मोरङमा आगलागी हुँदा २८ जना घाइते, गम्भीर ११ जनालाई काठमाडौँ पठाइँदै
२७ कार्तिक २०८०
•
२ मिनेट पाठ
मोरङमा आगलागी हुँदा २८ जना घाइते, गम्भीर ११ जनालाई काठमाडौँ पठाइँदै
मोरङको छुट्टछुट्टै स्थानमा गयराति भएको आगलागीमा परी ४ जना प्रहरीसहित २८ जना घाइते भएका छन्।उर्लाबारी नगरपालिका–७ बरगाछीस्थित दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको सुन पसलमा राति साढे १० बजेतिर आगलागी भएको थियो। आगलीमा परी ४ प्रहरीसहित ३२ जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।




आगो निभाउने क्रममा आगोको लप्कामा परी घाइते भएकाहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको हुँदा थप उपचारका लागि काठमाडौँ पठाउन लागेको डिएसपी दाहालले बताए।  

सुन पसलभित्र रहेको एलपी ग्याँस सिलिण्डर बिस्फोट हुँदा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए। उनले भने, ‘पसलमा आगली हुँदा सडक किनारमा उभिएर हेर्ने र गन्तव्यतर्फ जाँदै गरेका मानिसहरु घाइते भएका हुन्। पसलभित्रबाट एक्कासी आगोको ज्वाला बाहिर आउँदा उनीहरु आगोको लप्कामा परी घाइते भएका हुन्।’

आगलागीबाट पसलमा कति क्षति भयो भन्ने यकिन भएको छैन। आगो लागेको घरको माथिल्लो तलमा रहेकाहरुको उद्दारका लागि गएका प्रहरीमध्ये ४ जना घाइते भएको डिएसपी दाहालले बताए। आगलागीमा परी रिद्दीकिरण राई, कुमार तामाङ, सलिम मन्सुरी, दिलकुमार आचार्य, चुणामणि प्रधान, दिनेश शर्मा, शिवकुमार बिक, दीपेन्द्र कार्की, सुमन चौधरी घाइते भए।

त्यस्तै, रामनरेश मरिता, विशाल बस्नेत, कौशल गुरुङ, नेत्र भण्डारी, तारामणि लिम्बू, राजन लिम्बू, कैलाश गुरुङ, अलिबाबु मन्सुर, तारमान सारेन, राजन लुँइटेल, मनबहादुर घिसिङ, प्रशान्तविट व्यापारीका साथै सुजन सेम्बाङ, लालबहादुर लिम्बू, विविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, नवीन थापा, हेमकुमार दाहाल, करण संग्रौला, रवि तामाङ घाइते भएका हुन्।  

'घाइतेमध्ये १०/१२ जना गम्भीर प्रकृतिका भएको हुँदा उनीहरुलाई थप उपचारका लागि काठमाडौ पठाउन लागेका छौँ', डिएसपी दाहालले भने, ‘क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। पसल सञ्चालक स्वयम् घाइते भएको हुँदा क्षति यकिन हुन सकेको छैन।’

त्यसैगरी, आइतबार राति ९ बजेतिर विराटनगर–७ शनि मन्दिर नजिक अनुज लाखेको घरमा आगलागी भएको थियो। आगलागी हुनसाथ तत्कालै दमक र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो। आगलागीमा परी मानवीय क्षति नभएको र धनमाल करिब २५ लाखको क्षति भएको डिएसपी दाहालले बताए।

उर्लाबारी आगलागीका घाइतेको उपचारमा कोशी प्रदेश सरकारले समन्वय गरेको छ। आगलागीबाट जलेर गम्भीर भएकाहरुको उपचारमा प्रदेश सरकारले समन्वय शुरु गरेको हो। थप उपचारका लागि काठमाडौं लग्न पर्ने घाइतेका लागि अस्पतालसँग प्रदेश सरकारले समन्वय सुरु गरेको मुख्यमन्त्री केदार कार्कीले बताए।  

