सर्वोच्चमा प्रस्तावित न्यायाधीशद्वय ढुंगाना र सुवेदीमाथि गम्भीर अपराधका घटनामा संलग्न भएको आरोप
२४ मंसिर २०८०
•
२ मिनेट पाठ
सर्वोच्चमा प्रस्तावित न्यायाधीशद्वय ढुंगाना र सुवेदीमाथि गम्भीर अपराधका घटनामा संलग्न भएको आरोप
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश द्वय टेकप्रसाद ढुंगाना र शारंगा सुवेदी उच्च अदालतको न्यायाधीश पदमा रहँदा गैर कानुनी फैसला गरेको उजुरीकर्ताहरूले आरोप लगाएका छन्।




आज आइतबार सर्वोच्च अदालतमा प्रस्तावित ६ जना सर्वोच्च अदालतका न्यायाधीशबिरुद्ध परेको उजुरीमाथिको छलफलमा भाग लिँदै उजुरीकर्ता पुष्पप्रसाद गुरागाईँले संविधान र कानुन विपरीत उच्च अदालत पाटनमा रहँदा ढुङ्गानाले भन्सारको मुद्दा, चमेलियाको मुद्दामा राज्यलाई करोडौँ नोक्सान बनाएर मुद्दा फैसला गरेकाले उनको नाम सर्वोच्च अदालतको न्यायाधीश पदका लागि अनुमोदन नगर्न संसदीय समितिका सदस्यहरूलाई आग्रह गरे।

उजुरीकर्ता गुरागाईँले भने, ‘धरौटी नराखी दर्ता भएका भन्सारको मुद्दा फैसला गर्दा २८ करोड १७ लाख २६ हजार ७३३ रुपैयाँ राजस्व खातामा दाखिला नभई निर्णय बदर भएको छ। नेपाल सरकारले अधिकार प्रत्यायोजन गरेको प्रमाण मिसिल रहँदारहँदै चमेलियाको फैसला गर्दा ३७ करोड ९७ लाख ११ हजार २१ रुपैयाँ फैसला गर्दा नेपाल सरकारलाई नोक्सान भएको छ। 

उहाँबाट यी फैसलाहरू पुनः हेर्ने उहाँ आफैँले त हेर्न मिल्दैन। त्यसैले यस्ता मुद्दाको पुनरावेदन समेत सर्वोच्चबाट हुने अवस्था नरहेकाले उहाँलाई न्यायाधीश पदमा नियुक्ति गर्न मिल्दैन भन्ने मेरो उजुरी हो। संविधान, कानुनमा भएका कुरालाई पनि तलमाथि पारेर उहाँले मुद्दा फैसला गर्ने गम्भीर त्रुटि गर्नुभएकाले उहाँको नियुक्ती अनुमोदन नहोस् भनेर हार्दिक अनुरोध गर्दछु।’

अर्का उजुरीकर्ता चिरिञ्जीविभक्त पौडेलको तर्फबाट बोल्दै खडकभक्त पौडेलले राकेशभक्त पौडेल हत्याकाण्डको फैसलामा पीडित पक्षको समेत सुनुवाइ नगरेकाले सारंगा सुवेदीलाई पनि सर्वोच्च अदालतको न्यायाधीशमा गरिएको सिफारिस अनुमोदन नगर्न समिति समक्ष आग्रह गरे। उनले ३३ किलो सुन प्रकरणका अभियुक्तलाई रिहा गर्ने फैसला पनि सुवेदीले गरेको आरोप लगाए।

उजुरीकर्ता पौडेलले भने, ‘३३ किलो सुन तस्करीका अभियुक्तलाई रिहा गर्ने उहाँको छवि रहेछ। त्यसमा सर्वोच्च अदालतले बोलाएर उहाँलाई हाजिर गराएर प्रारम्भिक कारबाही पनि गरेको रहेछ। राकेशभक्त पौडेल हत्याकाण्डमा पीडित र जनप्रतिनिधिहरूको हस्ताक्षर समेत नगराई, हामीलाई सोधपुछ समेत नगराई सो मुद्दाको फैसला गर्नुभएको छ।’

सर्वोच्च अदालतका लागि ढुंगाना, सुवेदीसहित ६ जना न्यायाधीश न्यायपरिषद्ले सिफारिस गरेको थियो। उनीहरुविरुद्ध १० वटा उजुरी संसदीय सुनुवाइ समितिमा परेको थियो। सो उजुरीमाथि छलफल सकिएको छ। संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। समितिको अर्को बैठक मंसीर २९ गते बिहान ११ बजेका लागि बोलाइएको छ।
अर्को समाचार
मेलमिलाप आयोगमा टुटुको प्रयोग
२५ पौष २०७८
•
७ मिनेट पाठ
मेलमिलाप आयोगमा टुटुको प्रयोग
यही पुस ११ गते दक्षिण अफ्रिकाका रंगभेदविरुद्धका एक महान् योद्धा आर्चविसप डेस्मन्ड टुटुको नब्बे वर्षको उमेरमा क्यान्सरबाट निधन भयो। हरेक ब्यक्तिको स्वतन्त्रता, आत्मासम्मान तथा मानव अधिकारका पक्षमा समेत वकालत गरेका टुटुको अन्त्येष्टि करिब सय जनाको उपस्थितिमा नव वर्ष २०२२ को पहिलो दिन केप टाउनमा सम्पन्न भयो। उनको इच्छानुसार अत्यन्त कम खर्चमा प्राप्त हुने सल्ला काठको बाकसमा उनको पार्थिव शरीरलाई सुताएर राखिएको थियो अन्तिम श्रद्धाञ्जलीका लागि।




सरल तथा सादगीपूर्ण जीवनशैली अपनाएका उनी यस संसारबाट बिदा हुने अन्तिम भौतिक यात्रासमेत समान्य ढंगबाट होस् भन्ने चाहन्थे र त्यसैगरी भयो पनि। तिनले प्राप्त गरेका ख्याति तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको छवि उनमा रहेको उच्च नैतिक बलबाट आर्जन भएको मान्न सकिन्छ।

सधैँभरि मानवता, अहिंसा र शान्तिको वकालत गरे एवं यसमा अटुट विश्वास राखे। यसबाट १९८४ मा नोबेल शान्ति पुरस्कारबाट उनी सम्मानित भए। संयम, निडर, प्रभावकारी व्यक्तित्व कला भएका एक व्यावहारिक व्यक्ति उनी थिए।सन् १९९७ मा दक्षिण अफ्रिकाको केप टाउनमा एम्नेस्टी इन्टरनेसनलको विश्व सम्मेलन (इन्टरनेसनल काउन्सिल मिटिङ) आयोजना भएको थियो।

यस संस्थाको तत्कालीन नेपालको अध्यक्ष भएका नाताले म उक्त सम्मेलनमा भाग लिन पुगेको थिएँ। त्यसको उद्घाटन समारोहका प्रमुख अतिथि डेस्मन्ड टुटु नै थिए। उनी सधैँ एम्नेस्टीका समर्थक रहँदै आएका थिए। त्यस कार्यक्रमको सम्बोधनका क्रममा हँसौली पाराले उनले भनेका थिए– सार्वजनिक स्थानतिर घुमफिर गर्दा कतिपय मानिसले मलाई ‘हलो मन्डेला’ भनेर बोलाउने गर्छन्।

अर्थात त्यसबेला अफ्रिकी जनतामा मन्डेलाको लोकप्रियताको एक उदाहरण यस भनाइबाट उनले राखेका थिए। मन्डेलाको प्रशंसा तथा ख्याति सरल शब्दमा चित्रण गर्ने कुशलता उनले देखाएका थिए। तर रंगभेदविरुद्धको आन्दोलनमा विश्व प्रसिद्धि पाए पनि आफूले पुर्‍याएको योगदानका बारेमा टुटुले चर्चा गरेनन् त्यस समारोहमा।

यस संघर्षको श्रेय त्यहाँका नागरिक, ३० वर्ष कठोर कारागारको जीवन विताएका नेल्सन मन्डेला, एम्नेस्टी इन्टरनेशनल लगायतले सहयोगी भूमिका निर्वाह गरेका विश्व समुदायलाई दिएका थिए। यसबाट उनको विनम्र स्वभाव, विशेषगरी मन्डेलाप्रतिको उच्च सम्मानका साथै धरातलीय ब्यक्ति भएको परिचय उनले दिएका थिए।

भनिन्छ, दक्षिण अफ्रिकाको १९६० को सर्पेभिल सहरमा भएको हृदयविदारक नरसंहारपश्चात धर्मप्रतिको लगाव र रंगभेदविरुद्धको लडाइँलाई कसरी जोड्ने भन्ने दुविधामा उनी थिए। तथापि मानवताका मूल्य– मान्यतालाई राजनीतिभन्दा माथि राखेर रंगभेदविरुद्धमा उनी जुटे। त्यहाँका चर्च समुदायको अग्रमोर्चामा रहेर नेतृत्व गरे। त्यसबेला आवतजावत सीमित गर्ने अश्वेत लक्षित आन्तरिक पासपोर्ट ‘पास कानुन’ को व्यापक विरोध भएको थियो।

यसबाट शान्तिपूर्ण ढंगबाट करिब ७ हजार नागरिक सर्पेभिल सहरको सडकमा उत्रिए। यस जुलुसमाथि अन्धाधुन्दा गोली चल्यो। यसबाट १० बच्चा, ८ महिला सहित ६९ जना अश्वेत नागरिकको ज्यान गयो जसमा १८० जना (१९ बालबालिका र ३१ महिलासहित) घाइते भएका थिए। त्यस परिदृष्यले राष्ट्रलाई स्तब्ध पार्‍यो। टुटुलाई नछुने कुरै भएन। यस घटनाबाट रंगभेदी शासनको संवेदनहीनता, त्यहाँ भइरहेका चरम दमन तथा क्रूरताको उदाहरण विश्वसामु उजागर भएको थियो।

अत्यन्तै विपन्न परिवारमा जन्मिएका टुटु १९८५ मा जोहन्सबर्गको ‘विसप’ मा नियुक्ति र त्यसको १ वर्षपछि केप टाउनको ‘आर्चविसप’ (दुवै पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति) भएर ख्याति कमाए। उनी एक कुशल तथा प्रभावकारी सार्वजनिक वक्ता पनि थिए।

एक साधारण शिक्षण पेसाबाट सुरुवात उनको जीवन यस पद र कुशल व्यक्तित्व कलाको उपयोग गरेर रंगभेदी शासनका विरुद्ध अझ सशक्त भएर बोल्न थाले। उनको बोलीले देश–विदेशमा अर्थ राख्न थाल्यो। यसअघि नेल्सन मन्डेलाको दल अफ्रिकन नेसनल काँग्रेससँगको संपर्क (एएनसी) मा उनी रहिसकेका थिए। कारागार जीवन बिताएका नेल्सन मन्डेलासँग रंगभेदविरुद्धको संघर्षको विषयमा सूचना आदान–प्रदानसमेत हुने गरेको थियो।

१९८१ मा युरोप भ्रमणबाट फर्केपछि ‘विश्व समुदायलाई झुटा प्रचार गरेको’ आरोपमा उनको ‘पासपोर्ट’ तत्कालीन बोथा सरकारले जफत गरेको थियो। यसको निन्दा तथा ध्यानाकर्षण विश्वभर भयो। रंगभेदविरुद्धको संघर्षलाई यस घटनाले विश्वको थप साथ प्राप्त भयो।

उनी विश्व समुदायसमक्ष साउथ अफ्रिकाको रंगभेद शासनविरुद्ध राजनीतिक तथा आर्थिक प्रतिबन्ध (स्यानसङ) लगाउने पक्षमा पैरवी गर्दै आएका थिए। त्यस समयमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनकोे ‘रचानत्मक सहकार्य’ रणनीतिलाई उनले सार्वजनिकरूपमा सशक्त आलोचना गरेका थिए।

१९९० मा नेल्सन मन्डेला जेलमुक्त भएपछि टुटु र उनीबीचको सहकार्य बढेको थियो। त्यहाँको राष्ट्रिय चुनावमा मन्डेलाको एएनसीले विजय हासिल गरेपछि टुटुलाई सन् १९९६ मा सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाइयो। रंगभेदकालमा भएका घटनामा प्रतिशोधात्मक न्याय नभई ‘पुनर्स्थापित न्याय’ को बाटो अपनाउने लक्ष्य लिएर यसको कार्यभार सम्हाले। पीडकले सत्य उजागर गरेर क्षमा लिन पाउने औचित्य सावित भएमा क्षमा प्रदान गर्ने अधिकारसमेत आयोगको थियो।

मानव अधिकार हनन् तथा ज्यादतीमा ‘सत्य खोजी’ का सन्दर्भमा राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रसारणसमेत त्यहाँ भएका थिए। यस क्रममा टुटुबाट प्रकट भएका अभिव्यक्ति तथा भावुकताबाट ‘पीडितका पीडा’ लाई उनीमार्फत राष्ट्रले आत्मासात गरेको प्रतिविम्बित गराएका थिए। यस प्रक्रियामा ७१११ ले (निवेदन फिर्ता संख्यासमेत) क्षमादानका लागि परेका आवेदनमा ८४९ ले यसबाट लाभ लिए भने ५३९२ का निवेदनलाई अस्वीकृत गरिएको थियो।

यो शान्ति प्रक्रियाको ‘मोडल’ विश्वमा चर्चाको विषय बन्यो। यसको ‘न्यारेटिभ’ (कथा) राजनीतिकरूपमा सफल प्रक्रिया मानियो। यसकारण पनि द्वन्द्वपश्चातका धेरैजसो मुलुकका प्रमुख राजनीतिक तथा सामाजिक खेलाडीहरूले यस देशको अध्ययन भ्रमण गर्ने गरेका छन्। त्यसको अपवाद नेपाल रहेन।

दश वर्षे सशस्त्र द्वन्द्वपश्चात शान्ति प्रक्रियामा प्रवेश गरेपछि यस मुलुकको भ्रमण गर्न नेपालबाट लर्को लाग्यो। पछिल्लो पटक राष्ट्रिय मानव अधिकार आयोगका निवर्तमान पदाधिकारीहरूले पनि यस देशको भ्रमण गरे। तथापि यी भ्रमणबाट के/कति सिकाइ भए अहिलेसम्म कसैले सार्वजनिक गरेका छैनन्। त्यस प्रक्रियाभित्र रहेका पीडा खुलासा गरेका छैनन्।

स्मरण रहोस्, यस आयोगका काम/कारबाहीमा व्यापक आलोचनासमेत भएका छन्। यस प्रक्रियाप्रति असन्तुष्ट भएर धेरै पीडितले आन्तरिक तथा अमेरिकी अदालतमा उजुरी हालेका छन्। किनभने यसमा मेलमिलापको पूर्वसर्त न्याय हुनुपर्नेमा पीडितहरूको जोड थियो। तर यस प्रक्रियाले पीडकको पक्ष बढी लिएको र तिनलाई जवाफदेही नबनाएको आलोचकले बताएका छन्।

धेरैजसो अश्वेत नागरिकले आयोगले प्रदान गरेका क्षमादानप्रति आक्रोश पोखेका छन्। दण्डहीनता मौलाउँन दिएको ठानेका छन्। सत्य–तथ्य उजागर भएको प्रतिफल पीडितले नपाएको गुनासो गरेका छन्। पीडितको न्यायको अधिकार अपहरणमा परेको महसुस गरेका छन्। १९९८ को ‘सेन्टर फर स्टडी अफ भोइलेन्स एन्ड रिकन्सिलेसन’ एवं ‘खुलुमानी सपोर्ट ग्रुप’ का अध्ययन प्रतिवेदनले अश्वेत तथा श्वेत समुदायबीच मेलमिलाप गराउन आयोग असफल भएको निष्कर्ष निकालेका छन्। यसको उद्देश्य पूरा नभएको ठहर गरेका छन्।

दश वर्षे द्वन्द्वकालका घटनालाई संबोधन गर्न नेपालमा पनि सत्य निरूपण तथा बेपत्तासम्बन्धी छानबिन आयोग गठन भएको सात वर्ष पुगिसकेको छ। यी आयोगले न सत्य उजागर गर्न सकेका छन् न त कुनै पीडकको पहिचान गर्न नै चाहेका छन्। शान्ति प्रक्रियाको १५ वर्षमा पनि द्वन्द्वपीडितका पीडा आत्मसात भएको छैन।

यो प्रक्रिया अधुरो छ र राजनीतिको बन्धक भएर बसेको छ। सत्ता जोगाउने र ढाल्ने खेलको प्रयोग भएको छ। पीडकका लागि रक्षाकवच बनेको छ। यसैबीच माओवादी लडाकुको नेपाली सेनामा समायोजन तथा दोस्रो संविधानसभाबाट संविधान जारी भयो। राजनीतिक मुद्दा संबोधन भए तर द्वन्द्वपीडितका सत्य, न्याय तथा परिपुरणका अधिकार नजरअन्दाज गरिएको छ। न्याय नदिने रणनीति लिइएको छ। यी दुवै आयोग ‘न्याय अवरोध गर्न’ सरकारले खडा गरेको देखिएको छ।

किनभने शान्ति सम्झौताले ६ महिनामा गठन हुने भनिएका आयोग द्वन्द्वपीडित एवं अधिकारवादी समुदायहरूको प्रक्रियामा असहमति रहँदारहँदै ८ वर्षपछि बन्यो। यिनको कार्यकाल दुई वर्ष तोकिए पनि कामै नगरी सात वर्ष बिताइसकेका छन्। राज्यको बहुमूल्य समय, पैसा तथा जनशक्तिको चरम दुरूपयोग भएको छ। 

गम्भीर अपराधमा संलग्न भएका व्यक्तिलाई संरक्षण प्राप्त छ। दण्डहीनताले निरन्तर प्रश्रय पाएको छ। गम्भीर अपराधमा क्षमादान नहुने गरी ऐन संशोधन गर्न सर्वोच्च अदालतले दिएको आदेश ७ वर्ष भयो सरकारले अवज्ञा गरेको। ऐनको सुधारका लागि राष्ट्र संघबाट प्राप्त प्राविधिक टिप्पणी समेतलाई नजरअन्दाज गरिएको छ। तथापि विडम्बना, लोकतन्त्र र मानव अधिकारको हिमायती भएको दाबी नेपाल सरकार निरन्तर गर्दै आएको छ। 
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस