उडुस आतंक
०६ मंसिर २०८०
•
१ मिनेट पाठ
उडुस आतंक
पछिल्लो समय फ्रान्सेली राजधानी पेरिसमा एउटा आतंकले अखबारका पानाहरू रंगिएका छन्, उडुस आतंक। हुन त पेरिस यसको विश्वचर्चित रोमान्स, खान्की, फेसनका कारण चर्चामा रहन्छ। यसैका लागि धेरैले पेरिस भ्रमण गर्न रूचाउँछन् तर पछिल्लो समय उडुस आतंकका कारण पर्यटकहरूले गुनासोमाथि गुनासो थप्न थालेका छन्।




उसो भए यत्तिका उडुस पेरिसमा आजमाउनुको कारण के होला त ? टाइम म्यागेजिनमा एलिस पार्क लेख्छिन्, ’उहिले डिडिटी छर्केर यसलाई नियन्त्रित गरिन्थ्यो। पछिल्लो समय डिडिटीलाई मान्छेका लागि हानिकारक मानिएका कारण त्यसको साटो अरू नै विषले मार्न खोजियो। समयक्रममा उडुस यति ज्याद्रो निस्कन थाले कि, तिनलाई हाल प्रयुक्त कुनै पनि औषधिले काम गर्न छाड्यो।’

यही कारण अचेलका उडुसहरू पहिलेका भन्दा मोटा, चिरिक्क चिलेर मान्छेको रगत चुस्ने र अघिल्ला प्रजातिभन्दा चाँडै नमर्ने प्रजातिमा परिणत हुन थाले।

बिना कुनै विष प्रयोग गरेर तिनलाई नियन्त्रण गर्ने वा मार्ने बारेमा विभिन्न प्रयोगहरू भइरहेका छन्। तीमध्ये उत्तम प्रयोग चाहिँ कोठाको तापक्रम ५१ डिग्री सेल्सियस बनाउने वा तिनलाई सिलिका डस्ट (ज्यादै मिहिन सिलिकाको धुलो) छर्कने। यसो गर्दा उनीहरूलाई श्वास लिन गाह्रो हुन गई मृत्यु हुन्छ। ती उडुसलाई भ्याकुम क्लिनरले सफा गर्न पनि सकिन्छ।

केन्टुकी विश्वविद्यालयका एन्टोमोलोजीका सहायक प्राध्यापक जेकारी डि भ्राइस भन्छन्, ‘तपाईं एक्लैले घर वा कोठाको सफाई गरेर यी उडुस नियन्त्रणमा लिन सक्नु हुन्न। यसका लागि समुदाय नै सक्रिय भएर उडुस नियन्त्रण गर्नुपर्छ। नत्र त तपाईंले आज कोठामा नियन्त्रण गर्नुहुन्छ, अर्को घरबाट तपाईंकहाँ डेरा सर्ने पर्याप्त उडुस फेला पारिहाल्नु हुन्छ।’
अर्को समाचार
लमजुङ कारागारमा उडुस र लामखुट्टेको आतंक
०१ भदौ २०८१
•
३ मिनेट पाठ
लमजुङ कारागारमा उडुस र लामखुट्टेको आतंक
लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा स्वस्थ खाना, पिउने पानीलगायत समस्या हुन थालेको छ। ३५ कैदीकन्दी अट्ने गरी विसं २०२८ मा बेंसीसहर नगरपालिका–८ शेरामा निर्माण गरिएको जिल्ला कारागार लमजुङमा हाल एक सय १३ कैदीबन्दी छन्।




मापदण्डअनुसार यहाँको कारागारको संरचना निर्माण भएको छैन। एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफल हुनुपर्ने कानुनी प्रावधान छ। पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा बस्दा जीर्ण भवन भत्किएर ज्यान जाने त्रास रहेको कैदीबन्दी बताउँछन्।

साथै गर्मी, उडुस र लामखुट्टेको टोकाइलगायत समस्या हुने गरेको उनीहरु बताउँछन्। कारागारका चौकीदार खुसीराम मगरातीले पुरानो जीर्ण बन्दै गएको भवनमा राति मुसा दौडिँदा पनि भवन भत्किन लाग्यो भनेर डराउनुपर्ने अवस्था आएको बताए।

“यतिबेला गर्मीको समय छ, धेरै कैदीबन्दी हुँदा सुत्न, बस्नलाई समस्या भइरहेको छ। स्वस्थ खाना र पिउने पानीको अभाव, उडुस र लामखुट्टेको टोकाइ, भुईँमा एकैठाउँमा सुत्दा राम्रोसँग फर्किन पनि नमिल्ने समस्या छ”, उनले भने।

गर्मीका साथै उडुसको टोकाइले राति निदाउन नसकिने चौकीदार मगरातीले गुनासो गरे। “निदाएको बेलामा उडुसले टोकेको थाहा हुँदैन, ब्युँझिदा शरीरभरि एलर्जी हुन्छ। एलर्जीको औषधि लगाउँदै बस्दै गर्नुपर्दछ”, उनले भने।

खाना खाने ठाउँ खुला रहेको बताउँदै खाना खाँदाखाँदै पानी परे भिजेर खानुपर्ने अवस्था रहेको उनले उल्लेख गरे। कारागारका नाइके शम्भुलाल श्रेष्ठले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बस्न, खानका साथै स्वास्थ्यमा समस्या हुन थालेको बताए।

उनले भने, “यहाँ उडुस र लामखुट्टे छन्। गर्मीमा बिजुली बत्ती र पर्याप्त पङ्खा नहुँदा गर्मीले बस्न, सुत्न सकिँदैन, ठाउँको पनि अभाव छ”, उनले भने।

कैदी विष्णु गिरी थापाले जीर्ण भवन र पर्याप्त संरचना नहुँदा पानी परेको बेलामा रुझ्दै खाना खानु परिरहेको बताउनुभयो । “गर्मीले उकुसमुकुस बनाउँछ, उडुस र लामखुट्टेले टोक्छन्। कानुनी सजायभन्दा बढी सास्ती यो सजायबाट भइको छ”, उनले भने।

मापदण्डअनुसार आधुनिक संरचना निर्माण गरी कैदीबन्दीको जीवन सहज बनाउन उनले सरोकार भएकासँग आग्रह गरे। “राति जसोतसो बसेर रात कटाउने गर्छौँ, दिउँसोभित्र बस्दा गर्मी, बाहिर निस्किदा घामले पोल्ने समस्या छ। यसरी दिनरात कटाउँदा स्वास्थ्यमा समस्या आउने चिन्ता लाग्न थालेको छ”, कैदीबन्दी थापाले भने।

यहाँ भूकम्प गएमा सबै कैदीबन्दी अट्ने खुला ठाउँ नभएको भन्दै भवन र पर्खाल भत्किएर ज्यान जाने त्रासमा सबै बस्ने गरेका उनले बताए। सुरक्षाकर्मीले बस्ने पोष्ट पनि जीर्ण अवस्थामा भएकाले सुरक्षाकर्मीलाई जोखिम रहेको कारागारका निमित्त जेलर सुमिता मरासिनीले बताए।

कारागारको कार्यालयबाट कैदीबन्दी बसोबास गर्ने संरचना चार रोपनी क्षेत्रफलमा फैलिएको कारागार कार्यालयले जनाएको छ। कारागारका निमित्त जेलर मरासिनीले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा स्वाभाविक रुपमा विभिन्न समस्या हुने गरेको बताए।

“कारागार भवन धेरै पुरानो हो, विसं २०७२ मा गएको भूकम्पले कारागारको पर्खाल भत्किएको थियो, अहिले पनि उक्त पर्खाल जीर्ण हुँदा जोखिम उत्तिकै छ”, उनले भने।

कैदीबन्दीलाई उडुस र लामखुट्टे मार्ने औषधि दिने गरिएको बताउँदै जेलर मरासिनीले उडुस र लामखुट्टे नियन्त्रणको प्रयास गरे पनि नियन्त्रण हुन नसकेको बताए।

“यसको मुख्य कारण पुरानो कारागार, क्षमताभन्दा बढी कैदीबन्दी, गर्मी र उकुसमुकुसले भएको चिकित्सक बताउँछन्”, उनले भने। निमित्त जेलर मरासिनीले १० महिला र २५ पुरुष गरी ३५ जनाको क्षमता रहेको कारागारमा केही समयअघि २० जना अट्ने एउटा कोठा निर्माण गरिएको जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न समस्या भइरहेको बताए। “हामीले सम्बन्धित निकायलाई यहाँको समस्याका बारेमा जानकारी गराएर समाधानको पहल गरिदन आग्रह गरिरहेका छौँ”, उनले भने।

कारागारमा अहिले पाँच महिला र एक सय आठ पुरुष कैदीबन्दी छन्। तीमध्ये ६१ जना कैदी र ५२ जना थुनुवा रहेको निमित्त जेलर मरासिनीले जानकारी दिए।

उनका अनुसार एक थुनुवा र चार कैदी गरी पाँच महिला, ५७ कैदी र ५१ थुनुवा गरी एक सय आठ पुरुष रहेका छन्।
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस