घुमिफिरि मंसिर ५ अर्थात् बृहत् शान्ति सम्झौता भएको दिन आइपुगेको छ। तत्कालीन विद्रोही नेकपा माओवादी सशस्त्र द्वन्द्व छाडेर औपचारिक रुपमा शान्ति प्रक्रियामा आएको दिन आजै हो।
घुमिफिरी उही दिन आइपुग्दा राजनीतिक चक्रब्यूहमा फसेको संक्रमणकालीन न्यायको विषयले विस्तृत शान्ति सम्झौतालाई सम्झाइदिएको छ।
२०६३ साल मंसिर ५ मा नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको थियो। मुलुकमा सशस्त्र द्वन्द्वको विधिवत् अन्त्य गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए।
सम्झौतामा हस्ताक्षर गर्ने मध्येका तत्कालीन माओवादीका अध्यक्ष दाहाल अहिले प्रधानमन्त्रीसहित नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष छन्। देशमा राजनीतिक खिचातानीका कारण विस्तृत शान्ति सम्झौतामा लेखिएको संक्रमणकालीन न्यायको पाटो अझै पूरा हुन बाँकी छ।
संक्रमणकालीन न्यायका विषयमा सरकार, राजनीतिक दलहरुको इच्छाशक्ति नहुँदा यो पक्ष अधुरै छ। संविधानसभाको चुनाव सम्पन्न भएको ६ महिना भित्र शान्ति प्रक्रियाका सबै काम सक्ने प्रतिबद्धता थियो। २०६४ सालमा पहिलो संविधानसभाको चुनाव भएको थियो। त्यो संविधानसभाले संविधान बनाउन नसकेपछि दोस्रो पटक २०७० सालमा फेरि चुनाव भएको थियो।
नयाँ संविधान बनेपछि सङ्घीयता कार्यान्वयन भएसँगै दुई पटक संघ, प्रदेश, स्थानीय गरी तीन तहको चुनाव भैसकेको छ। त्यसपछि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रको सरकार पालैपालो नेतृत्वमा छन्। तर, अहिलेसम्म संक्रमणकालीन न्यायको काममा भने कुनै दलले प्राथमिकतामा राख्न सकेको देखिँदैन। सम्झौताअनुसार ६ महिनामा गर्नुपर्ने काम यतिका वर्षमा पनि फत्ते हुन नसक्नु द्वन्द्वपीडित परिवारका लागि निराशाको विषय हो।
सशस्त्र द्वन्द्वका पीडितले न्याय नपाएको विषय बारम्बार उठाइरहेका छन्। राजनीतिक चक्रब्यूहमा फसेको संक्रमणकालीन न्यायका दुई आयोग ‘हात्तीको देखाउने दाँत’ जस्तै बनेका छन् । द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनबाट पीडितलाई सत्य, न्याय र परिपूरण प्रदान गर्ने प्रतिबद्धता राजनैतिक स्वार्थमा उल्झनमै छ।
शान्ति सम्झौता नेपालको मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चासो, चर्चा र अध्ययन, अनुसन्धानका विषय बनिसकेका छन्। देशमा भएको १० वर्षे द्वन्द्वको अन्त्य भएपछि दिगो शान्ति कायम गर्न शान्ति सम्झौतामा तीन वटा कुरालाई विशेष प्राथमिकतामा राखिएको थियो। सेना समायोजन तथा हतियार व्यवस्थापन, संविधानसभाको चुनाव र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने प्राथमिकतामा थिए।
शान्ति सम्झौताका दुईवटा बुँदा कार्यान्वयन भैसकेका छन्। तीमध्ये राजनीतिक विषय सेना समायोजन र संविधान बनाएर कार्यान्वयनमा आइसकेको छ।
शान्ति सम्झौतामा द्वन्द्व व्यवस्थापन गर्ने विभिन्न विषयहरुमध्ये मानव अधिकार उल्लंघनका पीडितलाई न्याय दिन संक्रमणकालको अन्त्यका गर्न भन्दै ६ महिनाभित्र संक्रमणकालीन न्याय संयन्त्र गठन गर्ने उल्लेख गरिएको थियो। लेखिएको संयन्त्र ८ वर्षपछि मात्रै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन गरिएको थियो।
‘सशस्त्र द्वन्द्वको कारण उत्पन्न हुनसक्ने विषम परिस्थितिलाई निराकरण गर्न, मुलुकको सामाजिक, आर्थिक, राजनीतिक जीवनमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न समयमै सम्बोधन गरिनुपर्ने’ सम्झौतामै भनिएको थियो। सम्झौतामा भनिएको कुरा कार्यान्वयन हुन सकेको छैन।
१७ वर्षदेखि संक्रमणकालीन न्याय हरेक सरकारले चर्चा गर्ने तर, प्राथमिकतामा नराख्दा द्वन्द्वपीडितका लागि बल्झिरहने खिलजस्तै बनिसकेको छ। १० वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूले राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय अदालतसम्म पुगेर न्याय माग्दै आइरहेका छन् । अन्तर्राष्ट्रिय चासो रहेको यो विषयलाई जहिले ‘टुंगोमा पुराउने’ नेताहरुले रटिरहेका हुन्छन्।
संक्रमणकालीन न्याय नेपाली मोडलमा टुंगो लगाउनुपर्ने बेलाबेला छलफल चल्दै आएको विषय हो। तर, सरकारले कस्तो खालको मोडल बनाएर प्रक्रिया टुंगो लगाउने भन्ने स्पष्ट टुंगो लगाउन सकेको छैन।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न सरकारले ल्याएको विधेयकका केही विषयमा सहमति जुटाउन असफल छ। हिंसात्मक आन्दोलन छाडेर माओवादी शान्ति प्रक्रियामा आएको दुई दशक बित्न लाग्दा पनि प्रमुख राजनीतिक दलको ‘इगो’का कारण संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषय अलपत्र परेको हो।
दुई आयोगको हालत
सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर मानव अधिकार घटनाका सत्य तथ्य पत्ता लगाउन बनेका दुईवटा आयोग एक वर्षदेखि पदाधिकारीविहीन छन्।
सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग डेढ वर्षदेखि खाली छ। ती आयोगमा खटाइएका कर्मचारीहरु हाजिर गरेर जागिर खान बाध्य छन्। त्यसका लागि संशोधन गर्न बनेको विधेयक संसद्मा विचाराधीन छ। विधेयकको टुंगो नलाग्दा अध्यक्ष, सदस्य नभएका दुई आयोगमा कर्मचारीले मात्र कुनै पनि काम अगाडि बढाउन मिल्ने व्यवस्था छैन।
सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लंघन सम्बन्धी घटना र घटनामा संलग्न व्यक्तिहरुको बारेमा सत्य अन्वेषण, छानबिन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउन आयोग गठन भएका थिए। त्यसैगरी सशस्त्र द्वन्द्वका पीडक र पीडितबिच मेलमिलाप गराई पारस्परिक सद्भाव तथा सहिष्णुताको भावना अभिवृद्धि गर्दै दिगो शान्ति र मेलमिलापको वातावरण निर्माण गर्ने दुवै आयोगको उद्देश्य हो।
सशस्त्र द्वन्द्वकालीन घटनाका पीडित व्यक्तिहरुलाई परिपुरणको व्यवस्थाका लागि सरकारसमक्ष सिफारिस गर्ने, गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीका लागि सरकार समक्ष सिफारिस गर्ने उद्देश्य दुवै आयोगको हो। अहिलेसम्म उद्देश्य बमोजिमका कुनै पनि काम गर्न सकेका छैनन्।
सत्य निरूपण तथा मेलमिलाप आयोगमा पहिलो कार्यकाल सूर्यकिरण गुरुङको अध्यक्षतामा ५ सदस्यीय पदाधिकारी रहे। त्यसपछि २०७६ माघमा गणेशदत्त भट्टको अध्यक्षतामा रहेको कार्यसमिति बनेको थियो। सत्यनिरुपण आयोगमा पहिलो कार्यकालका पदाधिकारी रहँदै करिब ६३ हजार उजुरी संकलन गरेको थियो। त्यो भन्दा अगाडि काम बढ्न सकेको देखिँदैन।
त्यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पहिलो कार्यकाल लोकेन्द्र मल्लिक र दोस्रो कार्यकाल युवराज सुवेदीको अध्यक्षतामा पाँच जना पदाधिकारी आएका थिए। पहिलो कार्यसमितिको समयमा करिब ३२ सय उजुरी दर्ता भएका थिए।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २५ सय ६ जना बेपत्ताको सूचि दोस्रो पटक सार्वजनिक गरेको थियो। सशस्त्र द्वन्द्वको समयमा राज्य पक्ष र विद्रोही पक्षबाट ४५ दिन भन्दा बढी बेपत्ता पारिएका व्यक्तिलाई सूचिमा समावेश गरिएको छ। त्यस समयमा बेपत्ता भएका र अहिले सार्वजनिक भैसकेका व्यक्तिको नामसमेत सूचिमा छ।
दुवै आयोगप्रति द्वन्द्वपीडितहरु कहिल्यै सन्तुष्ट भएनन्। दुवै आयोगले पीडितको पक्षमा कुनै काम गर्न नसकेको बारम्बार गुनासो गरिरहे। हाल संसद्मा रहेको संशोधन विधेयक पारित नहुँदासम्म दुवै आयोगमा पदाधिकारीसमेत पूर्ति गर्न सक्ने कानुनी व्यवस्था छैन।