सीमावर्ती क्षेत्रमा एसएसबीको ज्यादती बढ्दो, लागूऔषध भित्र्याउनुको दोष पनि एसएसबीलाई
०१ कार्तिक २०८०
•
५ मिनेट पाठ
सीमावर्ती क्षेत्रमा एसएसबीको ज्यादती बढ्दो, लागूऔषध भित्र्याउनुको दोष पनि एसएसबीलाई
घटना नं. १: 




२०७२ साल मंसिर ९ गते नेपाल छिरेर सुनसरी कोशी गाउँपालिका (साबिक हरिपुर) मा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले गाउँलेमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा चार जना घाइते भएका थिए। नेपाली गाउँमा प्रवेश गरी ताकी ताकी गोली हान्ने एसएसबीका जवानलाई कारबाही नभएकोमा गाउँलेको अहिले पनि घटना सम्झँदा आङ सिरिङ्ग हुन्छ।

गोली लागेर त्यति बेला घाइते भएका सरोजकुमार यादवले एसएसबीका जवानबाट जहिल्यै त्रासमा बाँच्नु परेको बताए। त्यो बेला भारतीय प्रहरीले गोली प्रहार लगतै गल्ती भएको स्वीकारेको थियो। त्यति बेला तत्कालीन सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नेपालीलाई गोली प्रहार गर्नेलाई कारबाही गर्न भारतीय सुरक्षा अधिकारीसँग पटक–पटक माग गर्नुको साथै विभागीय छानबिन गर्न माग गरेका थिए। तर पुरा हुन सकेन्।  

घटना नं. २: 

दुई वर्षअघि सुनसरीकै दक्षिण सीमावर्ती क्षेत्रमा हतियारधारी समूह र प्रहरीबिच गोली हानाहान भयो। गोली हानाहान पछि दुई जना हतियारधारी समूहलाई प्रहरीले पक्राउ गरेको थियो भने अन्य तीन जना भने भाग्न सफल भएका थिए। 

घटना नं. ३: 

२०७५ असोज ४ गते भारतीय हतियारधारी समूहले नेपाल आएर सुनसरी हरिनगरको भूटाहाका विद्यालय सञ्चालकलाई हत्या गरे। चार जनाको संख्यामा आएको हतियारधारी समूहले हरिनगर वडा नं. २ का मौलान खुर्सिद आलमको हत्या गरेका थिए। रैरयान नेशनल स्कुलका सञ्चालक तथा प्रिन्सिपल ५० बर्षीय खुर्सिदको हत्या भएपनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन्।

यसरी सीमावर्ती क्षेत्रमा एकपछि अर्को घटना हुने गरेका छन्। यी माथिका घटना त उदाहरण मात्र हुन्। भारतबाट नेपाल प्रवेश गरेर एसएसबीका जवानले गरेको घटना होस् वा नेपालमा भएका घटना नियन्त्रणमा एसएसबीका जवानको भूमिका फिटिक्कै चित्तबुझ्दो नभएको सीमावर्ती क्षेत्रका वडाध्यक्षले गुनासो गरेका छन्।

‘अहिले पनि नेपालका गाईबस्तु भारतीय डाका समूहले रातको समयमा लुटेर लान्छन अनि बिहान जसको गाईबस्तु लुटिएको छ, उसैसँग पैसा बार्गेनिङ गर्न आउँछन्,’ सुनसरी हनिरगर वडा नं. ७ का वडाध्यक्ष मोज्जमिल खानले भने, ‘नेपालमा आएर भारतीय समूहले यत्रो ज्यादती गर्दा पनि यसलाई नियन्त्रण गर्न भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानको कुनै सपोर्ट हुँदैन।’ उनले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको बिचल्ली भएको छ, युवा पुस्ता कुलतले बिग्रिएको बताए। ‘एसएसबीको व्यवहार नेपाली नागरिकप्रति राम्रो छैन,’ उनले भने, ‘सर्वसाधारणलाई शान्ति–सुरक्षाको अनुभूति गराउने सुरक्षा निकाय गम्भीर भएर लाग्नुपर्ने अवस्था छ।’

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकली सुनसरीद्वारा बुधबार भारत र चीनसँग सीमा जोडिएका सीमावर्ती क्षेत्रका वडाका वडाध्यक्षसँग गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली नागरिकप्रति एसएसबीका जवानले जहिल्यै हेपाहा व्यवहार गर्ने गरेको झापा गौरीगञ्ज वडा नं. ५ का वडाध्यक्ष विजयप्रसाद सिंहले बताए। उनका अनुसार गौरीगञ्जको फत्तेपुरको दस गजा क्षेत्रमा भारतीय पक्षले भौतिक संरचना निर्माण गरेर थप ज्यादती गरेका छन्। उनले भने,‘भौतिक संरचना बनाउँदा स्थानीय स्तरबाट पहल गर्दा पनि त्यो पूरा भएन, एसएसबीका जवानसँग बोल्ने सभ्यता नै छैन्।’ उनका अनुसार दुई देशीय सुरक्षाकर्मीको बैठकमा एसएसबीका जवानको व्यवहार सच्चाउनका लागि नेपाली सुरक्षा निकायले सुल्झाउनु पर्छ।

झापाको झापा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष कृष्णप्रसाद राजवंशीका अनुसार सीमा क्षेत्र बिरिङ् खोला क्षेत्रमा  गाडिएका पिलर एसएसबीकै जवानका कारण मिचिएको दाबी गरे। ‘एसएसबीका जवानको बलजफती बढी नै छ, यसप्रति नेपाली पक्ष पुरै सचेत हुनुपर्छ,’ राजवंशीले भने। 

लागूऔषध सहजै नेपाल भित्रिनुको मुख्य दोष पनि एसएसबी 

कोशी प्रदेशमा लागूऔषध कारोबारीको संख्या बढी रहेका बेला नेपाल भित्र्याउन पनि भारतीय एसएसबीकै जवानका कारण भएको सीमावर्ती क्षेत्रका वडाध्यक्षको दाबी छ।

झापाको झापा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष राजकुमार यादवका अनुसार एसएसबीका जवानले ब्राउन सुगर नेपाल ल्याउँदा निर्बाध ढंगले दिने गर्छन्। ‘एसएसबीका कारण हाम्रो समाजका केटाकेटीको भविष्य बिग्रिरहेको छ,’ यादवले भने, ‘यदि ब्राउन सुगर नेपाल भित्राउँदा एसएसबीका जवानले भूमिका निर्वाह गरी दिने हो त्यसरी सहजै ढंगले भित्र्याउने थिएनन्।’

झापाकै मेचीनगर वडा नं. १५ का वडाध्यक्ष गुणराज भट्टराईका अनुसार मेची नदी पारि तीन वटा बस्ती रहेकोमा ती बस्ती अहिले लागूऔषधको प्रयोगको अखडा बनेका छन्। ‘मेची पारि तीन वटा बस्ती छन्, ती बस्ती नेपाली क्षेत्रका हुन,’ उनले भने, ‘यति बेला त्यो नेपाली भूमिलाई लागूऔषधको प्रयोगकर्ताको आँतक स्थल बनाइएको छ।’ उनका अनुसार लागूऔषध प्रयोगका लागि नेपाली महिलालाई प्रयोग गर्ने गरिएको छ।

सशस्त्र प्रहरीको गतिविधिले पछिल्लो समय चोरी–निकासी नियन्त्रण भए तापनि लागूऔषधमा एसएसबीका जवानकै कारण लागूऔषध भारतबाट नेपालमा सहजै भित्रिने गरेको वडाध्यक्षहरुको भेलाको निष्कर्ष छ। लागूऔषधको व्यापार मौलाइरहँदा कारोबारीमा संलग्नले तस्करी गर्ने अनेक उपाय रच्ने गरेका छन्। लागूऔषध कारोबारीमा बढी मात्रामा पुराना व्यक्ति तथा यसका प्रयोगकर्ता नै हुने गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकली सुनसरीद्वारा भारत र चीनसँग सीमा जोडिएका सीमावर्ती क्षेत्रका वडाका वडाध्यक्षसँग गरेको अन्तरक्रिया सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने निचोड निकालेको छ। यसरी सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदा  स्थानीय तह र समुदायको भूमिकाको पहिचान गरेर सशस्त्र प्रहरीले अघि बढ्ने निष्कर्ष निकालेको छ।  ‘सीमा क्षेत्रको सुरक्षा मजबुन पार्नका लागि सीमा क्षेत्रमा बसोबास गर्ने व्यक्तिकै दायित्व हो,’ सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकली सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले भने, ‘सीमा क्षेत्रको सुरक्षा दर्बिलो पार्नका लागि अब वडाध्यक्षसँग सहकार्य गरी अघि बढ्ने वातावरण तय भएको छ।’

अन्तरक्रिया सीमावर्ती अपराध तथा गैर कानुनी क्रियाकलापलाई नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचान, निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायहरुको खोजी र कार्यान्वयन विषयमा छलफल भएको थियो। अन्तरक्रिया पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीका विभिन्न वडाबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षको सहभागिता रहेको थियो। 
अर्को समाचार
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जनतानै राष्ट्रियताको प्रथम रक्षक: नेता सुब्बा
११ साउन २०७८
•
१ मिनेट पाठ
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जनतानै राष्ट्रियताको प्रथम रक्षक: नेता सुब्बा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली जनता नै राष्ट्रियताको प्रथम रक्षक भएको बताएका छन्।




‘नेपाली भूभाग, साँध सीमाना रक्षा गर्नेदेखि नागरिकता दुरुपयोगमा रोक लगाउनेसम्मका राष्ट्रिय स्वार्थ जगेर्नामा सीमावर्ती क्षेत्रका जनताको ठूलो योगदान छ। राष्ट्रिय स्वार्थका लागि तिनको रगत पसिना बगेको छ,’ राप्रपाका नेता सुब्बाले भने।

नेपालीले नागरिकता नपाउने, सीमा पारका मानिसले श्रेष्ता मिलाएर नागरिकता लिने क्रम जारी रहेको भन्दै पूर्वमन्त्री सुब्बाले चिन्ता व्यक्त गरे। सरकारले यस किसिमको दुरुपयोग तत्काल नियन्त्रण गर्नु पर्नेमा उनको जोड थियो।

नेपाल–भारत सीमावर्ती क्षेत्रस्थित राप्रपाको हरिनगरा गाउँपालिकास्तरीय अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सुब्बाले यस्तो धारणा व्यक्त गरेका हुन्।

‘सरकार र व्यक्ति परिवर्तनले मात्र देश र जनताको गम्भीर समस्या समाधान हुँदैन,’ उनले भने। ‘जनताले विकल्प खोजेका छन्। यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिम्मेवार भएर, सुझबुझ पूर्ण रुपमा जनतामाझ जाने हो भने, राप्रपा त्यो विकल्प हुन सक्दछ।’  

राप्रपाको भेलाले रमानन्द मेहतालाई सर्वसम्मत रुपमा गाउँपालिका कार्य समितिको अध्यक्ष चयन गरेको छ। कार्यक्रममा केन्द्रीय सदस्यहरु हसबुल मिया, ईनु अधिकारी र योगमाया तिम्सिना, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेत, जिल्लाको संगठन विभाग प्रमुख नविन थापा लगायतको उपस्थिति थियो।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस