कैलाली जिल्ला अदालतबाटै मोबाइल र पेस्तोल चोरी
२१ कार्तिक २०८०
•
२ मिनेट पाठ
कैलाली जिल्ला अदालतबाटै मोबाइल र पेस्तोल चोरी
चौबिसै घण्टा प्रहरीको सुरक्षा पहरामा रहने कैलाली जिल्ला अदालत धनगढीबाट पेस्तोल, गोली र मोबाइल चोरी भएको छ।




मुद्दा फाँटमा मुद्दाका मिसिलसँग राखिएको लागु औषध र हातहतियार खर-खजना मुद्दाका अभियुक्तकाे मोबाइल र अभियुक्तबाट समातिएको पेस्तोल र गोली चोरी भएको हो।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीको जिल्ला प्रहरी कार्यालय नजिकै चौबिसै घण्टा सुरक्षा पहरामा रहेको अदालतबाट आइतबार राती नाटकीय रुपमा चोरी भएको हो। अदालतबाट एक थान कटुवा पेस्तोल, ४ वटा गोली र ५ वटा मोबाइल चोरी भएको अदालतका एक कर्मचारीले बताए।

प्रहरीले भने पेस्तोल चोरी भएको कुरा खुलाएको छैन। कैलालीका प्रहरी उपरीक्षक देवेन्द्र सिंह पालले आइतबार राती साढे १० बजेतिर अदालतमा प्रवेश गरेर मोबाइल चोरी भएको बताए।

अदालतमा चोरी गरेपछि पशुपति टोलकाे अर्को घरमा पनि चोरी गर्न खोज्दा होहल्ला भएपछि भाग्ने क्रममा चोरी भएका ४ थान मोबाइल सडकमा खसेको थियाे। उक्त मोबाइल स‍ेट प्रहरीले फेला पारेको उपरीक्षक सिंहले बताए।

सिसी क्यामेरामा स्पष्ट नदेखिएकाले अहिलेसम्म चोरी गर्ने व्यक्ति पत्ता लाग्न नसकेको उनले जनाए। पेस्तोल चोरी भएको भन्नेबारे आफूलाई जानकारी नभएको उनको भनाई थियो।

यसरी भएको थियो चोरी

चोरी गर्ने व्यक्ती अदालतको बाहिरी परिसरको मात्र नभई अदालतको भित्री परिसरबारे पनि पुरै जानकार भएको बुझिएको छ। राती साढे १० बजे दक्षिणतर्फ रहेको अभिलेख शाखाको झ्यालको ग्रिल तोडेर साे व्यक्ती अदालत भित्र प्रवेश गरेका थिए।

झ्यालबाट भित्र प्रवेश गरेपछि सिसाका ढोका फोडेर अरू कोठामा गएको अदालतका एक कर्मचारी बताउँछन्।

‘भित्र सिसाका ढोका छन्, सिसाको ढोका फोडेर एक कोठाबाट अर्को कोठामा गएको देखिन्छ’ उनले भने, ‘श्रेस्तेदारको कोठामा गएर चाबी निकालेर मुद्दा फाँटमा राखिएका पेस्तोल, गोली र मोबाइल झिकेर लगेको छ।’
अदालत भित्र चाबी कहाँ राखिएको छ, कुन मिसिल, कुन समान कहाँ राखिएको छ भनेर सबै जानकार भएकाे व्यक्तिले नै चोरी गरेको हुनसक्ने प्रहरीकाे अनुमान छ। मुद्दाको मिसिल चोरी भए नभएको बारेमा अझै यकिन हुन नसेको अदालतका कर्मचारीले बताएका छन्।

अदालतमा प्रवेश गरेर मोबाइल चोरीकाे घटनालाई लागु-औषधको मुद्दाका मुख्य नाइकेसम्म अनुसन्धान नपुग्न दिनको लागी योजनाबद्ध रुपमा चोरी गरिएको हुनसक्ने विश्लेषण गरिएको छ। अदालतबाट हातहतियार खर-खजना मुद्दामा बरामद भएको पेस्तोल र गोली चोरी भएको हो।

अपराधमा संलग्न शक्तिशाली व्यक्तिले आफू जोगिने प्रपञ्च अन्तर्गत अभियुक्तका मोबाइल र बरामद हतियार अदालत भित्रबाट चोरी भएको हुनसक्ने आङ्कलन गरिएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
५२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस