जन्मकैदको फैसलाले पीडित आमाहरूको अनुहारमा छाएको खुशी...
२० मंसिर २०८०
•
३ मिनेट पाठ
जन्मकैदको फैसलाले पीडित आमाहरूको अनुहारमा छाएको खुशी...
सोती घटनामा मारिएका गणेश बुढाकी आमा, लोकेन्द्र सुनारकी आमा, गोविन्द शाहीकी आमा र सञ्जु विककी आमा क्रमशः बायाँबाट दायाँतर्फ।
अन्तर जातीय प्रेम र विवाहको विषयलाई लिएर हत्या गरिएका जाजरकोटका नवराज विककी आमा उर्मिला विश्वकर्मा गत शनिवारदेखि जिल्ला अदालत रुकुम पश्चिमको गेटमा धर्नामा बसेकी थिइन्।




२०७७ जेठ १० गते छोराको हत्या भयो। कात्तिक १७ गतेको भूकम्पले घर भत्कायो। छोराको न्याय माग्दै जाजरकोटबाट रुकुम आएकी उर्मिलासहितका पीडित परिवारहरू भने अदालतको गेट नजिकै त्रिपाल टाँगेर निरन्तर खबरदारी गरिरहेको थियो।

मङ्गलवार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले जब सोती घटनाको फैसला सुनायो, तब उर्मिलाले छोराको आत्माले शान्ति पाएको अनुभूति गरिन्। 

‘न्याय मरेको रहेनछ,’ उनले भनिन्, ‘छोरो मरे पनि न्याय अझैँ मरेको रहेनछ।’ पीडित परिवार र अधिकारकर्मी न्यायमा चलखेल हुनेमा आशङ्का गरिरहेका थिए। त्यसैले त उनीहरू निरन्तर त्रिपालमुनि बसेर धर्ना दिइरहेका थिए।  

अदालतको निर्णयले आफूहरू पूर्ण सन्तुष्ट भएको उनले बताइन्। ‘एक्लो छोरो गुमाउँदा पीडा अदालतको फैसलासँगै कम भएको छ,’ उनले भनिन्, ‘फैसलाप्रति हामी पूर्ण सन्तुष्ट छौँ, न्यायाधीश र अदालतलाई धेरै धेरै धन्यवाद।’

सोतीमा नवराजसँगै छ जनाको हत्या भएको थियो। हत्या गरिएका १९ वर्षीय गणेश बुढाकी आमा राधिकाले फैसला ढिलो हुँदा जुन पीडा थियो, त्यो फैसलासँगै खुसीमा बदलिएको बताइन्।  

‘ठुलै राजनीतिक चलखेल भइरहेको अनुभूति हामीले गरेका थियौँ, तर त्यसको छाया अदालतसम्म पुगेको रहेनछ,’ उनले भनिन्, ‘फैसला ढिलो हुँदा हामीले जुन आशङ्का गरेका थियौँ, त्यो मेटिएको छ।’ उनले अदालतको फैसलाले आफूहरू पूर्ण सन्तुष्ट रहेको बताइन्।  

‘मरेकाहरू आउने होइनन्, तर उनीहरूको आत्माको शान्तिका लागि यो फैसलाले महत्त्वपूर्ण काम गरेको छ,’ उनले भनिन्।

मृतक लोकेन्द्र सुनारकी आमाले भन्छिन्, ‘मुद्दा फितलो बनाउने ठुलो चलखेल भएको थियो। तर सबैको सहयोगले सत्यको जित हुने भयो, हाम्रा छोराहरूको आत्माले शान्ति पाएको छ।’ उनले आफ्नो गर्भमा रहेको छोरो सत्यको रहेछ भन्दै एउटा लाइभ कार्यक्रममा प्रतिक्रिया दिएकी छिन्।

गोविन्द शाहीकी आमाले अपराधीहरूलाई जेल सजायसम्म पुर्‍याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन्। सञ्जु विककी आमा जसले नाति हुर्काउँदै छिन्। उनले भनिन, ‘मेरो छोराले वैकुण्ठमा बास गरोस्। मैले त्यही नाति हुर्काएर बसेकी छु।  

नवराज र गणेशसँगै २० वर्षीय टीकाराम नेपाली, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाहीको पनि हत्या भएको थियो।

यस घटनामा न्याय दिलाउन लागेका अभियन्ता खगेन्द्र सुनारले गरेको भिडियो ‘लाइभ’कार्यक्रमममा मृतकका आमाहरूले सामूहिक रूपमा अदालतको फैसलाको खुलेर प्रशंसा र स्वागत गरेका हुन। यो फैसलापछि मात्र आमाहरूको अनुहारमा खुसी छाएको छ। नवराज विककी आमा भने अस्वस्थताका कारण कार्यक्रममा आउन नसकेको खगेन्द्र«ले लाइभमा जानकारी दिएका छन्।  

जिल्ला न्यायाधीश केसीको इजलासले पुर्पक्षमा रहेका २३ जना र तारेखमा रहेका एक जना गरी २४ जनालाई जन्मकैद सजाय सुनाएको थियो। नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा दुई वर्षको कैद तोकिएको छ।

साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई सफाइ दिइएको रुकुम जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए।

तत्कालीन वडाध्यक्ष डम्वरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्द ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगरलाई जन्मकैदको फैसला सुनाइएको छ ।  

