रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका ५ राजपैडा घर भएकी ५५ वर्षीय मनीया धामीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो घाँस काट्न चाँदी खोला पारी रहेको रामलाल वृन्दावन साझेदारी वनमा गएका महिलाहरुको समूहमाथि जंगली हात्तीले आक्रमण गरेको हो। जंगली हात्तीको आक्रमणबाट धामीको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई महिला घाइते भएका छन्।
घाइते हुनेमा राजपैडा घर भएकी ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर्षीया पनाबती देवी रहेका छन्। जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी महिलाको नेपाली सेना, नेपाल प्रहरी, वन कार्यालयका कर्मचारी लगायत स्थानीयको सहयोगमा शव खोजिएको छ भने घाइते महिलाहरुको उद्धार गरिएको छ।
मृतक महिला शव पोस्टमार्टम गर्न प्रादेशिक अस्पताल गौरमा लागिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।