सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्याउन ट्रयाक खोल्ने कार्य सुरु गरिएको छ। बराहक्षेत्र मन्दिर स्थित तमोर करिडोेरबाट मोटर बाटो जोडन ट्रयाक खोल्न नगर प्रमुख रमेश कार्कीले बुधबार श्रमदान अभियान सुरुवात गरेका छन्।
एक महिना अगाडि नगरपालिकाका प्राविधिकसहित नगर प्रमुख कार्की र वडा नं १ का अध्यक्ष किसन थापामगर मोटर बाटोको ट्रयाक खोल्ने कार्यको अध्ययन सुरु गरेका थिए। गाउँलको समस्यालाई पुरा गर्न ट्रयाक खोल्ने कार्य सराहणीय भएको स्थानीय बिक्रम (देबचन्द्र) राईले बताए। ‘मोटर बाटो विस्तार भएमा गाउँको विकासले फड्को मार्नेछ, खुसी लागेको छ,’ उनले भने।
दुईवटा वस्ती रहेको करिब ३० घर रहेको उक्त स्थान बराहक्षेत्र नगरपालिको सिरानमा छ। बराहक्षेत्र मन्दिरबाट करिब ३ किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा मोटर बाटो पुर्याउने योजना अनुसार ट्रयाक खोल्न सुरु गरिएको नगर प्रमुख कार्कीले बताए। मोटर बाटोको ट्रयाक खोल्न स्थानीयहरूको साथ छ। नगरपालिकाले १० लाख समेत उक्त योजनामा खर्चने भएको छ।
ट्रयाक खोल्न लागिएको वस्तीमा अहिलेसम्म मोटरबाटो नपुगेका कारण धेरै कुराको असुविधा हुने गरेको श्रमदान अभियानमा आएका ७१ वर्षीय बालकुमार राईले बताए। विद्यालय–अस्पताल आउँजाउँ गर्न, गाउँमा उत्पादन भएका कृषि उत्पादन बिक्री गर्न मोटर बाटो नहुँदा धेरै नै असहज भई राखेको स्थानीय बलेसिह राईले बताए। बाटो निर्माण भएपछि भने हरेक काम गर्न सहज हुनेछ।