यस्तै नवराजकी प्रेमिकासहित तीन जनालाई जातीय छुवाछुतको मुद्दामा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ भने दुई नाबालकलाई जातीय छुवाछुतमा दुई वर्ष कैदको सजाय तोकिएको छ। तुलाराम घर्ती, डिल्ली घर्ती, क्यापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दलाई अदालतले सफाइ दिएको छ।
अर्को समाचार
नवराज विकको पक्षमा पैरवी गरेका अधिकारकर्मीविरुद्ध उजुरी
२७ मंसिर २०८०
•
२ मिनेट पाठ
नवराज विकको पक्षमा पैरवी गरेका अधिकारकर्मीविरुद्ध उजुरी
अन्तर्जातीय विवाह गर्न खोज्दा रुकुम पश्चिमस्थित सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या मुद्दामा पीडित परिवारको समर्थन गर्दै पैरवी गर्ने दलित अधिकारकर्मी तथा पत्रकार खगेन्द्र सुनारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। कानुन व्यवसायीको मानप्रतिष्ठा र चरित्रमा आँच आउने गरी अभद्र व्यवहार गरेको भन्दै नेपाल बार एसोसियसन रुकुम जिल्ला अदालत बार इकाइले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिएको हो।




पत्रकारसमेत रहेका अधिकारकर्मी सुनारले एक हप्ताअगाडि सामाजिक सञ्जाल फेसबुकमा अधिवक्ता रचना मल्ललाई लक्षित गर्दै एउटा स्टेटस लेखेका थिए, ‘हत्यारा मल्लको वकिल रचना मल्ल भन्छिन्, नवराजलाई बलात्कार मुद्दा पनि लगाउनुपर्छ।’ उक्त स्टाटसमा अधिवक्ता मल्ललाई तथानाम गालीगलौज तथा धम्कीपूर्ण प्रतिक्रिया आएका छन्। ‘पीडित आमाहरू अदालतमा भइरहेको बहसमा हुनुहुन्थ्यो। अधिवक्ता मल्लले त्यस्तो बताइसकेपछि मैले जस्ताको त्यस्तै सामाजिक सञ्जालमा लेखेको हुँ,’ उनले भने, ‘अधिवक्ताको जिम्मेवारी वकालत तथा बहस गर्ने होला भने मेरो पनि जिम्मेवारी भएगरेका विषय बाहिर ल्याउनु हो। म अधिकारकर्मी मात्र होइन, पत्रकार पनि हुँ। मैले मेरो धर्म निर्वाह गरेको हुँ।’ अधिवक्ता मल्ले बलात्कार मुद्दासमेत लगाउने बहस गरिरहँदा पीडित पक्षका आमाहरू रुँदै बाहिर आएको उनले बताए।

दलित आन्दोलन दबाउनका लागि बोल्नेहरूका स्वर नै बन्द गर्न खोजिएको भन्दै उनले भने, ‘नवराज विकको हत्या मुद्दा अदालतबाट हारेपछि त्यसको रिस फेर्न खोजिएको हो। मैले गलत गरेको छैन। यस्ता दुष्प्रयासबाट डराउँदिनँ।’ सामाजिक सञ्जालमा अधिवक्ता मल्लले भनेको कुरा मात्र लेखेको र कुनै मानमर्दन हुने गरी प्रस्तुत नभएको उनी बताउँछन्। उक्त स्टेटसमा आएका प्रतिक्रिया आफ्नो धारणा नभएको उनको भनाइ छ।
यता अधिवक्ता मल्लले बहस गरेको कुरालाई बंग्याएर सिंगो कानुन व्यवसायीको मानमर्दन गर्ने ढंगले प्रस्तुत भएपछि प्रहरीसमक्ष पुगेको बताइन्। ‘युवाहरूको समूह एउटी युवतीको घरमा गएर बिहे नै गर्छन् भन्ने ग्यारेन्टी थिएन। उनीहरूले निर्मला पन्तलाई जस्तो अपराध गर्न पनि त सक्थे। त्यस्तो अवस्थामा नवराजलाई बलात्कार मुद्दा लगाउन सकिन्थ्यो भनेको थिएँ,’ उनले भनिन्, ‘मैले यसरी विषयान्तर गरेको थिएँ। तर बाहिर बंग्याएर ल्याइयो। जसले मेरो र कालोकोटे (अधिवक्ता) हरूप्रति नै मानमर्दन हुने गरी तथ्यलाई बंग्याइयो।’ बहसका क्रममा बिहे गर्छन् भन्ने एकिन नभएकाले जातीय होइन, लैंगिक हिंसाका विषयमा पनि न्यायाधीशको ध्यानाकर्षण गराएको उनी बताँउछिन्।

सामाजिक सञ्जालमा अधिवक्ता मल्लविरुद्ध विभिन्न खाले प्रतिक्रिया आएका छन्। ‘जिउँदो मान्छेलाई मरेको भन्दै श्रद्धाञ्जलीसमेत लेखिएको छ,’ उनले भनिन्, ‘मलाई कुटपिट तथा ज्यान मार्नेखालका प्रतिक्रिया पनि आएका छन्। मेरो सुरक्षा कसले गर्छ।’ नेपाल बार एसोसियसन रुकुम जिल्ला अदालत बार इकाइका तर्फबाट निवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय, रुकुमपश्चिमका प्रहरी निरीक्षक तथा प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जनाए। निवेदनमा विपक्षी बनाइएका व्यक्तिलाई छलफलका लागि बोलाएको उनको भनाइ छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस