सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध प्रदर्शन गरिएको छ।
सोमबार माइतीघर मण्डलामा सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध र्याली निकालिएको हो।
टिकटक प्रतिबन्ध खारेज गर, सरकार हिजो बन्दुकसँग डराउने आज सरकारसँग, टिकटक होइन जाजरकोटलाई ध्यान दे लगायत लेखिएको प्ले कार्ड बोकी युवाहरू प्रदर्शनमा उत्रेका हुन्।
सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा रिट पनि दायर भएको छ। रिटमाथि आजबाट सुनवाई हुँदैछ।
कार्तिक २७ गते सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा परेका छ।
टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो। तर उक्त रिट हेर्न नभ्याउने सूचीमा परेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।
उनले भने,'टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट हेर्न नभ्याइने सूचीमा परेका छ। न्यायाधीश कुमार चुडालको अर्को इजलास पनि भएको हुँदा हेर्न नभाइनेमा परेको हो।'
गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्चमा १० रिट दर्ता भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...