जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको बताएको छ।
महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको बताएको हो।
महाशाखाकी मौसम विद प्रतिभा मानन्धरले न्यून चापीय प्रणालीका कारण आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बताइन्।
उनले हाल देशका विभिन्न भूभागमा बादल लागेको र केही स्थानमा छिटफुट वर्षा समेत भइरहेको बताइन्।
बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने भन्दै उनले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन्। साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको उनले जानकारी दिइन्।
मौसमविद मानन्धरले आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइन्। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको भन्दै उनले विस्तारै तापक्रम घटिरहेको बताइन्।