सवारी दुर्घटनामा रौतहटमा एक जनाकाे मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका ५ पूर्व पश्चिम राजमार्गको जगत पेट्रोल पम्प नजिकै पूर्वबाट पश्चिमतर्फ गइरहेको ना २ ह २४५३ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको ज ७ प ८२५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किन जाँदा अटोमा सबार महिला गम्भीर घाइते भएकी थिइन्। खातुनको टाउको र कुममा चोट लागेको थियो। घाइते खातुनको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसै गरी चन्द्रपुर ४ स्थित पूर्व पश्चिम राजमार्गको लमाहा खोलानजिक घाइते अवस्थामा फेला परेको बेवारिसे पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ। घाइते अवस्थामा फेला परेको पुरुषलाई प्रहरीले उद्धार गरी चन्द्रनिगाहपुर अस्पतालमा उपचारको लागि भर्ना गरेकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
मृतकको पहिचान नखुलेको र घटनाबारे बुझने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।