ्चल अस्पताल विराटनगर लगियो। त्यहाँ पनि आइसियु चाहिने हुँदा अन्यत्र लान अस्पताल प्रशासनले सुल्झायो। परिवारका सदस्यले विराटनगरकै न्यूरो मेट्रो अस्पताल लगे।
‘आइसियूमा राख्दा दिनको पाँच हजार र रातको पाँच हजार खर्च लाग्ने भनेपछि त्यहै उपचार गर्न थाल्यौं,’ प्रतापकी श्रीमती सीताले भनिन, ‘आर्थिक अवस्था दयनीय भएकाले गर्दा खर्चका लागि आफ्नो गाउँका गाउँलेलाई फोन गरेर चन्दा माग गर्न थालियो।’
सीताले गाउँलेसमक्ष चन्दा माग गरि रहँदा अस्पतालबाट उपचार खर्च माग भयो। तर, तत्काल दिन सक्ने अवस्था थिएन। किनकि सीताको आफन्त र आफ्नो भनेकै गाउँले थिए। गाउँलेले संकलन गरेको चन्दा सीतालाई पठाई सकेका थिएनन्।
‘पैसा दिन ढिलाइ भएपछि डाक्टरले तपाईँको बिरामी बाँच्दैन, छिटो पैसा तिर्नुहोस् नत्र मुर्दाघरमा लगेर राख्छौं। अनि पैसा बुझाएपछि मात्र दिन्छौ भन्नुभयो,’ सीताले भनिन, ‘अन्तिममा गाउँलेले पैसा पठाई दिएपछि अस्पताल र औषधी पसल दुवैलाई धेरै बिन्ती गरेर जम्मा ५० हजार पैसा तिरेर घर ल्यायौं।’
उनका अनुसार डाक्टरले बिरामी बाँच्दैन भनेका आधारमा गाउँलेले दाहसंस्कारका लागि चाहिने सबै सरसामान घरमा खरिद गरेर राखेका रहेछन्। न्यूरो मेट्रो अस्पतालमा शनिबारदेखि भर्ना गरेर प्रतापलाई आइतबार दिउँसो डिस्चार्ज गरेर घर ल्याइएको थियो।
‘अस्पतालबाट आस मारेर घरमा ल्याएको बिरामी फेरि सबैले उपचार गर्नुपर्छ भनेपछि यति बेला इनरुवा अस्पतालमा उपचार भइरहेको छ,’ प्रतापकी श्रीमती सीताले भनिन्, ‘अहिले त मेरो श्रीमान्ले झोलिलो कुरा थोरै थोरै खानुहुन्छ।’ उनको बिरामी भएदेखि यता केही सञ्चार माध्यममा मृत्यु भएको र केहीमा मृत्यु भएको छैन भन्ने समाचार पनि प्रकाशन/प्रसारण भए।
‘प्रतापको अवस्था क्रिटिकलबाट निकै सुधार भइसकेको छ,’ जिल्ला अस्पताल इनरुवाका डाक्टर मुकेशकुमार साहले भने, ‘उहाँ (प्रताप) को दिमागको झिल्लीमा संक्रमण भएको हुन सक्छ, यसका लागि ढाडबाट पानी निकालेर परीक्षण गर्नुपर्ने हुँदा त्यो परीक्षण इनरुवामा सम्भव नभएकाले गाह्रो भइरहेको छ।’ अर्कातर्फ फोक्सोमा पनि समस्या छ। फोक्सोभन्दा दिमागको झिल्लीको संक्रमण जटिल हो।
यद्यपि, अस्पतालको स्रोत र साधनले भ्याएसम्म प्रतापको सम्पूर्ण सेवा निःशुल्क प्रवाह गरि उपचार भइरहेको जानकारी दिइयो। अस्पताल प्रमुख श्रेया पङ्गेनीले पनि इनरुवा अस्पतालले धान्ने सम्पूर्ण उपचार निःशुल्क हुने र ठूलो अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेमा त्यहाँ पनि जिल्ला अस्पतालको सिफारिसमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइने बताइन्।
प्रताप र उनकी श्रीमतीले दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका थिए। परिवारमा चार जना छोराछोरी र श्रीमान्–श्रीमती छन्।
‘प्रताप र उनकी श्रीमतीले छोराछोरी पाल्ने एक मात्र आधार उनीहरुको ज्यान मात्र थियो, अहिले प्रताप बिरामी भएर बिजोग अवस्था,’ इनरुवा बसपार्क चोकमा होटल सञ्चालन गर्ने मुना महतले भनिन, ‘आयूको छोरालाई वायूले खाँदैन भन्ने प्रताप उदाहरण हुन्।’
उनका अनुसार गाउँलेले प्रतापलाई सक्दो सहयोग गरेका छन्। इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी र प्रदेश सांसद डाक्टर इसरायल अन्सारीले पनि प्रतापको उपचारका लागि सहयोग गर्दै आएका छन्।