यहाँका अस्पतालहरूसँग समेत समन्वय गरेर उपचारमा कुनै कसर बाँकी नराख्न भनेको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘काठमाडौंको बर्न अस्पतालमा पनि कुराकानी भइरहेको छ। चिकित्सकको सल्लाह बमोजिम घाइतेहरुको काठमाडौं वा यहाँ उपचार हुनेछ। घाइतेको उपचारमा समस्या हुन नदिन प्रदेश सरकार संवेदनशील भएर लागेको छ।’  
अर्को समाचार
हतियार देखाएर इटहरीमा लुटेराले दिउँसै लुटे सुन पसल
१९ माघ २०८०
•
२ मिनेट पाठ
हतियार देखाएर इटहरीमा लुटेराले दिउँसै लुटे सुन पसल
सिक्री लुटेर लगेको इटहरी वडा नं. ९ मा सञ्चालित महालक्ष्मी गहना पसल। तस्बिर: नागरिक
हतियारसहित आएका एक व्यक्तिले शुक्रबार दिउँसो इटहरीको एक सुन पसलबाट सुन लुटेर लगेका छन्। माक्स लगाएर आएका एक पुरुषले मध्यान्ह १२ बजेतिर इटहरी वडा नं. ९ मा दिपेन्द्र चोकमा सञ्चालित महालक्ष्मी गहना पसलबाट झन्डै तीन तोला सुन लुटेर लगेका हुन्।




सुन पसल सञ्चालिका तिला थापामगरका अनुसार माक्स लगाएर आएका एक पुरुषले शुरुमा सिक्री खरीद गर्न माग गरे। त्यसपछि शुरुवातमा जुन सिक्री थापा मगरले दिइन, त्यो गलामा लगाए। त्यो सिक्री लगाएपछि अरु लामो हेरौ न भनेर अर्को मागे। ‘त्यत्रै मात्रै छ भनेर मैले हातमा अर्को बोकेपछि जर्वरजस्ती हात तानेर खोेसे, अनि म पछाडि सरेर ठीक मान्छे होइन भन्ने ठानेर फोन गर्न खोजे, उसले फोन नगर्नुहोस् भन्यो, अनि ज्याकेटको चेन उघारेर कालो पेस्तोल देखायो, त्यसपछि चोर भनेर ठूलो आवाजमा कराउन थालेपछि भाग्यो,’ तिलाले भनिन्।

ती पुरुषले पसलमा आउँदा एसिड पनि झोलामा बोकेर आएको खुलेको छ। रातो झोलामा उनले एसिड बोकेर आएको खुलेको हो। पसल सञ्चालिका तिलाले भनिन, ‘मलाई निसाना बनाएर एसिड पनि बोकेर आएको रहेछ।’

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बाइक पत्ता लगाएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले बताए। उनका अनुसार बाइककै आधारमा सुन लुटेर लानेको खोजी भइरहेको छ।

इटहरीमा १० वर्षपछि दिनदाहाडै सुन पसलबाट सुन लुटिएको हो। २०७० साल पुस ९ गते साँझ इलाका प्रहरी कार्यालय इटहरीभन्दा झन्डै एक सय ५० मिटर दुरी दक्षिणमा त्यतिबेला सञ्चालित ओम साई ज्वेलर्सका सञ्चालक दिपेश शंकरमाथि गोली प्रहार भएको थियो। त्यसयता इटहरीमा सुन पसलमा लुटपाटका ठूला घटना भएका थिएनन्।

त्यो बेला सुन पसलमा सञ्चालक शंकर बसीरहेका बेला मुखमा पट्टी बाधेर दुई जना दुई जना आएका थिए। अनि कालो झोला देखाउँदै भएभरको सुन झोलामा हाल भने नमानेकाले गर्दा गोजीबाट पेस्तोल निकालेर हानेका थिए। तर गोली नपडकिकन झरेकाले गर्दा मानवीय क्षती हुन पाएको थिएन्।

व्यापारी शंकरमाथि गोली प्रहार गरेको समूह इटहरीको जुटबिकास टोल हुदैं वडा नंं. ३ बौकाझोडाबाट मोरङ तर्फ भागेको थियो। त्यही भाग्ने क्रममा सोही समूहको गोली प्रहारबाट मोरङ सुन्दरहरैँचाका ३५ वर्षीय मानबहादुर तामाङ्को मृत्यु भएको थियो।  घाटीमा गोली लागेर घाइते भएका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्न लादालादै बाटैमा मृत्यु भएको थियो।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस