सयपत्री फूलखेतीको लागि ‘हब’ बन्दै तनहुँ
२२ कार्तिक २०८०
•
६ मिनेट पाठ
सयपत्री फूलखेतीको लागि ‘हब’ बन्दै तनहुँ
नेपालीको दोस्रो महान पर्व तिहारमा अत्यधिक मात्रामा सयपत्री र मखमली फूलको प्रयोग हुन्छ। तिहारको मुख्य दिन भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपश्चात माला लगाइदिने प्रचलन छ।




गाई, गोरु र कुकुर तिहारको अवसरमा पशुलाई समेत फूलको माला लगाएर पूजा गरिने हुँदा तिहारमा सयपत्री र मखमली फूलको अत्यधिक प्रयोग हुने गर्दछ। विगतका वर्षमा भारतीय सयपत्रीको माला नेपाली बजारमा प्रशस्त पाइने गरे पनि यस वर्ष नेपाल सरकारले भारतीय माला आयातमा प्रतिबन्ध लगाएपछि नेपाली फूलले राम्रो बजार मूल्य पाउन सक्ने देखिएको छ।

सयपत्री फूलमा आत्मनिर्भर हुन यहाँका स्थानीय सरकारले किसानलाई अनुदान प्रदान गरी प्रोत्साहन गरेका छन्। जिल्लाका दश पालिकामध्ये आँबुखैरेनी, बन्दीपुर म्याग्दे गरी तीन पालिकाले आफ्नो पालिकाभित्र फूल उत्पादनका साथै प्रवद्र्धनमा सहयोग गर्दै आएका छन्।

छोटो अवधि र थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय किसान पनि फूल खेतीतर्फ आकर्षित हुँदै गएका छन्। विभिन्न स्थानीय तहमा पनि युवाले सामूहिक रुपमा वा एकल रुपमा सयपत्रीको खेती गरेका छन्। युवाले गरेको सयपत्री फूलको खेतीलाई स्थानीय तहले प्रवद्र्धन गर्न सुरु गरेको छ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकामा करिब २६ रोपनी क्षेत्रफलमा गरेको फूलखेतीबाट उत्पादन लिन सुरु गरेको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिए। आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि परिसमा व्यवसायिक फूलखेती गरिएको हो। व्यावसायिक र आयमूलकका साथै सयपत्रीमा पालिका क्षेत्रलाई ‘हब’ बनाउने योजना रहेको उनले बताए।

याञ्चोकमा ३५ र आँधीमूल आमा समूहका १५ जना जनशक्ति दैनिक खट्दै आएका छन्। उक्त जनशक्तिले फूल टिप्ने र माला बनाउने कार्यमा तल्लिन हुँदै आएका छन्। असोज १५ गतेदेखि फूल टिपेर माला बनाई बिक्री समेत गर्न थालिएको छ। तयार गरिएका एक हजार थान मालामध्ये ५० प्रतिशत बिक्री भैसकेको बताइएको छ।

महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत अनुदानमा फूलका बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरेको गाउँपालिका कार्यालयले जनाएको छ। गोरखा, दमौली र काठमाडौँलगायत सहरबाट तिहारको लागि आठ हजार मालाको माग भइसकेको र माग आउने क्रम पनि जारी रहेको उनले बताए।  

'मुख्य याममा गुणस्तर हेरी प्रतिमाला रु ४० देखि रु ७० सम्म बिक्री गर्ने योजना रहेको छ”, उनले भने, “अफसिजनमा प्रतिमाला खुद्रा रु एक सयदेखि एक सय २० सम्म बिक्री गर्ने लक्ष्य राखिएको छ। पहिलो वर्षको अनुभव रहेकाले प्राविधिक व्यवस्थापन गरिरहेका छौँ', उनले भने, 'आउँदो वर्ष समयमै सुधार गर्ने गरी अहिले पूर्ण रुपमा फक्रिएका फूल टिपेर माला बनाई चिस्यान केन्द्रमा राख्न थालिएको छ।'

सोही वडास्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्था लिमिटेडको चिस्यान केन्द्र बिग्रिएकाले गाउँपालिकाले मर्मतसम्भार गरी प्रयोगमा ल्याइएको हो। गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री प्रवद्र्धधन कार्यक्रमलाई अघि बढाइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उत्पादनलाई आयआर्जनमा जोडेर स्थानीयवासीको आर्थिकस्तर उकास्ने लक्ष्य गाउँपालिका कार्यालयले लिएको उनी बताउँछन्।

दुईवटा आमा समूहलाई पहिलो वर्षमा रु ९० हजार अनुदान प्रदान गरे पनि आगामी वर्षदेखि गाउँपालिकाले प्राविधिक सहयोग मात्रै गर्ने योजना रहेको छ। आमा समूहले पहिलो वर्षमा फूलखेतीबाट गरेको आम्दानीलाई बर्सेनि सयपत्री फूल व्यवसायलाई निरन्तरता दिनुपर्ने प्रावधान रहेको छ।

मित्रता माविको हकमा भने ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत एकमुष्ट रु तीन लाख अनुदान प्रदान गरी आयआर्जनबाट विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने लक्ष्य गाउँपालिका कार्यालयको रहेको छ। त्यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका–५ थुम्का,कल्चोक लगायतका स्थानमा चालिस रोपनी जमिनमा फूल खेती गरिएको छ। विगत केही वर्षदेखि यहाँका स्थानीय किसानले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका हुन्।

फूलमा आत्मनिर्भर हुँदै आर्थिक क्षेत्रमा समेत सक्षम हुन व्यावसायिक फूल खेतीलाई निरन्तरता दिइएको किसान तामप्रसाद भट्टले जानकारी दिए। 'फूलमा आत्मनिर्भर बन्दै बाह्य जिल्लामा निर्यात गर्न सफल भइएको छ', उनले भने, 'अघिल्ला वर्षहरुमा थोरै क्षेत्रफलमा फूल लगाए पनि यस वर्ष चार रोपनी क्षेत्रफलमा खेती गरेको छु।'  

उनले उत्पादित फूल जिल्लाभित्र र नारायणगढमा लगेर बिक्री गर्ने गरेको छ। प्रतिमाला रु दुई सयदेखि तीन सय ५० सम्म बिक्री हुने गरेको उनको भनाइ छ। यस वर्ष करिब रु डेढ/दुई लाखसम्मको फूल बिक्री हुने अपेक्षा रहेको किसान भट्ट बताउँछन्। त्यस क्षेत्रका फूल उत्पादक किसानले मुख्य याममा रु एक लाख बढीको बिक्री गर्ने गरेका छन्।

भारतको तुलनामा नेपालमा फूल उत्पादनमा लागत बढी पर्ने भएकाले चाडपर्वको समयमा भारतबाट आउने फूलको मूल्यसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको अर्का किसान नारायण लामिछानेले बताए। यसपटक सरकारले भारतीय मालालाई आयातमा प्रतिबन्ध लगाएकाले स्वदेशी उत्पादनले प्राथमिकता पाएको बताउँदै उनी भन्छन्, 'स्वदेशमै उत्पादन गर्न सकिने अन्य कृषिजन्य वस्तुहरुमा पनि यसरी नै प्रतिबन्ध लगाएमा  नेपाली कृषक प्रोत्साहित हुनेछन्।'  

बिरुवा लगाएको चार महिनाभित्र फूल उत्पादन लिन सकिन्छ। थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान  व्यावसायिक रुपमा यसतर्फ आकर्षण हुँदै गएका छन्। उक्त वडालाई बाह्रै महिना फूल उत्पादन गर्ने क्षेत्रका रुपमा विकास गर्ने योजना बनाएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए।

आगामी वर्षदेखि उक्त वडामा नर्सरी बनाएर गाउँपालिकाले उन्नत जातको फूलको बीउमा अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइने उनले बताए। उक्त क्षेत्रमा गरिएको व्यावसायिक फूल खेतीको आफूले स्थलगत अवलोकन गरिसकेको अध्यक्ष थापाले बताए। 'फूलखेतीबाट आफू प्रभावित भएको बताउँदै अध्यक्ष थापाले आगामी वर्ष समयमै गाउँपालिकाको सक्रियतामा किसानलाई प्रोत्साहन गर्ने गरी काम गरिने छ', उनले भने।

त्यसैगरी म्याग्दे गाउँपालिका–५, स्थित ठूलोखेतमा स्थानीय सुसन पौडेलले करिब चार रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन्।

म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को पुष्प खेती विकास कार्यक्रम अन्र्तगत पौडेलले पालिकाबाट प्राप्त रु ५० हजार अनुदानसहित कूल रु ८० हजारको लगानीमा सयपत्री फूल खेती गरेका हुन्। चाडपर्वका अवसरमा बर्सेनि लाखौँ रुपैयाँ विदेशिने हुँदा स्थानीय बजार र आवश्यकतालाई दृष्टिगत गरी तिहारमा खपत हुने फूल उत्पादनमा लागेको पौडेलले बताए।

स्वदेशी उत्पादनसँगै स्वरोजगारको अवसर मिल्ने भएकाले आर्थिक रुपमा पनि थप टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए। यस वर्ष करिब रु तीन लाख बराबरको आम्दानी गर्ने उनको अपेक्षा रहेको छ। तिहारमा बाह्य देशबाट आउने फूल रोक्न सकिएमा फूलको व्यवसायले रोजगारीको अवसरसँगै आर्थिक उपार्जन गर्न सहज हुने देखिएको छ। 

स्थानीयस्तरमा उत्पादित फूलको प्रयोग गरेर कृषकलाई प्रोत्साहनस्वरुप सहयोग गर्न गाउँपालिकाका सबै किसानलाई आग्रह गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। फूल आयातमै बर्सेनि ठूलो रकम विदेशिने प्रथालाई रोक्न र फूलमा आत्मनिर्भर बनाउनका लागि स्थानीय तहले फूलखेतीलाई प्राथमिकता दिन आवश्यक रहेको उनको भनाइ छ। रासस
अर्को समाचार
आँबुखैरेनीबाट सयपत्री कतार निर्यात
२६ कार्तिक २०८०
•
१ मिनेट पाठ
आँबुखैरेनीबाट सयपत्री कतार निर्यात
जिल्लाको आँबुखैरेनी गाउँपालिकाले पहिलोपटक दोहाको कतारमा सयपत्री  निर्यात भएको छ। आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह र आँधीमूल आमा समूहले उत्पादन गरेका सयपत्री कतार निर्यात गरिएको हो।




व्यावसायिक फूलखेती थालेसँगै बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिइन्।

सधैँ चुल्हो र चौकामा मात्र सीमित हुने यहाँका महिला पछिल्ला समय आयआर्जनतर्फ उन्मुख भएका अध्यक्ष आलेमगरले बताइन्। उत्पादनसँगै महिलाहरुलाई आयआर्जनमा जोड्न गाउँपालिका कार्यालयले फूलका बीउ अनुदानदेखि प्राविधिक सहयोगसम्म गर्दै आएको छ।

दुवै आमा समूहले २१ रोपनी क्षेत्रफलमा लगाएको ३० हजार बोटबाट उत्पादित ८५ किलो फूल कतार निर्यात गरेका गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। प्रतिकिलो रु पाँच सय ५० का दरले फूल निर्यात गरिएको हो।

दोहाको रिजेन्सी मार्केटस्थित सुदान फ्लावरले नेपालबाट फूल लगेको त्यसका सञ्चालक  कविन्द्र कँडेलले बताए। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस